नेभिगेशन
समाज

क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा पाँच जना पक्राउ

वीरगन्ज (पर्सा) । क्यासिनोमा नेपालीलाई प्रवेश गराएर जुवा खेल्ने–खेलाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

वीरगन्ज महानगरपालिका–१४ गण्डकस्थित गोल्डेन फिङ्गर गेमिङ जोन प्रालिमा नेपालीलाई प्रवेश गराएर जुवा खेलाइरहेको सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

Ncell
Extreme Energy

पक्राउ पर्नेमा बाराको पचरौता नगरपालिका–४ का रामचन्द्र साह, प्रसौनी गाउँपालिका–३ का अच्छेलाल प्रसाद, प्रसौनी गाउँपालिका–१ का सुवासकुमार, परवानीपुर गाउँपालिका–५ का सुनिल पटेल र रौतहटको बौधीमाई नगरपालिका–९ का सुमेश्वरनाथ प्रसाद छन् ।

जुवा खेल्ने–खेलाउने कार्यमा संलग्न रहेको आरोपमा नियन्त्रणमा लिइएका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक मल्लले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यस्तो रह्यो रास्वपा सभापति रवि लामिछानेको दसैँ टीका

यस्तो रह्यो रास्वपा सभापति रवि लामिछानेको दसैँ टीका

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विजयादशमीका अवसरमा दसैँको टीका लगाएका छन् ।
पूर्वराष्ट्रपति भण्डारीद्वारा छोरी-ज्वाइँ र सर्वसाधारणलाई टीका

पूर्वराष्ट्रपति भण्डारीद्वारा छोरी-ज्वाइँ र सर्वसाधारणलाई टीका

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विजया दशमीका अवसरमा आज आमा मिथिला पाण्डेबाट जमरा ग्रहण गरी आशीर्वाद लिएकी छन्।