नेभिगेशन
समाज

गृहमन्त्री अर्याललाई राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि सिफारिस गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले राष्ट्रिय सभाको रिक्त सदस्यमा बहालवाला गृहमन्त्री ओमप्रकाश अर्याललाई मनोनयनका लागि सिफरिस गर्ने निर्णय गरेको छ । 

आइतबार बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले अर्याललाई राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै सरकारले भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ । बैठकले युद्ध प्रभावित पश्चिमी एसियाली मुलुकहरूमा रहेका एवं ट्रान्जिटमा अलपत्र परेका नेपाली नागरिकहरूको तत्काल राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन हाललाई नेपाली राजदूतावासहरू रियाद, अबुधाबी, दोहा, कुवेत सिटी, मनमा, मस्कट, इस्लामाबाद, काइरो र तेल अबिब तथा नेपाली महावाणिज्य दूतावासहरू जेद्दा र दुबईले आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको प्रवक्ता अर्यालले जानकारी दिए ।

Ncell
Extreme Energy

त्यस्तै बैठकले नेपालका हिमनदी बेसिन क्षेत्रमा हिमताल विस्फोटजन्य बाढी तथा जलवायु परिवर्तनजन्य बाढीबाट उत्पन्न जोखिम न्यूनीकरणमार्फत जीविकोपार्जन तथा सम्पत्तिको संरक्षण परियोजनाको लागि हरित जलवायु कोषबाट संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रममार्फत प्राप्त हुने दुई करोड ४२ लाख ६७ हजार ४२७ अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय समेत गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रास्वपा महाधिवेशनमा प्रतिनिधि शुल्क नलिने निर्णय, बुझाएको रकम फिर्ता लिन सकिने

रास्वपा महाधिवेशनमा प्रतिनिधि शुल्क नलिने निर्णय, बुझाएको रकम फिर्ता लिन सकिने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी प्रतिनिधिहरूबाट लिइँदै आएको प्रतिनिधि शुल्क नलिन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
बन्दसत्र सुरु गर्दै रविले भने– केन्द्रीय समिति छान्दा विवेक प्रयोग गर्नुस्

बन्दसत्र सुरु गर्दै रविले भने– केन्द्रीय समिति छान्दा विवेक प्रयोग गर्नुस्

रास्वपा सभापति रवि लामिछानेले कुनै पनि नेताको पछि नलागी केन्द्रीय समिति चयन गर्न महाधिवेशन प्रतिनिधिलाई आग्रह गरेका छन् ।
नेपालमा करिब १४ सय विदेशी विद्यार्थी अध्ययन गर्दै

नेपालमा करिब १४ सय विदेशी विद्यार्थी अध्ययन गर्दै

सिंहदरबारमा बुधबार बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा शिक्षा सचिव चूडामणि पौडेलले विभिन्न देशका गरेर नेपालमा हाल एक हजार ४ सय विदेशी विद्यार्थी अध्ययनरत रहेको बताएका...
विष्णु पौडेललाई विशेष अदालत लगियो

विष्णु पौडेललाई विशेष अदालत लगियो

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको नियन्त्रणमा रहेका पौडेललाई म्याद थपका लागि विशेष अदालत लगिएको हो ।