नेभिगेशन
सबै कुरा

एआईजी किरण बज्रचार्यको बिदाई, मंगलबारबाट अनिवार्य अवकाशमा जाँदै

काठमाडाैँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीकी प्रमुख एआईजी किरण बज्रचार्यको बिदाई गरिएको छ । प्रहरीको उमेर हदम्याद पूरा हुने भएपछि उनको बिदाई भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एआईजीको ५६ वर्षे उमेर हदका कारण बज्राचार्य भोली अर्थात मंगलबारबाट अनिवार्य अवकाशमा जाँदै छिन् । अवकाशमा जानुपूर्व सोमबारउनी कार्यरत काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा एक कार्यक्रमका बिच बिदाई गरिएको हो । 

Ncell
Extreme Energy

२०५२ सालबाट प्रहरी निरिक्षक पदबाट सेवा सुुरु गरेकी बज्राचार्यले एसएसपी हुँदा जिल्ला प्रहरी परिसर ललितपुरको प्रमुखको जिम्मेवारी सम्हालेकी थिइन् । त्यस्तै डिआईजी हुँदा उनी बागमति प्रदेश प्रमुख तथा प्रबन्ध महाशाखाको जिम्मेवारीमा थिइन् । उनले त्यसअघि नै केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी, जिल्ला प्रहरी परिसर भक्तपुर लगायत ठाउँमा बसेर काम गरेकी छिन् । 

२०७५ सालमा अमेरिकी विदेश मन्त्रालयले बज्राचार्यलाई मानव बेचबिखन विरुद्धको वर्ष हिरो घोषणा गरेको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीमा रहँदा करिब दुई वर्ष सङ्गठित मानव तस्कर समूहलाई पक्राउ गर्न सफल भएको र भक्तपुर प्रहरी परिसरमा रहँदा पनि मानव बेचबिखनविरुद्ध चलाएको जनचेतनामूलक अभियानको प्रशंसा गर्दै उनलाई अमेरिकी विदेश मन्त्रालयले वर्ष हिरो घोषणा समेत गरेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन बेपत्ता

जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन बेपत्ता

अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ ।
पहिरोमा पुरिएर एक जनाको मृत्यु

पहिरोमा पुरिएर एक जनाको मृत्यु

लुङग्री गाउँपालिका–५ धैरेनीमा पहिरोले घर पुरिँदा एकजना वृद्धाको मृत्यु भएको छ ।
वर्षाले १० जिल्लाका सडक प्रभावित

वर्षाले १० जिल्लाका सडक प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका छन् ।
जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा परी दुई जना बेपत्ता भएका छन् ।