नेभिगेशन
सबै कुरा

कोभिड–१९ भन्दा अघिकै लय फर्कियो पर्यटन क्षेत्र, एक वर्षमै भित्रिए एघार लाख ४७ हजार पर्यटक

काठमाडौँ । सन् २०२४ मा ११ लाख ४०  हजारभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । आज बिहानसम्मको तथ्याङ्कअनुसार ११ लाख ४७ हजार २४ जना नेपाल भित्रिएका नेपाल पर्यटन बोर्डले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बोर्डका निर्देशक मरिणराज लामिछानेले दैनिक सरदर तीन हजार पर्यटक भ्रमणमा आएका बताउँदै  सन् २०२३ को तुलनामा १४ प्रतिशतभन्दा बढीले  पर्यटक आगमन बढेको  जानकारी दिए। सन् २०१९ मा ११ लाख ९७ हजार एक सय ९१ विदेशी पर्यटक नेपाल आएका थिए । कोरोना महामारीपछि अधिक पर्यटकले नेपाल भ्रमण गरेको यो पहिलो वर्ष हो । सन् २०२० देखि २०२२ सम्म पर्यटक आगमन प्रायः ठप्प थियो । 

Ncell
Extreme Energy


राष्ट्रसङ्घीय विश्व पर्यटन सङ्गठन (युएनडब्लुटिओ)को पछिल्लो छ महिनाको तथ्याङ्कअनुसार कोभिड–१९पछि नेपालको पर्यटन ९६ प्रतिशतले पुनरुत्थान भएको छ । 

नेपाल प्रिमियर लिग (एनपिएल), विश्व बौद्ध सम्मेलन, अन्तर्राष्ट्रिय ‘बेलुन’ महोत्सव, ‘ड्रागन बोट’ महोत्सवका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा आयोजना भएका  मेला र प्रदर्शनीले पनि पर्यटन आगमनमा बढोत्तरी भएको हो ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा

तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा

प्रहरी प्रधान कार्यालयका अनुसार तीनवटा सवारीसाधनमार्फत कात्तिक ३ गते ५१० र कात्तिक ४ गते ८९६ गरी एक हजार ४०६ यात्रुले निःशुल्क यात्रा सुविधा लिएका छन् ।
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

भूमिकास्थान नगरपालिका २, भूमेकाथानमा  लु ६४ प ७४७१ नम्बरको मोटरसाइकल गए राति दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।
आज कहाँकहाँ छ वर्षा र हिमपातको सम्भावना?

आज कहाँकहाँ छ वर्षा र हिमपातको सम्भावना?

पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने भएको छ ।
नेपालका सरकारी वेबसाइट किन चलेका छैनन्? एआईले पत्ता लगायो सुरक्षा कमजोरी

नेपालका सरकारी वेबसाइट किन चलेका छैनन्? एआईले पत्ता लगायो सुरक्षा कमजोरी

इन्टरनेटमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा पिएसपीमा दुई गम्भीर साइबर सुरक्षा कमजोरी फेला परेपछि नेपालसहित विभिन्न देशका सरकारी वेबसाइट तथा सार्वजनिक वेब सेवा प्रभावित भएका छन्। नेपालका...