नेभिगेशन
सबै कुरा

'हमास'को कब्जामा कञ्चनपुरका विपिन जोशी

इजरायलमा 'हमास'को आक्रमण पछि बेपत्ता भएका कञ्चनपुरका विपिन जोशीलाई 'हमास'ले बन्धक बनाएको स्वदेश फर्किएका विद्यार्थीहरूले बताएका छन् ।

इजरायलको दक्षिणक्षेत्र स्थित किवुज अलुमिनुमा रहेका सुदूरपश्चिम विश्वविद्यालयका १७ जना विद्यार्थी मध्ये विपिन एक थिए । शुक्रबार बिहान उद्धार भएर नेपाल आएका विद्यार्थीहरूले पहिलो पटक 'हमास'ले विद्यार्थी बसेको ठाँउमा ग्रिनेड फालेका थिए । 'हमास'ले कोठामा फालेको ग्रिनेड विपिनलेनै बाहिर फ्याएका थिए । 

CG

तर दोस्रो पटकमा फ्याँकेको ग्रिनेड पट्कीदाँ १० जनाको ज्यान गयो भने ४ जना घाइते भए । 'हमास'ले प्रहार गरेको ग्रिनेड फ्याँके लगत्तै उनलाई नियन्त्रणमा लिएको इजरायलबाट फर्कएकी बिबुशा अधिकारी बताउँछिन् ।

 यस्तै इजरायलको अस्पतालमा उपचाररत गोरखाका हिमाञ्चल कट्टेलका अनुसार विपिनलाई 'हमास'ले बन्धक बनाएका छन् । 'हमास'को आक्रमण घाइते भएका उनले विपिनलाई 'हमास'ले लगेर गएको आफूले देखेको बताएका छन् । 


त्यसपछि विपिनको अवस्था पत्तो लागेको छैन । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार हमास समुहले इजरायली नागरिक सहित अन्य देशको नागरिकलाई पनि बन्धक बनाएको दाबी गरेका छन् ।

इजरायलमा 'हमास'काे आक्रमणपछि बेपत्ता विपिन जोशी कहाँ छन् ?

 मिडिया रिपोर्टका अनुसार इजरायली बाहेक ६ देखि ८ जना हमासको अपहरणमा परेका छन् जस मध्ये मेक्सिकन २ जना, ब्राजिलियन ३ जना, एक जना नेपाली विद्यार्थी र एक जना ब्रिटिस नागरिक छन् । साथै जर्मनी र थाइल्याण्डका ११ जना पनि हमासको अपहरणमा परेको आशंका अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले गरेका छन् । 

इजरायलबाट स्वदेश फर्किदै गरेका अधिकांश नेपाली विद्यार्थीहरूले यही रिपोर्ट शेयर गरेका छन् । उनीहरूले विपिनको अवस्था पत्ता लगाउन सबैसँग आग्रह गरेका छन् ।

विद्यार्थी लिन आफै इजरायलको तेल अभिभ विमानस्थल पुगेर फर्कीएका परराष्ट्र मन्त्री एनपी साउदले समेत विपिनको अवस्था पत्ता लगाउन कुनै अन्तराष्ट्रिय नियोगहरूलाई आग्रह गर्न सकेनन् । इजरायलस्थित नेपाली दुतावासका अधिकारीहरूले भने इजरायली सेना, रेडक्रस, ह्युमन राइट्सका अधिकारीहरूसँग समन्वय भैरहेको तर कतैबाट जानकारी प्राप्त नभएको बताउँदै आएका छन् । 

साथै अस्पतालहरु समेत विपिनको खोजी भैरहेको दुतावासको दाबी छ । अलजजिराका अनुसार अहिले ५ हजार भन्दा बढी प्यालेस्टाइनीहरु इजरायलको जेलमा छन् । जस मध्ये ३३ जना महिला र १७० जना बालबालिका छन् ।

हमासको अल कसाम बिग्रेडका प्रवक्ता अबु उबैदाले इजरायलमा आक्रमण गरि इजरायली जेलमा रहेका प्यालेस्टाइनीहरु छुटाउन पुग्नेगरि इजरायली सैनिकहरूलाई बन्धक बनाउन सफल भएको दाबी गरेको थियो ।

इजरायली सैन्य प्रवक्ता रियर एडम ड्यानियल हगारीले पनि हमासले इजरायलीहरुलाई बन्दक बनाएको स्विकार गरेका छन् तर उनले ति सैनिक हुन वा सर्वसाधारण पनि छन भने भन्न चाहेनन् ।

सार्वजनिक भैरहेको भिडियोहरूमा हमासका लडाकुहरूले मानिसहरूलाई निर्मम तरिकाले अपहरण गरेर गाडीमा कोचेको देखिन्छ भने महिलाहरूलाई समेत अमानवीय तरिकाले बन्धक बनाएर गाजा क्षेत्र तर्फ लैजाँदै गरेको देखिन्छ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जादु टुना लगाएको निहुँमा हत्या, सुटरलाइ ६ लाखको सुपारी

जादु टुना लगाएको निहुँमा हत्या, सुटरलाइ ६ लाखको सुपारी

असोज २५ गते साँझा चौधरीको रामधुनी–२ स्थित शिवनगर–झुम्काको भित्री सडकमा सिटी सफारी चलाएर जानेक्रममा गोली हानी हत्या गरिएको थियो ।
प्रहरी दम्पती झगडा: चार महिने छोराको हत्या, घाइते श्रीमतीको उपचार हुदैं

प्रहरी दम्पती झगडा: चार महिने छोराको हत्या, घाइते श्रीमतीको उपचार हुदैं

काठमाडौँको सिनामंगलमा डेरा गरेर बस्दै आएका सहायक निरीक्षक पुष्कर कार्कीले आफ्नै चार महिने छोराको हत्या गरेका हुन । बिरामी छोराको उपचारको विषयलाई लिएर आइतबार दुई बुढाबुढीबीच बिवाद भएको...
हेलिपोर्ट निमार्णमा भ्रष्टाचार आरोपीत महानिर्देशक प्रदीप अधिकारी पुर्पक्षका लागि कारागार चलान

हेलिपोर्ट निमार्णमा भ्रष्टाचार आरोपीत महानिर्देशक प्रदीप अधिकारी पुर्पक्षका लागि कारागार चलान

आरोप पत्रमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी, तत्कालीन निर्देशक मुरारी भण्डारी, तत्कालीन उपप्रबन्धक हालका प्रबन्धक विक्रम थापा, तत्कालीन वरिष्ठ अधिकृत तथा हालका उपप्रबन्धक सम्वृद्धि श्रेष्ठ, परामर्शदाता गुरुदत्त...
यि हुन् प्रतिवादी बनाइएका उच्च पदस्थ कर्मचारी

यि हुन् प्रतिवादी बनाइएका उच्च पदस्थ कर्मचारी

अख्तियारले मुद्दा दायर गर्ने चरणमा रहेको आरोप पत्रअनुसार सर्वोच्च अदालतका पूर्वरजिष्टार तथा समावेशी आयोगका पूर्वअध्यक्ष रामकृष्ण तिमल्सिना, नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, पूर्वसचिव सुशील घिमिरे, सुरेशमान...

भर्खरै