नेभिगेशन
समाज

गाईभैँसी पालेरै मासिक १५ लाख बचाउने यी इन्जिनयर

काठमाडौँ । मेहनत र लगनशीलताका साथ व्यवसाय गरे सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् गोरखाका इन्जिनियर कुमार लामिछाने । उनले काठमाडौँको नागार्जुन नगरपालिका–६ रामकोट, डाँडापौवामा गाईभैँसीपालन गरेर मासिक १५ लाख रुपैयाँ बचत गर्दै आएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गोरखाको सिरानचोक गाउँपालिका–७ खहरेका सिभिल इन्जिनियर लामिछानेले २०७७ साल जेठमा क्षितिज एकीकृत कृषि फार्म प्रालि स्थापना गरी पशुपालन व्यवसाय सुरु गरेका हुन् ।

Ncell
Extreme Energy

उनका अनुसार करिब १० करोड रुपैयाँ लगानीमा सञ्चालित फार्मका लागि मासिक एक लाख रुपैयाँ भाडा तिर्ने गरी छ रोपनी जग्गा लिइएको छ । सुरुमा ३० वटा भैँसीबाट व्यवसाय थालेका लामिछानेको फार्ममा अहिले २०० वटा गाई र ५० वटा भैँसी छन् ।

“इन्जिनियर भएपछि निर्माणसँग सम्बन्धित काम गर्थें । सात वर्षदेखि जीवनसाथी इन्जिनियर सङ्गीताको सहयोग र सहकार्यमा इन्जिनियरिङ पेसासँगै गाईभैँसीपालन व्यवसाय पनि गर्दै आएको छु । यस व्यवसायबाट केहीले रोजगारी पाएका छन् भने आम्दानी पनि राम्रै छ”, उनले भने ।

लामिछानेको फार्ममा हाल दैनिक एक हजार २०० लिटर दूध उत्पादन हुन्छ । उत्पादित दूधमध्ये केही दुग्ध विकास संस्थान (डीडीसी) र नमुना डेरीमा बिक्री हुने गरेको छ भने बाँकी उपत्यकाका विभिन्न डेरीमा बिक्रीवितरण हुँदै आएको उनले जानकारी दिए ।

उनका अनुसार हाल भैँसीको दूध प्रतिलिटर १७० रुपैयाँ र गाईको दूध प्रतिलिटर १०० रुपैयाँमा बिक्री हुँदै आएको छ । गाई र भैँसीको दूध दुहुन फार्ममा मेसिनसमेत जडान गरिएको छ ।

फार्ममा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ५० जना कार्यरत छन् । दूध बिक्रीबाट मासिक ४५ देखि ५० लाख रुपैयाँसम्म आम्दानी हुने गरेको लामिछानेले बताए । त्यसबाट सञ्चालन खर्च कटाउँदा मासिक करिब १५ लाख रुपैयाँ बचत हुने उनको भनाइ छ ।

गाईभैँसीलाई खुवाउने पराल र दानामा बढी खर्च हुने गरेको उनले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यस्तो रह्यो रास्वपा सभापति रवि लामिछानेको दसैँ टीका

यस्तो रह्यो रास्वपा सभापति रवि लामिछानेको दसैँ टीका

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विजयादशमीका अवसरमा दसैँको टीका लगाएका छन् ।
क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा पाँच जना पक्राउ

क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा पाँच जना पक्राउ

क्यासिनोमा नेपालीलाई प्रवेश गराएर जुवा खेल्ने–खेलाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ ।
पूर्वराष्ट्रपति भण्डारीद्वारा छोरी-ज्वाइँ र सर्वसाधारणलाई टीका

पूर्वराष्ट्रपति भण्डारीद्वारा छोरी-ज्वाइँ र सर्वसाधारणलाई टीका

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विजया दशमीका अवसरमा आज आमा मिथिला पाण्डेबाट जमरा ग्रहण गरी आशीर्वाद लिएकी छन्।