नेभिगेशन
सबै कुरा
६० किलो सुन प्रकरण

सिधाकुरा प्रभाव : अध्यागमनका महानिर्देशक मन्त्रालय तानिए

७ भदौ, काठमाडौं । सुन प्रकरणमा नाइके भनिएको दावा छिरिङसँग सम्पर्कमा रहेका अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी गृह मन्त्रालय तानिएका छन् । अधिकारी मन्त्रालय तानिएकोबारे गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले पुष्टि गरे । 

दावा छिरिङ र डिजी अधिकारीको कनेक्सनका विषयमा सिधाकुराले समाचार प्रकाशन गरेको थियो ।

Global Ime Bank

दावा छिरिङसँग वीच्याटमार्फत कुराकानी गरेको, अधिकारीले चीनबाट आएका अवैध  सामानको फोटो, भन्सार पासका कागजपत्र दावालाई पठाउने गरेका थिए । अधिकारीले दावालाई पठाएको फोटोमा देखिए जस्तै पानी तान्ने मोटर, टोखामा दावाले बनाएको सुन पगाल्ने उद्योगमा भेटिएको थियो । 

अधिकारीलाई कारोबारमा सहयोग गरेबापत दावाले ठुलै रकम दिने गरेको फरेन्सिक ल्यावमा दावाको फोन रिकभर गर्दा भेटिएको वीच्याट कुराकानीमा देखिएको छ । 

समाचार प्रकाशन भएपछि केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले अधिकारीलाई पक्राउ गर्ने तयारी गरेको थियो । तर गृह मन्त्रालयले भने उनलाई फिर्ता बोलाएको छ । 

गृहमन्त्री नारायणकाजी श्रेष्ठकै जोडबलमा उनलाई विभागमा महानिर्देशक बनाइएको थियो । अध्यागमनका प्रवक्ता खिमराज भुषालका अनुसार उनी आज कार्यालय गएका थिएनन् ।

श्रृङ्खला १ : सुन तस्कर जोगाउन प्रधानमन्त्री र गृहमन्त्रीको दबाबमा गैरकानूनी अनुसन्धान

श्रृङ्खला २ : सुन तस्करीमा ‘बिध ल्याब’का मालिक भिमकान्त भण्डारी

 श्रृङ्खला ३ : Exclusive : सुन तस्करीमा जोडिए अध्यागमन विभागका महानिर्देशक अधिकारी, गृहमन्त्रीको भूमिकामा गम्भिर प्रश्न ?



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परिन् अमला रोका

धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परिन् अमला रोका

६० किलो सुन तस्करी प्रकरणमा २ लाख धरौटी बुझाएर रिहा हुनेबित्तिकै अमला रोका पुनः पक्राउ परेकी छिन् । उनलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरेका हुन् ।
६० किलो सुन तस्करी प्रकरणः अमला रोकालाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

६० किलो सुन तस्करी प्रकरणः अमला रोकालाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई घरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । आइतबार हेर्दाहेर्दैमा रहेको मुद्दामा सोमबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश बलराम लम्सालको इजलासले रोकालाई...