नेभिगेशन
सबै कुरा

कोशीका ३८ स्थानमा यात्रु सहायता कक्ष स्थापना

विराटनगर : चाडपर्वको समयमा यात्रुलाई सहज र सुरक्षित यात्राका लागि कोशी प्रदेशका ३८ स्थानमा यात्रु सहयाता कक्ष स्थापना गरिएको छ । “सुरक्षा सुनिश्चितता अभियान २०८० को चाडपर्व सुरक्षा योजना अन्तर्गत” प्रदेशका मुख्य राजमार्ग तथा सहायक मार्गको विभिन्न स्थानमा सहायता कक्ष स्थापना गरिएको विराटनगरस्थित प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, मातहतका प्रहरी कार्यालय तथा यातायात व्यवसाय सम्बद्ध संस्थासमेतको समन्वय र सहकार्यमा कोशी प्रदेशका ३८ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी सेवा प्रवाह सुरु गरिएको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता सुनिल दाहालले बताए। 

Extreme Energy

उनका अनुसार झापाको बिर्तामोड दमक, काकडँभिट्टा, भद्रपुर, बुद्धशान्ति, बुधबारे, ताप्लेजुङको तोक्मेडाँडा, पाँचथरको फिदिम बसपार्क, धनकुटा बसपार्क, हिले, भेडेटार, उदयपुरको बरुवा बसपार्क, तेह्रथुमको गुराँस चोक, म्याङलुङ बसपार्क, सुनसरीको शिवचोक, ईटहरी बसपार्क, सोलुखुम्बुको आँवाडाँडा, जोर बौद्ध, पतालेमा, इलामको फिक्कल, इलाम बसपार्क, बिब्ल्याटेलगायतक स्थानमा यात्रु सहयाता कक्ष स्थापना गरिएको छ 

यसैगरी, मोरङको विराटनगर बसपार्क, उर्लाबारी, पथरी, बेलबारी, विराटचोक, रङ्गेली, भोजपुरको देउराली, घोरेटार, अरुण जरायोटार, दिल्पामा, खोटाङको रत्नपार्कमा, ओखलढुङगाको सिद्धिचरण, रमाइलोडाँडा, सखुङ्वासभाको खाँदवारीमा यात्रु सहायता कक्ष स्थापना गरी सेवा प्रवाह सुरु गरिएको उनले बताए ।

यात्राका क्रममा यात्रुलाई कुनै प्रकारको असहज वा  असुरक्षित महसुस भएमा र सामान छुटेमा नजिकैको यात्रु सहायता कक्ष वा प्रहरीको हटलाईन नम्बर १०० अथवा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा सम्पर्क गर्नसमेत उनले विज्ञप्ति जारी गरी आग्रह गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

भद्रपुर नगरपालिका–५ सुन्दरबस्तीमा गएराति ३२ वर्षीय कुबराज हस्दाले आफ्नै ३० वर्षीय भाइ बाबुलाल हस्दामाथि छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सुतिरहेको अवस्थामा ज्वाँइले गरे ससुराली परिवारमाथि खुकुरी प्रहार, श्रीमती, सासु, साली र सालो घाइते

सुतिरहेको अवस्थामा ज्वाँइले गरे ससुराली परिवारमाथि खुकुरी प्रहार, श्रीमती, सासु, साली र सालो घाइते

“घाइतेहरुमध्ये तीन जना (अञ्जना राई, सेवन्ता राई र टेमिना राई)को अवस्था गम्भीर छ । उनीहरुलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाउने तयारी भइरहेको छ”, प्रहरी निरीक्षक बस्नेतले भने,...
विदेशबाट फर्किएर ससुरालीमै गएर पत्नीको हत्या, पति पनि मृत भेटिए

विदेशबाट फर्किएर ससुरालीमै गएर पत्नीको हत्या, पति पनि मृत भेटिए

मिथिला बिहारी–४ भरतपुर निवासी उमेश केही दिनअघि मात्रै वैदेशिक रोजगारीबाट घर फर्किएका थिए । उनी घटनाको अघिल्लो दिन मात्रै ससुराली पुगेका थिए । मृतक दम्पतीका चार वर्षीय छोरा...
मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि कात्तिक ७ गतेसम्म १४ दिनको अवधिमा मादकपदार्थ सेवन (मापसे) गरी सवारी चलाउने एक हजार दुई जना र लागुपदार्थ सेवन (लापसे) गरी...

भर्खरै