नेभिगेशन
सबै कुरा
सिधाकुरा फलाेअप :

यौन दुर्व्यवहार आरोपित नेपाल स्काउटका आयुक्त आशिर्वाद सुवेदी जिम्मेवारीबाट हटाइए

काठमाडाैँ । विदेशी महिलालाई यौन दुर्व्यवहार गरेको आरोप लागेका नेपाल स्काउटका केन्द्रीय आयुक्त कारबाहीमा परेका छन् । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का सचिव समेत रहेका आर्शिवाद सुवेदीलाई नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले जिम्मेवारीबाट हटाएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल स्काउटका प्रमुख स्काउटसमेत रहेका युवा तथा खेलकुद मन्त्री तेलुलाल चौधरीले पुष ११ मा सुवेदीलाई जिम्मेवारीबाट हटाइएको जानकारी गराएका छन् । सुवेदी असोज २८ देखि कात्तिक ९ गतेसम्म ताइवानमा आयोजित स्काउटको एशिया प्यासिफिक क्षेत्रीय कार्यशालामा सहभागी भएको र सो क्रममा उनले एक विदशी महिलालाई यौन दुर्व्यवहार गरेको विषय बाहिरिएको थियो । सो कार्यक्रममा सुवेदीले आफ्नो शरीरका संवेदनशिल अङ्गहरू जबरजस्ती छुन प्रयास गरेको भन्दै एक महिलाले विश्व स्काउटमा लिखित उजुरी गरेकी थिइन् । 

Ncell
Extreme Energy

नेपाल स्काउटका आयुक्त एवम् एमाले निकट अनेरास्ववियुका केन्द्रीय सचिवमाथि यौन दुर्व्यवहारको आरोप

स्काउटको दक्षिण एशियाली क्षेत्रीय कार्यालय (एपीआर) मार्फत नेपाल स्काउटमा सो घटना छानबिनका लागि पत्र काटेपछि घटना बाहिरिएको थियो। सो विषय छानबिनका लागि तीन सदस्यीय छानबिन समिति समेत बनाएर छानबिन गरिएको थियो । 

नेपाल स्काउटका निर्देशकको संयोजकत्वमा बनेको सो समितिले सुवेदीको बयानसहितको छानबिन प्रतिवेदन विश्व स्काउट प्रशान्त क्षेत्रीय कार्यालयलाई पठाएको थियो । 

विश्व स्काउट प्रशान्त क्षेत्रीय कार्यालयले समेत सो प्रतिवेदन अध्ययन गरेर नेपाल स्काउट कार्यालयलाई उक्त घटनाप्रति संवेदनशील रहन र छानबिन प्रक्रियालाई बन्द नगर्न राय दिएको थियो । विश्व स्काउटको सो पत्रपश्चात नेपाल स्काउटले कानुनी सल्लाह र राय लिँदा आर्शिवाद सुवेदीले नेपाल स्काउट ऐन २०५० को दफा १८ को देहाय २(क) र सोही नियमावलीको नियम २९ बमोजिम स्काउट आचारसंहिताको गम्भिर उल्लङ्घन गरेको भन्दै जिम्मेवारीबाट हटाएको हो । 

सुवेदीलाई नेपाल स्काउटको राष्ट्रिय कार्यसमितिको सदस्य पदबाट हटाइएको मन्त्री चौधरीले जनाएका छन् । 

नेपाल स्काउटका आयुक्त एवम् एमाले निकट अनेरास्ववियुका केन्द्रीय सचिवमाथि यौन दुर्व्यवहारको आरोप


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन बेपत्ता

जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन बेपत्ता

अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ ।
पहिरोमा पुरिएर एक जनाको मृत्यु

पहिरोमा पुरिएर एक जनाको मृत्यु

लुङग्री गाउँपालिका–५ धैरेनीमा पहिरोले घर पुरिँदा एकजना वृद्धाको मृत्यु भएको छ ।
वर्षाले १० जिल्लाका सडक प्रभावित

वर्षाले १० जिल्लाका सडक प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका छन् ।
जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा परी दुई जना बेपत्ता भएका छन् ।