नेभिगेशन
सबै कुरा

'हमास'को कब्जामा कञ्चनपुरका विपिन जोशी

इजरायलमा 'हमास'को आक्रमण पछि बेपत्ता भएका कञ्चनपुरका विपिन जोशीलाई 'हमास'ले बन्धक बनाएको स्वदेश फर्किएका विद्यार्थीहरूले बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

इजरायलको दक्षिणक्षेत्र स्थित किवुज अलुमिनुमा रहेका सुदूरपश्चिम विश्वविद्यालयका १७ जना विद्यार्थी मध्ये विपिन एक थिए । शुक्रबार बिहान उद्धार भएर नेपाल आएका विद्यार्थीहरूले पहिलो पटक 'हमास'ले विद्यार्थी बसेको ठाँउमा ग्रिनेड फालेका थिए । 'हमास'ले कोठामा फालेको ग्रिनेड विपिनलेनै बाहिर फ्याएका थिए । 

Ncell
Extreme Energy

तर दोस्रो पटकमा फ्याँकेको ग्रिनेड पट्कीदाँ १० जनाको ज्यान गयो भने ४ जना घाइते भए । 'हमास'ले प्रहार गरेको ग्रिनेड फ्याँके लगत्तै उनलाई नियन्त्रणमा लिएको इजरायलबाट फर्कएकी बिबुशा अधिकारी बताउँछिन् ।

 यस्तै इजरायलको अस्पतालमा उपचाररत गोरखाका हिमाञ्चल कट्टेलका अनुसार विपिनलाई 'हमास'ले बन्धक बनाएका छन् । 'हमास'को आक्रमण घाइते भएका उनले विपिनलाई 'हमास'ले लगेर गएको आफूले देखेको बताएका छन् । 


त्यसपछि विपिनको अवस्था पत्तो लागेको छैन । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार हमास समुहले इजरायली नागरिक सहित अन्य देशको नागरिकलाई पनि बन्धक बनाएको दाबी गरेका छन् ।

इजरायलमा 'हमास'काे आक्रमणपछि बेपत्ता विपिन जोशी कहाँ छन् ?

 मिडिया रिपोर्टका अनुसार इजरायली बाहेक ६ देखि ८ जना हमासको अपहरणमा परेका छन् जस मध्ये मेक्सिकन २ जना, ब्राजिलियन ३ जना, एक जना नेपाली विद्यार्थी र एक जना ब्रिटिस नागरिक छन् । साथै जर्मनी र थाइल्याण्डका ११ जना पनि हमासको अपहरणमा परेको आशंका अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले गरेका छन् । 

इजरायलबाट स्वदेश फर्किदै गरेका अधिकांश नेपाली विद्यार्थीहरूले यही रिपोर्ट शेयर गरेका छन् । उनीहरूले विपिनको अवस्था पत्ता लगाउन सबैसँग आग्रह गरेका छन् ।

विद्यार्थी लिन आफै इजरायलको तेल अभिभ विमानस्थल पुगेर फर्कीएका परराष्ट्र मन्त्री एनपी साउदले समेत विपिनको अवस्था पत्ता लगाउन कुनै अन्तराष्ट्रिय नियोगहरूलाई आग्रह गर्न सकेनन् । इजरायलस्थित नेपाली दुतावासका अधिकारीहरूले भने इजरायली सेना, रेडक्रस, ह्युमन राइट्सका अधिकारीहरूसँग समन्वय भैरहेको तर कतैबाट जानकारी प्राप्त नभएको बताउँदै आएका छन् । 

साथै अस्पतालहरु समेत विपिनको खोजी भैरहेको दुतावासको दाबी छ । अलजजिराका अनुसार अहिले ५ हजार भन्दा बढी प्यालेस्टाइनीहरु इजरायलको जेलमा छन् । जस मध्ये ३३ जना महिला र १७० जना बालबालिका छन् ।

हमासको अल कसाम बिग्रेडका प्रवक्ता अबु उबैदाले इजरायलमा आक्रमण गरि इजरायली जेलमा रहेका प्यालेस्टाइनीहरु छुटाउन पुग्नेगरि इजरायली सैनिकहरूलाई बन्धक बनाउन सफल भएको दाबी गरेको थियो ।

इजरायली सैन्य प्रवक्ता रियर एडम ड्यानियल हगारीले पनि हमासले इजरायलीहरुलाई बन्दक बनाएको स्विकार गरेका छन् तर उनले ति सैनिक हुन वा सर्वसाधारण पनि छन भने भन्न चाहेनन् ।

सार्वजनिक भैरहेको भिडियोहरूमा हमासका लडाकुहरूले मानिसहरूलाई निर्मम तरिकाले अपहरण गरेर गाडीमा कोचेको देखिन्छ भने महिलाहरूलाई समेत अमानवीय तरिकाले बन्धक बनाएर गाजा क्षेत्र तर्फ लैजाँदै गरेको देखिन्छ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

आयोगका प्रवक्ता सुरेश न्यौपानेले आयोगको टोलीले रु तीन लाख घुस÷रिसवतबापतको रकम र स्रोत नखुलेको रु २४ हजार ८९० सहित ललितपुर महानगर वडा नं ४ स्थित एक होटलबाट शुक्रबार...
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...