नेभिगेशन
समाज

यु–१९ महिला विश्वकपमा नेपाल समूह ‘ए’ मा

काठमाडौँ । नेपाल र बङ्गलादेशमा संयुक्त रूपमा आयोजना हुने आइसिसी यु–१९ महिला टी–२० विश्वकप क्रिकेटका ४१ मध्ये १५ खेल नेपाली मैदानमा सञ्चालन हुने भएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालमा हुने खेल त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा सञ्चालन हुने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ।

Ncell
Extreme Energy

आगामी जनवरी २१ देखि फेब्रुअरी ६ सम्म आयोजना हुने प्रतियोगितामा नेपाल सहआयोजक रहेको छ। प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपालले समूह चरणमा भारत, आयरल्यान्ड र वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्नेछ।

नेपालले पहिलोपटक यु–१९ महिला विश्वकप आयोजना गर्ने अवसर पाएको हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनपिएलका सबै खेलले पाए ‘लिस्ट ए’ टी–२० मान्यता, यसले नेपाली क्रिकेटलाई के फाइदा हुन्छ?

एनपिएलका सबै खेलले पाए ‘लिस्ट ए’ टी–२० मान्यता, यसले नेपाली क्रिकेटलाई के फाइदा हुन्छ?

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका सबै खेलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट आधिकारिक ‘लिस्ट ए’ टी–२० मान्यता पाएका छन्।
अर्को सातादेखि नेपालका धेरै क्षेत्रमा वर्षाको सम्भावना, धान काट्ने किसानलाई सतर्क रहन आग्रह

अर्को सातादेखि नेपालका धेरै क्षेत्रमा वर्षाको सम्भावना, धान काट्ने किसानलाई सतर्क रहन आग्रह

बंगालको खाडीबाट विकसित हुन सक्ने न्यूनचापीय प्रणालीको प्रभावले आगामी सातादेखि नेपालका धेरै क्षेत्रमा वर्षा हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।
ग्रीसमा पनि फैलियो प्रदर्शन, हजारौं विद्यार्थीहरू निस्किए सडकमा

ग्रीसमा पनि फैलियो प्रदर्शन, हजारौं विद्यार्थीहरू निस्किए सडकमा

जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र शिक्षा क्षेत्रमा सरकारी लगानी वृद्धि गर्न माग गर्दै ग्रीसको राजधानी एथेन्समा बुधबार हजारौँ विद्यार्थी र शिक्षकले प्रदर्शन गरेका छन्।