नेभिगेशन
सबै कुरा

एआईजी किरण बज्रचार्यको बिदाई, मंगलबारबाट अनिवार्य अवकाशमा जाँदै

काठमाडाैँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीकी प्रमुख एआईजी किरण बज्रचार्यको बिदाई गरिएको छ । प्रहरीको उमेर हदम्याद पूरा हुने भएपछि उनको बिदाई भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एआईजीको ५६ वर्षे उमेर हदका कारण बज्राचार्य भोली अर्थात मंगलबारबाट अनिवार्य अवकाशमा जाँदै छिन् । अवकाशमा जानुपूर्व सोमबारउनी कार्यरत काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा एक कार्यक्रमका बिच बिदाई गरिएको हो । 

Ncell
Extreme Energy

२०५२ सालबाट प्रहरी निरिक्षक पदबाट सेवा सुुरु गरेकी बज्राचार्यले एसएसपी हुँदा जिल्ला प्रहरी परिसर ललितपुरको प्रमुखको जिम्मेवारी सम्हालेकी थिइन् । त्यस्तै डिआईजी हुँदा उनी बागमति प्रदेश प्रमुख तथा प्रबन्ध महाशाखाको जिम्मेवारीमा थिइन् । उनले त्यसअघि नै केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी, जिल्ला प्रहरी परिसर भक्तपुर लगायत ठाउँमा बसेर काम गरेकी छिन् । 

२०७५ सालमा अमेरिकी विदेश मन्त्रालयले बज्राचार्यलाई मानव बेचबिखन विरुद्धको वर्ष हिरो घोषणा गरेको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीमा रहँदा करिब दुई वर्ष सङ्गठित मानव तस्कर समूहलाई पक्राउ गर्न सफल भएको र भक्तपुर प्रहरी परिसरमा रहँदा पनि मानव बेचबिखनविरुद्ध चलाएको जनचेतनामूलक अभियानको प्रशंसा गर्दै उनलाई अमेरिकी विदेश मन्त्रालयले वर्ष हिरो घोषणा समेत गरेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा

तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा

प्रहरी प्रधान कार्यालयका अनुसार तीनवटा सवारीसाधनमार्फत कात्तिक ३ गते ५१० र कात्तिक ४ गते ८९६ गरी एक हजार ४०६ यात्रुले निःशुल्क यात्रा सुविधा लिएका छन् ।
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

भूमिकास्थान नगरपालिका २, भूमेकाथानमा  लु ६४ प ७४७१ नम्बरको मोटरसाइकल गए राति दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।
आज कहाँकहाँ छ वर्षा र हिमपातको सम्भावना?

आज कहाँकहाँ छ वर्षा र हिमपातको सम्भावना?

पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने भएको छ ।
नेपालका सरकारी वेबसाइट किन चलेका छैनन्? एआईले पत्ता लगायो सुरक्षा कमजोरी

नेपालका सरकारी वेबसाइट किन चलेका छैनन्? एआईले पत्ता लगायो सुरक्षा कमजोरी

इन्टरनेटमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा पिएसपीमा दुई गम्भीर साइबर सुरक्षा कमजोरी फेला परेपछि नेपालसहित विभिन्न देशका सरकारी वेबसाइट तथा सार्वजनिक वेब सेवा प्रभावित भएका छन्। नेपालका...