नेभिगेशन
समाज

आज कहाँकहाँ छ वर्षा र हिमपातको सम्भावना?

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका हिमाली र पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने तराईका भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ ।

Ncell
Extreme Energy

आज राति कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ । देशका अन्य हिमाली तथा पहाडी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । तराईका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्न सक्नेछ ।

महाशाखाका अनुसार शुक्रबार कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका साथै कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्छ । देशका अन्य हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहने र तराईमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।

यस्तै, शनिबार कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस दिन देशका अन्य हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहने र तराईमा मौसम मुख्यतया सफा रहनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनपिएलमा कर्णाली याक्सले अनुबन्ध गर्‍यो पाकिस्तानी अलराउन्डर हुसेन तलाट

एनपिएलमा कर्णाली याक्सले अनुबन्ध गर्‍यो पाकिस्तानी अलराउन्डर हुसेन तलाट

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका लागि कर्णाली याक्सले पाकिस्तानी राष्ट्रिय टोलीका अलराउन्डर हुसेन तलाटलाई अनुबन्ध गरेको छ ।
विश्वकप छनोट प्लेअफ नेपालमा हुने

विश्वकप छनोट प्लेअफ नेपालमा हुने

आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार प्रतियोगिता आगामी डिसेम्बर ४ देखि २१ तारिखसम्म सञ्चालन हुनेछ।
नेपालका सरकारी वेबसाइट किन चलेका छैनन्? एआईले पत्ता लगायो सुरक्षा कमजोरी

नेपालका सरकारी वेबसाइट किन चलेका छैनन्? एआईले पत्ता लगायो सुरक्षा कमजोरी

इन्टरनेटमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा पिएसपीमा दुई गम्भीर साइबर सुरक्षा कमजोरी फेला परेपछि नेपालसहित विभिन्न देशका सरकारी वेबसाइट तथा सार्वजनिक वेब सेवा प्रभावित भएका छन्। नेपालका...
बाँकेको अम्बे स्टिल उद्योगमा आगलागी, एक करोड ५६ लाखको क्षति

बाँकेको अम्बे स्टिल उद्योगमा आगलागी, एक करोड ५६ लाखको क्षति

बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल उद्योगमा आगलागी हुँदा करिब एक करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको छ। उद्योगभित्र रहेको फर्नेस आयलको ट्यांकीमा विद्युत् सर्ट सर्किट हुँदा...