नेभिगेशन
सबै कुरा

माघे सङ्क्रान्ति नजिकिएसँगै चाकु उत्पादनमा व्यस्त टोखाका व्यवसायी (तस्विरहरु)

काठमाडौँ । गुलियो भन्नेबित्तिकै सबैको मुख रसाउँछ। त्यही गुलियो सखर बाट बन्ने चिज चाकु, तीलको लड्डु र सेतो तिलको लड्डु खान पाउँदा त कसो जिब्रो नलठ्ठिएला । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गुलियो स्वाद आउने र जाडोलाई भगाउने चाकु बनाउन टोखाका व्यवसायीलाई यतिबेला  भ्याइनभ्याइ  छ। चाकु किलोको १४० र खुवाको चाकु ५०० किलो र कालो तिल र सेतो तिलको लड्डु रु.३०० किलोमा बिक्री भइरहेको छ।

Ncell
Extreme Energy

माघे सङ्क्रान्तिका लागि टोखाका व्यवसायी चाकु उत्पादनमा व्यस्त छन्। घ्यू र चाकु खाएर मनाइने माघे सङ्क्रान्ति पर्वका लागि बजारको माग अनुसार व्यवसायी चाकु उत्पादनमा व्यस्त बनेका हुन्। 


परम्परागत रूपमै टोखाका नेवार समुदाय चाकु बनाउँदै आएका छन्। पछिल्लो समय टोखामा विभिन्न १४ वटा उद्योगमार्फत् चाकु उत्पादन भइराखेको छ। 

२०१६ सालसम्म चाकु बनाउने उखु टोखामै उत्पादन हुन्थ्यो र त्यस ठाउँलाई तुँख्यः अर्थात् उखुबारी भनिन्थ्यो। त्यही शब्द पछि अपभ्रशं भएर टोखा भएको स्थानीयको भनाइ छ। पहिले थोरै मात्रामा बन्ने चाकु अहिले १२ महिना उत्पादन हुन्छ। टोखामा अहिले भारतबाट आयात भएको सख्खरबाट चाकु बनाउनुपर्ने बाध्यता छ।  बजारमा माग बढे पनि जनशक्तिको भने अभाव भएको व्यवसायी बताउँछन्। 

‘हामी चाकु व्यवसाय गर्ने अन्तिम पुस्ता हुने हो कि भन्ने चिन्ता बढेको छ’, व्यवसायी बुद्ध श्रेष्ठले भने।

नयाँ पुस्ता यस व्यवसायमा आकर्षित नहुँदा जनशक्तिको अभाव भएको उनको भनाइ छ। अहिले चाकु बनाउन बाहिरबाट जनशक्ति ल्याउनुपर्छ। 

नेवार समुदायमा चाकुको विशेष महत्त्व छ। यःमरी पुन्ही र माघे सङ्क्रान्तिको दिनमा अनिवार्य रूपमा चाकु चाहिन्छ। पुसको अन्तिम दिन पकाएर माघको पहिलो दिन खाने चलन अनुसार चाकु पुस मसान्तसम्म बन्ने र माघ १ गते परिवारसँग बसेर एकसाथ खाने चलन छ। माघे सङ्क्रान्तिमा घिउ, चाकु, सखरखण्ड, रातो मूलालगायतका परिकार खाने चलन रहेको टोखा परम्परागत चाकु संरक्षण समाजका उपाध्यक्ष बुद्ध श्रेष्ठको भनाइ छ। 

उनका अनुसार प्रत्यक्ष अप्रत्यक्ष गरेर करिब तीन हजार बढीले चाकु उद्योगमा रोजगारी पाएका छन्। यहाँ मङ्सिर र पुस दुई महिनामा चाकु व्यवसायी सबैभन्दा बढी व्यस्त हुन्छन्। 


पहिले हातले फिटेर बनाउने गरिएको सेतो तिलको लड्डु, कालो तिलको लड्डु, झोल चाकु, स्पेसल चाकु, पुष्टकारी, बदाम लड्डु, मुरमुरे लड्डु अहिले प्रविधिको विकाससँगै मेसिनले पनि बनाउन थालिएको छ।  






प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
साउन ३१ गते यी सात स्थानबाट ग्यास वितरण हुने

साउन ३१ गते यी सात स्थानबाट ग्यास वितरण हुने

निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा साउन ३१ गते आइतबार तोकिएका स्थानबाट विभिन्न ब्रान्डका ग्यास सिलिन्डर बिक्री–वितरण गर्ने जनाएको छ। निगमका अनुसार ग्यास खरिदका लागि उपभोक्ताले बिहान ११...
एमाले महासचिव पोखरेलको प्रश्न—‘दोष कसलाई दिने ?’

एमाले महासचिव पोखरेलको प्रश्न—‘दोष कसलाई दिने ?’

पोखरेलले सामाजिक सञ्जालमार्फत हिजो सडकका खाल्डा पुर्न नसक्ने, सेवा लिन घण्टौँ लाइन बस्नुपर्ने, समयमा मल नपाइने तथा युवाहरू रोजगारीका लागि विमानस्थलमा लाम लाग्नुपर्ने अवस्थालाई देखाएर नेतृत्व परिवर्तनको माग...
मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा

मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरी टोलीले आठ कन्टेनरहरूलाई अलगरअलग स्थानमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए। कोरलादेखि मालवस्तु...
पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

उनका अनुसार १० जनाको समूहमा रहेका बालक खोला तर्ने क्रममा आठ जना तर्न सफल भएका र दुई जनालाई बगाएको सूचना प्राप्त भएपछि अहिले खोजतलास सुरु गरिएको छ ।...