नेभिगेशन
सबै कुरा

कर्णाली नदीमा डोजर पल्टिँदा एक जना बेपत्ता

कालीकोट । कर्णाली नदीमा डोजर पल्टिँदा एक जना बेपत्ता भएका छन् । कालीकोटको पचालझरना–८ चाटेबगरबाट वडा नं ४ को जारकोटस्थित कर्णाली नदीमा डोजर तार्ने क्रममा शुक्रबार बेलुका डोजर पल्टिँदा डोजरसहित सहचालक नदीमा बेपत्ता भएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पचालझरना गाँउपालिका–८ चाटेबगरदेखि पचालझरना–४ जारकोट जाने क्रममा कर्णाली नदीमा डोजर पल्टिएकाे थियो । डोजरसहित एक जना बेपत्ता भएको र डोजर चालक नदीमा तैरिरहेको अवस्थामा प्रहरी र स्थानीयले उद्धार गरेको पचालझरना गाउँपालिका उपाध्यक्ष अल्किना बमले जानकारी दिए । 

Ncell
Extreme Energy

कालीकोट खाँडाचक नगरपालिका–८ का डोजर चालकको सकुशल उद्धार गरिएको र एक जना बेपत्ता भएको खबर आएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी गोविन्द चौधरीले बताए  । उनले भने, “चालकको सकुशल उद्धार गरिएको छ । सहचालक र डोजर अहिलेसम्म फेला पर्न सकेको छैन ।” बेपत्ता सहचालकको नाम र ठेगाना खुल्न नसकेको प्रहरीले खोजीकार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यस्तो छ कांग्रेस इतरपक्षको पाँच बुँदे घोषणापत्र

यस्तो छ कांग्रेस इतरपक्षको पाँच बुँदे घोषणापत्र

घोषणापत्रमा पन्ध्रौँ महाधिवेशन, अन्य दलहरुसँगको संवाद, धार्मिक स्वतन्त्रता, संविधान संशोधन र सम्मेलनमा प्रस्तुत प्रतिवेदनहरुलाई अन्तिम रुप दिने लगायत विषय समेटिएका छन् ।
अनुदान आयोगले सुरु गर्यो समकक्षता निर्धारण

अनुदान आयोगले सुरु गर्यो समकक्षता निर्धारण

विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट प्राप्त शैक्षिक उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी पाएसँगै प्रक्रिया सुरु गरेको छ । आयोगले पहिलो चरणमा करिब ३० जनाको समकक्षता...
जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन बेपत्ता

जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन बेपत्ता

अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ ।
पहिरोमा पुरिएर एक जनाको मृत्यु

पहिरोमा पुरिएर एक जनाको मृत्यु

लुङग्री गाउँपालिका–५ धैरेनीमा पहिरोले घर पुरिँदा एकजना वृद्धाको मृत्यु भएको छ ।