नेभिगेशन
समाज

एयर पेस्तोल देखाएर मार्ने धम्की दिने एक जना पक्राउ

बाँके । बाँकेको बैजनाथ गाउँपालिका–८ टिटिरियामा एयर पेस्तोल देखाएर मार्ने धम्की दिएको आरोपमा एक जना पक्राउ परेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पक्राउ पर्नेमा स्थानीय २८ वर्षीय सन्दीप चौधरी छन्।

Ncell
Extreme Energy

कात्तिक ४ गते बिहान करिब ५ः३० बजे स्थानीय २९ वर्षीय श्यामकुमार थारुको किराना पसलको आँगनमा चौधरी र थारुबीच विवाद भएको थियो। विवादका क्रममा मादक पदार्थ सेवन गरेका चौधरीले आफूसँग रहेको एयर पेस्तोल देखाएर थारुलाई मार्ने धम्की दिएको सूचना प्रहरीलाई प्राप्त भएको थियो।

सूचनापछि प्रहरी चौकी रनियारपुर दहवा र इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको टोलीले चौधरीलाई पक्राउ गरेको हो। प्रहरीले उनको साथबाट एक थान एयर पेस्तोलसमेत बरामद गरेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ग्रीसमा पनि फैलियो प्रदर्शन, हजारौं विद्यार्थीहरू निस्किए सडकमा

ग्रीसमा पनि फैलियो प्रदर्शन, हजारौं विद्यार्थीहरू निस्किए सडकमा

जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र शिक्षा क्षेत्रमा सरकारी लगानी वृद्धि गर्न माग गर्दै ग्रीसको राजधानी एथेन्समा बुधबार हजारौँ विद्यार्थी र शिक्षकले प्रदर्शन गरेका छन्।
बाँकेको कपासीमा आगलागी, सात घर पूर्णरूपमा जले

बाँकेको कपासीमा आगलागी, सात घर पूर्णरूपमा जले

बाँकेको जानकी गाउँपालिका–६ कपासीमा विद्युत् सर्ट भएर आगलागी हुँदा सातवटा घर पूर्णरूपमा जलेका छन्। आगलागीबाट अर्को एक घरको झ्यालमा समेत क्षति पुगेको छ।
यस्तो रह्यो रास्वपा सभापति रवि लामिछानेको दसैँ टीका

यस्तो रह्यो रास्वपा सभापति रवि लामिछानेको दसैँ टीका

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विजयादशमीका अवसरमा दसैँको टीका लगाएका छन् ।