नेभिगेशन
सबै कुरा

गोकर्णेश्वरमा लुटेरा समूहमाथि प्रहरीले गोली चलायो, १ घाइते

२५ भदौ, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा प्रहरीले  लुटेरा समूहमाथि गोली चलाएको छ । प्रहरीको गोली लागि उक्त समूहका एक व्यक्ति घाइते भएका छन् । घाइते हुनेमा सिन्धुलीका २५ वर्षीय अमर घलान रहेको प्रहरीले बताएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गोकर्णेश्वर नगरपालिका–९ जगडोलमा लुटेरा समूहबारे सूचना पाएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पुगेको थियो । तर लुटेरा समूह हातहतियार सहित आक्रमणमा उत्रिएपछि प्रहरीले आत्मरक्षकाको लागि गोली चलाएको बताएको छ ।

Extreme Energy

 उक्त समूहबाट एउटा पेस्तोलसहित ७ राउण्ड गोली र दुई वटा मोटरसाइकल बरामद गरेकाे अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।  

सो क्रममा प्रहरीले घाइतेसहित ३ जनालाई पक्राउ गरेको छ । घाइतेको नेपाल मेडिकल कलेज मा उपचार भईरहेको छ । पक्राउ पर्नेमा शान्त लामा र जितेन लामा रहेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

भद्रपुर नगरपालिका–५ सुन्दरबस्तीमा गएराति ३२ वर्षीय कुबराज हस्दाले आफ्नै ३० वर्षीय भाइ बाबुलाल हस्दामाथि छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सुतिरहेको अवस्थामा ज्वाँइले गरे ससुराली परिवारमाथि खुकुरी प्रहार, श्रीमती, सासु, साली र सालो घाइते

सुतिरहेको अवस्थामा ज्वाँइले गरे ससुराली परिवारमाथि खुकुरी प्रहार, श्रीमती, सासु, साली र सालो घाइते

“घाइतेहरुमध्ये तीन जना (अञ्जना राई, सेवन्ता राई र टेमिना राई)को अवस्था गम्भीर छ । उनीहरुलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाउने तयारी भइरहेको छ”, प्रहरी निरीक्षक बस्नेतले भने,...
विदेशबाट फर्किएर ससुरालीमै गएर पत्नीको हत्या, पति पनि मृत भेटिए

विदेशबाट फर्किएर ससुरालीमै गएर पत्नीको हत्या, पति पनि मृत भेटिए

मिथिला बिहारी–४ भरतपुर निवासी उमेश केही दिनअघि मात्रै वैदेशिक रोजगारीबाट घर फर्किएका थिए । उनी घटनाको अघिल्लो दिन मात्रै ससुराली पुगेका थिए । मृतक दम्पतीका चार वर्षीय छोरा...
मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि कात्तिक ७ गतेसम्म १४ दिनको अवधिमा मादकपदार्थ सेवन (मापसे) गरी सवारी चलाउने एक हजार दुई जना र लागुपदार्थ सेवन (लापसे) गरी...

भर्खरै