नेभिगेशन
सबै कुरा

‘सबैले आफ्नो जिम्मेवारी पूरा गरे लक्ष्यमा पुग्न सकिन्छ’

 काभ्रेपलाञ्चोक  : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले सबै निकाय तथा क्षेत्रका व्यक्तिले आ–आफ्नो जिम्मेवारी पूरा गर्ने हो भने लक्ष्यमा पुग्न सकिने बताएका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को ४१औँ व्यवस्थापन गोष्ठीको बनेपास्थित नेपाल बनेपा बहुप्राविधिक शिक्षालयमा आज आयोजित उद्घाटन गर्दै मन्त्री राईले सबैले आ–आफ्नो जिम्मवारी पूरा गरे अवश्य लक्ष्यमा पुग्न सकिनेमा जोड दिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले नीति–निर्माण र ओहोदामा बस्नेले जिम्मेवारी पूरा गर्ने हो भने कर्मचारी सङघ सङ्गठनले मन्त्रीलाई ‘पख्लास्’ भनिहरनुपर्ने अवस्था नआउने बताए । आफ्नो क्षमता विस्तार गर्दै इमानदारिता र सक्रियतापूर्वक राष्ट्र सेवामा समर्पित हुन कर्मचारीलाई निर्देशन दिए। मन्त्री राईले सरकारले मुलुकको आर्थिक समृद्धिसँगै पुँजी तथा मानव संशोधन व्यवस्थित गर्ने लक्ष्य लिएको बताएका छन् । 

Ncell
Extreme Energy

मन्त्री राईले सम्बन्धन बाँड्ने काम परिषद्को नभएको दाबी गरे। उनले पुनः प्रश्न गरे, “परिषद्ले सम्बन्धन बाँड्ने होइन, तर कसरी बाँड्यो ? १६ वर्षदेखि पैसा तिरेर कुरेर बसेकाले सम्बन्धन किन पाएनन् त ? सेवाग्राहीलाई दिने न्याय यही हो ?” यसअघि बनाइएका कार्यदलले गरेका कामलाई अध्ययन गरी अघि बढ्नुपर्नेमा उनले जोड दिए। 

राष्ट्रिय योजना आयोगका सदस्य रमेशचन्द्र पौडेलले सिटिइभिटीको पुनःसंरचना पूर्वाधार सुहाउँदो नगरिएको गुनासो गरे । उनले स्थानीयस्तरमा उत्पादित सामग्री खपत तथा बजारीकरणका लागि आवश्यक प्राविधिक जनशक्ति तयार गर्न सुझाव पनि दिए। 

सिटिइभिटीका सदस्य सचिव महेश भट्टराई, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव शिवकुमार सापकोटा, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालगायतले उपलब्धिलाई समीक्षा गर्दै सम्भावनालाई रोजगारीसँग जोड्न आग्रह गरेका छन् । 

गोष्ठीमा सिटिइभिटीका सात प्रदेश प्रमुख तथा आङ्गिक ६५ शिक्षालयका प्रमुखको सहभागिता रहेको उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार देशभर सिटिइभिटीको सम्बन्धन प्राप्त एक हजार एक सय शिक्षालय सञ्चालनमा छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
त्रिविसहित सबै विश्वविद्यालयमा कम्तीमा १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

त्रिविसहित सबै विश्वविद्यालयमा कम्तीमा १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै शिक्षा ऐन र नियमावलीबमोजिम निजी तथा सार्वजनिक विद्यालयले विद्यार्थी संख्याका आधारमा तोकिएबमोजिमका १० प्रतिशत छात्रवृत्ति प्रदान गरेको छात्रवृत्तिको विवरण...
अब कन्सल्टेन्सीले २५ लाख धरौटी राख्नु पर्ने, विदेश जाने विद्यार्थीलाई लक्षित शैक्षिक मेला पनि रोक

अब कन्सल्टेन्सीले २५ लाख धरौटी राख्नु पर्ने, विदेश जाने विद्यार्थीलाई लक्षित शैक्षिक मेला पनि रोक

नियमावलीअनुसार अब मन्त्रालयबाट अनुमति पत्र नलिई शैक्षिक परामर्श सेवा सञ्चालन गर्न पाइने छैन । भाषा शिक्षण र तयारी कक्षाका हकमा भने प्रदेश वा स्थानीय तहले नियमन गर्न सक्ने...
शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ

शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ

मन्त्री पोखरेलले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति किसनदत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयका उपकुलपति ऋषिराम कट्टेल, राजर्षी जनक...
नेपालमा करिब १४ सय विदेशी विद्यार्थी अध्ययन गर्दै

नेपालमा करिब १४ सय विदेशी विद्यार्थी अध्ययन गर्दै

सिंहदरबारमा बुधबार बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा शिक्षा सचिव चूडामणि पौडेलले विभिन्न देशका गरेर नेपालमा हाल एक हजार ४ सय विदेशी विद्यार्थी अध्ययनरत रहेको बताएका...