नेभिगेशन
समाज

अर्को सातादेखि नेपालका धेरै क्षेत्रमा वर्षाको सम्भावना, धान काट्ने किसानलाई सतर्क रहन आग्रह

काठमाडौँ । बंगालको खाडीबाट विकसित हुन सक्ने न्यूनचापीय प्रणालीको प्रभावले आगामी सातादेखि नेपालका धेरै क्षेत्रमा वर्षा हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मौसम पूर्वानुमानका विभिन्न मोडेलको विश्लेषण गर्दै मौसमविद् बिनोद पोखरेलले आगामी मंगलबारदेखि एक साताभन्दा बढी समय वर्षा हुन सक्ने सम्भावना देखिएको बताएका छन्। उनका अनुसार केही स्थानमा भारी वर्षा र असिनासमेत पर्न सक्ने सम्भावना छ।

Ncell
Extreme Energy

यद्यपि, विभिन्न मौसम पूर्वानुमान मोडेलले वर्षा हुने स्थान र परिमाणबारे फरक–फरक अनुमान देखाएकाले अहिले नै कुन क्षेत्रमा कति वर्षा हुन्छ भन्ने यकिन नभएको उनले बताएका छन्। पूर्वानुमान आगामी दिनमा परिवर्तन हुन सक्ने भएकाले पछिल्लो मौसम अपडेट हेर्न आवश्यक छ।

सम्भावित वर्षालाई ध्यानमा राख्दै धान काट्ने तयारीमा रहेका किसानलाई मौसमको अवस्था हेरेर योजना बनाउन आग्रह गरिएको छ। सम्भव भए वर्षाअघि नै धान काटेर सुरक्षित रूपमा भित्र्याउन वा मौसम अनुकूल भएपछि मात्र कटाइ गर्न उपयुक्त हुने सुझाव दिइएको छ।

हिमाली क्षेत्रमा पनि मौसमको अवस्था हेरेर यात्रा तथा पदयात्राको योजना बनाउन आग्रह गरिएको छ। यात्रा वा ट्रेकिङमा रहेका तथा जाने तयारीमा रहेकाहरूलाई नियमित मौसम अपडेट र आधिकारिक सूचनामा ध्यान दिन सुझाव दिइएको छ।

जल तथा मौसम विज्ञान विभागले जारी गर्ने पछिल्लो पूर्वानुमान तथा सूचनाका आधारमा सम्भावित जोखिमबारे निर्णय लिन आवश्यक छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनपिएलका सबै खेलले पाए ‘लिस्ट ए’ टी–२० मान्यता, यसले नेपाली क्रिकेटलाई के फाइदा हुन्छ?

एनपिएलका सबै खेलले पाए ‘लिस्ट ए’ टी–२० मान्यता, यसले नेपाली क्रिकेटलाई के फाइदा हुन्छ?

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका सबै खेलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट आधिकारिक ‘लिस्ट ए’ टी–२० मान्यता पाएका छन्।
यु–१९ महिला विश्वकपमा नेपाल समूह ‘ए’ मा

यु–१९ महिला विश्वकपमा नेपाल समूह ‘ए’ मा

नेपाल र बङ्गलादेशमा संयुक्त रूपमा आयोजना हुने आइसिसी यु–१९ महिला टी–२० विश्वकप क्रिकेटका ४१ मध्ये १५ खेल नेपाली मैदानमा सञ्चालन हुने भएका छन्।
ग्रीसमा पनि फैलियो प्रदर्शन, हजारौं विद्यार्थीहरू निस्किए सडकमा

ग्रीसमा पनि फैलियो प्रदर्शन, हजारौं विद्यार्थीहरू निस्किए सडकमा

जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र शिक्षा क्षेत्रमा सरकारी लगानी वृद्धि गर्न माग गर्दै ग्रीसको राजधानी एथेन्समा बुधबार हजारौँ विद्यार्थी र शिक्षकले प्रदर्शन गरेका छन्।