नेभिगेशन
सबै कुरा

शुक्रबार र शनिबारको मौसमः १८ जिल्लामा हिमपात, ३२ जिल्लामा वर्षा

काठमाडौँ । आज र भोली नेपालका अधिकांश स्थानका मौसममा परिवर्तन देखिदैछ । जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार पश्चिम नेपालबाट सुरु भएको मौसमी परिवर्तन पहाडी भूभाग हुँदै पूर्वसम्म फैलिने छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार विभागले जारी गरेको मौसम बुलेटिनअनुसार सूदुरपश्चिम देखि कोशी प्रदेशसम्मका उच्च हिमाली १८ जिल्लामा हिमपात हुने अनुमान गरिएको छ । यस्तै, ति बाहेकका ३२ जिल्लामा हल्का वर्षा हुने विभागको पूर्वानुमान छ। 

Ncell
Extreme Energy

पश्चिमी न्यून चापीय प्रणालीका कारण शुक्रबारको साँझबाट नेपालको धेरै स्थानहरूमा आंशिक देखि साधारणतया बदलीको सम्भावना रहेको छ। सो प्रणालीको प्रभावका कारण मिति २०८१ पुस १२ गते ९शुक्रबार० अपरान्ह देखि मिति २०८१ पुस १३ गते ९शनिबार० सम्म सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका अधिकांश स्थानहरूमा तथा गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेको छ ।


साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरू र लुम्बिनी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा तथा गण्डकी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै उक्त मौसम प्रणालीको असरले तापक्रम समेत घट्न गई चिसो बढ्न सक्ने सम्भावना रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यस्तो छ कांग्रेस इतरपक्षको पाँच बुँदे घोषणापत्र

यस्तो छ कांग्रेस इतरपक्षको पाँच बुँदे घोषणापत्र

घोषणापत्रमा पन्ध्रौँ महाधिवेशन, अन्य दलहरुसँगको संवाद, धार्मिक स्वतन्त्रता, संविधान संशोधन र सम्मेलनमा प्रस्तुत प्रतिवेदनहरुलाई अन्तिम रुप दिने लगायत विषय समेटिएका छन् ।
अनुदान आयोगले सुरु गर्यो समकक्षता निर्धारण

अनुदान आयोगले सुरु गर्यो समकक्षता निर्धारण

विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट प्राप्त शैक्षिक उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी पाएसँगै प्रक्रिया सुरु गरेको छ । आयोगले पहिलो चरणमा करिब ३० जनाको समकक्षता...
जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन बेपत्ता

जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन बेपत्ता

अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ ।
पहिरोमा पुरिएर एक जनाको मृत्यु

पहिरोमा पुरिएर एक जनाको मृत्यु

लुङग्री गाउँपालिका–५ धैरेनीमा पहिरोले घर पुरिँदा एकजना वृद्धाको मृत्यु भएको छ ।