नेभिगेशन
समाज

आज पापांकुशा एकादशी, टीका र जमरा पनि लगाइँदै

काठमाडौं । बडादशैंको टीका र जमरा लगाउने क्रम आज एकादशीका दिन पनि जारी छ। विजयादशमीका दिन टीका लगाउन नभ्याएका तथा टाढा रहेका आफन्तकहाँ पुग्न नसकेकाहरूले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपालीले आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन बडादशैं मनाउने गर्छन्। घटस्थापनाका दिन दशैंघर वा पूजाकोठामा स्थापना गरिएको घडाको जलबाट अभिषेक गरी विजयादशमीका दिन देवी विसर्जनपछि टीका र जमरा लगाउने क्रम सुरु हुन्छ।

Ncell
Extreme Energy

टीका लगाउने समय र परम्परा भने स्थानअनुसार फरक रहेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य वेदमणि भट्टराईका अनुसार पूर्वी र मध्य नेपालका धेरै ठाउँमा कोजाग्रत पूर्णिमासम्म टीका लगाउने चलन छ भने पश्चिम नेपालका कतिपय ठाउँमा दुर्गा विसर्जन गरेकै दिन टीका लगाउने परम्परा छ।

उनका अनुसार नेपाली समाजमा क्षेत्र र परिवेशअनुसार फरक परम्परा रहेकाले टीका लगाउने चलनलाई लिएर अन्यथा मान्नु हुँदैन।

यसैबीच, आज आश्विन शुक्ल एकादशीलाई पापाङ्कुशा एकादशीका रूपमा मनाइँदैछ। धार्मिक मान्यताअनुसार यस दिन व्रत बस्दा विगतमा जानी–नजानी गरिएका पापबाट मुक्ति मिल्ने विश्वास गरिन्छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनपिएलका सबै खेलले पाए ‘लिस्ट ए’ टी–२० मान्यता, यसले नेपाली क्रिकेटलाई के फाइदा हुन्छ?

एनपिएलका सबै खेलले पाए ‘लिस्ट ए’ टी–२० मान्यता, यसले नेपाली क्रिकेटलाई के फाइदा हुन्छ?

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका सबै खेलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट आधिकारिक ‘लिस्ट ए’ टी–२० मान्यता पाएका छन्।
अर्को सातादेखि नेपालका धेरै क्षेत्रमा वर्षाको सम्भावना, धान काट्ने किसानलाई सतर्क रहन आग्रह

अर्को सातादेखि नेपालका धेरै क्षेत्रमा वर्षाको सम्भावना, धान काट्ने किसानलाई सतर्क रहन आग्रह

बंगालको खाडीबाट विकसित हुन सक्ने न्यूनचापीय प्रणालीको प्रभावले आगामी सातादेखि नेपालका धेरै क्षेत्रमा वर्षा हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।
यु–१९ महिला विश्वकपमा नेपाल समूह ‘ए’ मा

यु–१९ महिला विश्वकपमा नेपाल समूह ‘ए’ मा

नेपाल र बङ्गलादेशमा संयुक्त रूपमा आयोजना हुने आइसिसी यु–१९ महिला टी–२० विश्वकप क्रिकेटका ४१ मध्ये १५ खेल नेपाली मैदानमा सञ्चालन हुने भएका छन्।
ग्रीसमा पनि फैलियो प्रदर्शन, हजारौं विद्यार्थीहरू निस्किए सडकमा

ग्रीसमा पनि फैलियो प्रदर्शन, हजारौं विद्यार्थीहरू निस्किए सडकमा

जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र शिक्षा क्षेत्रमा सरकारी लगानी वृद्धि गर्न माग गर्दै ग्रीसको राजधानी एथेन्समा बुधबार हजारौँ विद्यार्थी र शिक्षकले प्रदर्शन गरेका छन्।