नेभिगेशन
सबै कुरा

यी हुन् रास्वपाको आज बसेको सचिवालय बैठकले गरेका निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को शुक्रबार बसेको सचिवालय बैठक सकिएको छ । पार्टी कार्यालय बनस्थलीमा बसेको बैठकले पार्टीको विस्तारित केन्द्रिय समितिको बैठक बोलाउने देखि समसामयिक राजनीतिक परिवेशको समिक्षा र पार्टीका विभिन्न समितिमा मनोनयन गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाकाअनुसार आजको बैठकमा कार्यबाहक सभापति डीपि अर्याल र उपसभापति डा।स्वर्णिम वाग्लेले वर्तमान राजनीतिक परिस्थितिको समीक्षा गरेका थिए । 

Ncell
Extreme Energy

यस्तै,कार्यबाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीले पार्टीको ६० जिल्लाको जिल्ला भेला सकिएको प्रतिवेदन पेश गरेका थिए। प्रवक्ता झाकाअनुसार आजको बैठकले पार्टीको केन्द्रिय समितिको विस्तारित बैठक पुष १९, २० र २१ गतेका लागि बोलाउने निर्णय गरेको छ । यस्तै, रिक्त पार्टीको अनुशासन आयोगमा नवलपरासीका अधिवक्ता कमल प्रसाद पोखरेल र ताप्लेजुङकाहरिचन्द्र भट्टराईलाई नियुक्त गरिएको छ । 

यस्तै, पार्टीको केन्द्रिय संगठन विभागमा ताप्लेजुङकै धर्म केसी, रुपन्देहीका गोपाल घिमिरे र सिरहाका डा।विमल तिवारीलाई मनोनयन गरिएको सो पार्टीले जनाएको छ । डोल प्रसाद अर्यालले कार्यवाहक सभापतिको जिम्मेवारी पाएपछि सो पार्टीको पहिलो सचिवालय बैठक बसेको हो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यस्तो छ कांग्रेस इतरपक्षको पाँच बुँदे घोषणापत्र

यस्तो छ कांग्रेस इतरपक्षको पाँच बुँदे घोषणापत्र

घोषणापत्रमा पन्ध्रौँ महाधिवेशन, अन्य दलहरुसँगको संवाद, धार्मिक स्वतन्त्रता, संविधान संशोधन र सम्मेलनमा प्रस्तुत प्रतिवेदनहरुलाई अन्तिम रुप दिने लगायत विषय समेटिएका छन् ।
अनुदान आयोगले सुरु गर्यो समकक्षता निर्धारण

अनुदान आयोगले सुरु गर्यो समकक्षता निर्धारण

विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट प्राप्त शैक्षिक उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी पाएसँगै प्रक्रिया सुरु गरेको छ । आयोगले पहिलो चरणमा करिब ३० जनाको समकक्षता...
जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन बेपत्ता

जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन बेपत्ता

अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ ।
पहिरोमा पुरिएर एक जनाको मृत्यु

पहिरोमा पुरिएर एक जनाको मृत्यु

लुङग्री गाउँपालिका–५ धैरेनीमा पहिरोले घर पुरिँदा एकजना वृद्धाको मृत्यु भएको छ ।