नेभिगेशन
समाज

बाँकेको कपासीमा आगलागी, सात घर पूर्णरूपमा जले

बाँके । बाँकेको जानकी गाउँपालिका–६ कपासीमा विद्युत् सर्ट भएर आगलागी हुँदा सातवटा घर पूर्णरूपमा जलेका छन्। आगलागीबाट अर्को एक घरको झ्यालमा समेत क्षति पुगेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार दिउँसो करिब २ः२० बजे इद्दु खानको घरमा विद्युत् सर्ट भएर आगलागी भएको हो। आगलागीको खबर प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

Ncell
Extreme Energy

कोहलपुर नगरपालिका र नेपालगन्ज उपमहानगरपालिकाका दमकलको सहयोगमा दिउँसो ४ बजे आगो पूर्णरूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। आगलागीबाट मानवीय तथा चौपाया क्षति भने भएको छैन।

आगलागीमा साबिर खान, इद्दु खान, फिरोज खान र जाबिर खानका खरले छाएका एकतले कच्ची घर पूर्णरूपमा जलेका छन्। त्यस्तै, जाबेद खान, सरनाम खान र सौरभ खानका टिनले छाएका एकतले कच्ची घर पनि जलेर नष्ट भएका छन्।

आगलागीबाट महेश खानको पक्की घरको एउटा झ्यालमा समेत क्षति पुगेको छ।

आगलागीबाट भएको अन्य क्षतिको विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ग्रीसमा पनि फैलियो प्रदर्शन, हजारौं विद्यार्थीहरू निस्किए सडकमा

ग्रीसमा पनि फैलियो प्रदर्शन, हजारौं विद्यार्थीहरू निस्किए सडकमा

जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र शिक्षा क्षेत्रमा सरकारी लगानी वृद्धि गर्न माग गर्दै ग्रीसको राजधानी एथेन्समा बुधबार हजारौँ विद्यार्थी र शिक्षकले प्रदर्शन गरेका छन्।
एयर पेस्तोल देखाएर मार्ने धम्की दिने एक जना पक्राउ

एयर पेस्तोल देखाएर मार्ने धम्की दिने एक जना पक्राउ

बाँकेको बैजनाथ गाउँपालिका–८ टिटिरियामा एयर पेस्तोल देखाएर मार्ने धम्की दिएको आरोपमा एक जना पक्राउ परेका छन्।
यस्तो रह्यो रास्वपा सभापति रवि लामिछानेको दसैँ टीका

यस्तो रह्यो रास्वपा सभापति रवि लामिछानेको दसैँ टीका

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विजयादशमीका अवसरमा दसैँको टीका लगाएका छन् ।