नेभिगेशन
सबै कुरा

डा.ओम मूर्तिद्वारा सामाजिक सञ्जालको आम्दानी सामाजिक कार्यमै खर्च

काठमाडौँ । मुटुरोग विशेषज्ञ, लेखक तथा स्वास्थ्य अभियान्ता डा ओम मूर्ति अनिलले सामाजिक सञ्जालबाट भएको आम्दानी सामाजिक कार्यमै खर्च गरेका छन् । उनले सामाजिक सञ्जाल युट्युबबाट आएको आम्दानी अनाथ र असाहय बालबालिका तथा वृद्धवृद्धाका निम्ति खर्च गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

डा ओम मूर्ति अनिल पोड्कास्टमार्फत युट्युबमा स्वास्थ्य र समसायमिक विषयमा जनचेतनामूलक प्रस्तुति दिँदै आएका छन्  । उक्त युट्युब च्यानल मोनिटाइजेसन भई प्राप्त भएको पहिलो आम्दानीलाई डा ओम मूर्तिले बूढानीलकण्ठ नगरपालिका–४ स्थित चन्डेश्वरी मन्दिर नजिक रहेको पवित्र समाज सेवा नेपालमा आश्रित बालबालिका र वृद्धवृद्धालाई न्यानो कपडा र खाद्यान्न सहयोगमा खर्चिएका हुन्  । उनले भने, “मैले सामाजिक सञ्जालको आम्दानी सामाजिक कर्ममै खर्च गरेको हुँ । आगामी दिनमा अन्यत्र पनि आवश्यकताअनुसार सहयोग गर्दै जानेछु ।” 

Ncell
Extreme Energy

संस्थामा १३ महिनादेखि २० वर्षसम्मका ६० जना बालबालिका र ९५ वर्षसम्मका १५ जना वृद्धवृद्धा आश्रित रहेका छन् । आश्रित सदस्यसहित छ जना स्वयम्सेवकलाई आवश्यकताअनुसार न्यानो कपडा प्रदान गरिएको थियो । यस्तै विभिन्न खाद्य सामग्री र खेलकुद सामग्रीसमेत वितरण गरिएको थियो । 

स्वास्थ्य सेवाबाहेक एक दशकभन्दा लामो समयदेखि स्वास्थ्य र समसामयिक विषयमा जनचेतना जगाउँदै आएका डा अनिलको फेसबुक पेजमा १४ लाखभन्दा बढी र युट््युबमा ८० हजारभन्दा बढी फलोअर्स रहेका छन् । डा ओम मूर्ति अनिलले स्वास्थ्य सचेतनामा दुई वटा विश्व कीर्तिमानसमेत कायम गरेका छन् । जसअन्तर्गत गिनिज वल्र्ड रेकर्ड र वल्र्ड बुक रेकर्ड (लन्डन) रहेका छन् । विश्व मुटु दिवसको अवसरमा मुटुको स्वास्थ्यबारे जनचेतना फैलाउने उद्देश्यले २९ सेप्टेम्बर २०२३ मा डा उनले फेसबुक लाइभमार्फत ११ हजार दुई सय १२ जना प्रत्यक्ष दर्शकसँग ‘मुटुरोगको स्वास्थ्य जागरूकता लाइभ स्ट्रिम’को लागि सबैभन्दा धेरै दर्शकको विश्व रेकर्ड कायम गरेका थिए । 

 त्यस्तै सन् २०१४ मा डा अनिललाई ‘मुटुरोग रोकथाममा अतिथि वक्ताको रूपमा सबैभन्दा लामो समयको रेडियो अन्तर्वार्ता’का लागि प्रदान गरिएको थियो । इमेज एफएममा ४४ हप्तासम्म लगातार प्रसारण गरिएको अन्तर्वार्ताको श्रृङ्खखलालाई वल्र्ड बुक रेकर्ड (लन्डन)ले मान्यता प्रदान गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यस्तो छ कांग्रेस इतरपक्षको पाँच बुँदे घोषणापत्र

यस्तो छ कांग्रेस इतरपक्षको पाँच बुँदे घोषणापत्र

घोषणापत्रमा पन्ध्रौँ महाधिवेशन, अन्य दलहरुसँगको संवाद, धार्मिक स्वतन्त्रता, संविधान संशोधन र सम्मेलनमा प्रस्तुत प्रतिवेदनहरुलाई अन्तिम रुप दिने लगायत विषय समेटिएका छन् ।
अनुदान आयोगले सुरु गर्यो समकक्षता निर्धारण

अनुदान आयोगले सुरु गर्यो समकक्षता निर्धारण

विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट प्राप्त शैक्षिक उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी पाएसँगै प्रक्रिया सुरु गरेको छ । आयोगले पहिलो चरणमा करिब ३० जनाको समकक्षता...
जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन बेपत्ता

जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन बेपत्ता

अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ ।
पहिरोमा पुरिएर एक जनाको मृत्यु

पहिरोमा पुरिएर एक जनाको मृत्यु

लुङग्री गाउँपालिका–५ धैरेनीमा पहिरोले घर पुरिँदा एकजना वृद्धाको मृत्यु भएको छ ।