नेभिगेशन
समाज

ग्रीसमा पनि फैलियो प्रदर्शन, हजारौं विद्यार्थीहरू निस्किए सडकमा

एथेन्स । जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र शिक्षा क्षेत्रमा सरकारी लगानी वृद्धि गर्न माग गर्दै ग्रीसको राजधानी एथेन्समा बुधबार हजारौँ विद्यार्थी र शिक्षकले प्रदर्शन गरेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

युरोपभर महँगीविरुद्ध प्रदर्शन भइरहेका बेला ग्रीसका अन्य सहरमा पनि विद्यार्थी र शिक्षकले जुलुस निकालेका छन्। उत्तरी सहर थेसालोनिकी र पश्चिमी बन्दरगाह सहर पात्रासमा समेत प्रदर्शन भएको छ।

Ncell
Extreme Energy

इन्धनको मूल्यवृद्धि, महँगो आवास, विद्यालयको कमजोर अवस्था र शिक्षामा पर्याप्त सरकारी लगानी नभएको भन्दै विद्यार्थी तथा शिक्षक आन्दोलित भएका हुन्। फ्रान्स, इटाली र अल्बानियालगायतका देशमा पनि यस्तै प्रदर्शन भएका छन्।

एथेन्समा प्रदर्शनकारीले ‘ग्रीसदेखि फ्रान्ससम्म, शिक्षामा लगानी बढाऊ’ भन्ने नारासहितका ब्यानर बोकेका थिए। केहीले ‘पढ्ने कि बाँच्ने?’ लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

बीस वर्षीय इन्जिनियरिङ विद्यार्थी पानागियोटिस मोस्कोनासले सरकारले विद्यार्थीलाई जीवनयापनको बढ्दो लागतबाट राहत दिन पर्याप्त सहयोग नगरेको बताए। सरकारले घोषणा गरेको मासिक १२० युरोको भाडा अनुदान आधा भाडा तिर्नसमेत पर्याप्त नहुने र उक्त रकम वर्षको अन्त्यमा मात्र उपलब्ध हुने उनको भनाइ थियो।

प्रदर्शनका क्रममा प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको थियो। प्रदर्शनस्थलतर्फ जाने व्यक्तिको जाँच तथा झोला खानतलासी गरिएको थियो। विगतका प्रदर्शन हिंसात्मक बनेका घटनालाई ध्यानमा राख्दै जुलुस मार्गमा पर्ने पसल तथा क्याफेले आफ्ना झ्यालको सुरक्षाका लागि स्टिलका सटर बन्द गरेका थिए।

यसैबीच, शिक्षकहरूले बुधबार हडताल गरेका छन्। हडतालका कारण केही विद्यालय प्रभावित भए पनि केही विद्यालय सञ्चालनमा रहेका थिए।

शिक्षक इओनिस रोम्पसले परिवारको दैनिक खर्च धान्न कठिन हुँदै गएको र विद्यालयको अवस्था वर्षैपिच्छे बिग्रँदै गएको बताए। बढ्दो मूल्यवृद्धि र आर्थिक दबाबका कारण शिक्षकहरू हडतालमा उत्रिन बाध्य भएको उनको भनाइ थियो।

प्रदर्शनकारीले विद्यार्थीका लागि किफायती आवासको व्यवस्था गर्न, शिक्षा क्षेत्रमा सरकारी लगानी बढाउन र बढ्दो महँगीबाट राहत दिन प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एयर पेस्तोल देखाएर मार्ने धम्की दिने एक जना पक्राउ

एयर पेस्तोल देखाएर मार्ने धम्की दिने एक जना पक्राउ

बाँकेको बैजनाथ गाउँपालिका–८ टिटिरियामा एयर पेस्तोल देखाएर मार्ने धम्की दिएको आरोपमा एक जना पक्राउ परेका छन्।
बाँकेको कपासीमा आगलागी, सात घर पूर्णरूपमा जले

बाँकेको कपासीमा आगलागी, सात घर पूर्णरूपमा जले

बाँकेको जानकी गाउँपालिका–६ कपासीमा विद्युत् सर्ट भएर आगलागी हुँदा सातवटा घर पूर्णरूपमा जलेका छन्। आगलागीबाट अर्को एक घरको झ्यालमा समेत क्षति पुगेको छ।
यस्तो रह्यो रास्वपा सभापति रवि लामिछानेको दसैँ टीका

यस्तो रह्यो रास्वपा सभापति रवि लामिछानेको दसैँ टीका

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विजयादशमीका अवसरमा दसैँको टीका लगाएका छन् ।