नेभिगेशन
सबै कुरा

यी हुन् रास्वपाको आज बसेको सचिवालय बैठकले गरेका निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को शुक्रबार बसेको सचिवालय बैठक सकिएको छ । पार्टी कार्यालय बनस्थलीमा बसेको बैठकले पार्टीको विस्तारित केन्द्रिय समितिको बैठक बोलाउने देखि समसामयिक राजनीतिक परिवेशको समिक्षा र पार्टीका विभिन्न समितिमा मनोनयन गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाकाअनुसार आजको बैठकमा कार्यबाहक सभापति डीपि अर्याल र उपसभापति डा।स्वर्णिम वाग्लेले वर्तमान राजनीतिक परिस्थितिको समीक्षा गरेका थिए । 

Ncell
Extreme Energy

यस्तै,कार्यबाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीले पार्टीको ६० जिल्लाको जिल्ला भेला सकिएको प्रतिवेदन पेश गरेका थिए। प्रवक्ता झाकाअनुसार आजको बैठकले पार्टीको केन्द्रिय समितिको विस्तारित बैठक पुष १९, २० र २१ गतेका लागि बोलाउने निर्णय गरेको छ । यस्तै, रिक्त पार्टीको अनुशासन आयोगमा नवलपरासीका अधिवक्ता कमल प्रसाद पोखरेल र ताप्लेजुङकाहरिचन्द्र भट्टराईलाई नियुक्त गरिएको छ । 

यस्तै, पार्टीको केन्द्रिय संगठन विभागमा ताप्लेजुङकै धर्म केसी, रुपन्देहीका गोपाल घिमिरे र सिरहाका डा।विमल तिवारीलाई मनोनयन गरिएको सो पार्टीले जनाएको छ । डोल प्रसाद अर्यालले कार्यवाहक सभापतिको जिम्मेवारी पाएपछि सो पार्टीको पहिलो सचिवालय बैठक बसेको हो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

नेपाल बुद्धिचाल महासङ्घले केन्द्रीय सदस्य नीता सैंजुको नेतृत्वमा विभिन्न उमेर समूहका ११ खेलाडी, पाँच जना अभिभावक र निर्णायक गरी १८ सदस्यीय नेपाली टोली सहभागी भएका छन् ।
कोप ३१ः आन्तरिक तयारी तीव्र, राष्ट्रिय स्थितिपत्र अर्को साता सार्वजनिक गर्ने तयारी

कोप ३१ः आन्तरिक तयारी तीव्र, राष्ट्रिय स्थितिपत्र अर्को साता सार्वजनिक गर्ने तयारी

“दसैँको समयमा पनि हामी खाली नबसी नेपालको स्थितिपत्रको मस्यौदा तयार भई सरोकारवालाको सुझाव संकलन गरिरहेका छौँ । कसरी नेपालको स्थितिपत्रलाई कसिलो बनाउन सकिन्छ भनेर लागिरहेका छौं,” उनले भने,...
विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

असोज ८ देखि ११ गतेसम्मको निरन्तर वर्षापछि आएको बाढीपहिरोले जिल्लाका सडक, पुल, खानेपानी, सिँचाइ, विद्युत् र सञ्चारका संरचनामा क्षति पु¥याएको छ । धेरै बस्ती पहिरोको जोखिममा परेका छन्...
पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण ‘थिम’ रहेको उक्त ग्लोबल गभर्नेन्स सम्मेलन यही अक्टोबर २३ देखि २५ सम्म आयोजना हुँदैछ ।