नेभिगेशन
समाज

एमाले विभाजन र पार्टी एकताबारे फैलाइएका हल्ला भ्रमपूर्ण : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टी विभाजन, एमाले–नेकपा एकता तथा पार्टीको नेतृत्व र चुनाव चिह्न परिवर्तनबारे फैलाइएका हल्ला भ्रमपूर्ण भएको बताएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बस्नेतले सामाजिक सञ्जालमार्फत एमाले एकताबद्ध रहेको र अझ ऊर्जा तथा उत्साहका साथ अघि बढ्ने बताएका हुन्।

Ncell
Extreme Energy

उनका अनुसार असोज ५, ६ र ७ गते एमाले केन्द्रीय कमिटीको बैठक बस्दैछ। त्यसअघि असोज ४ गते सचिवालय बैठक बसेर केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गरिनेछ। असोज ३ गते निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले आफ्नो प्रतिवेदनलाई एकरूपता दिने उनले बताएका छन्।

यही प्रक्रियालाई लिएर केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा ‘एमाले विभाजन हुँदैछ’, ‘एमाले–नेकपा मिल्दैछ’, ‘अध्यक्ष र महासचिव अमूक व्यक्ति हुँदैछन्’ तथा ‘सूर्य चिन्ह र एमाले नाम नै नरहन सक्छ’ जस्ता समाचार तथा हल्ला फैलाइएको बस्नेतको भनाइ छ।

एमालेलाई कमजोर बनाउने नियोजित योजनाअन्तर्गत यस्ता भ्रम फैलाइएको दाबी गर्दै उनले त्यसको पछि नलाग्न आग्रह गरेका छन्।

केन्द्रीय कमिटी बैठकपछि एमाले वर्तमान चुनौतीको सशक्त सामना गर्दै अझ मजबुत, एकताबद्ध र ऊर्जाशील भएर अघि बढ्ने बस्नेतले बताएका छन्।

उनले ‘अधिनायकवादी, निरंकुश र जनविरोधी’ भन्दै बालेन नेतृत्वको सरकारविरुद्ध लोकतान्त्रिक संघर्षलाई सशक्त बनाउने बताएका छन्। मुलुकको राजनीतिक कोर्सलाई सही दिशामा अघि बढाउने अभियानमा एमाले दृढताका साथ उभिने र नयाँ ऊर्जा तथा उत्साहका साथ जनताको बीचमा आउने उनको भनाइ छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ नियुक्त

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ नियुक्त

सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गरेको छ।
आगामी २४ घण्टामा यी स्थानमा भारी वर्षाको सम्भावना

आगामी २४ घण्टामा यी स्थानमा भारी वर्षाको सम्भावना

आगामी २४ घण्टामा देशभर सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावितलाई अस्थायी आवास व्यवस्थापनबारे यस्तो छलफल

रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावितलाई अस्थायी आवास व्यवस्थापनबारे यस्तो छलफल

केन्द्रीय मनसुन प्रतिकार्य कमाण्ड पोष्ट र रसुवा, नुवाकोट तथा धादिङका जिल्ला कमाण्ड पोष्टबीच बाढी प्रभावित परिवारका लागि अस्थायी आवास व्यवस्थापन तथा प्रारम्भिक पुनर्स्थापनाका विषयमा छलफल भएको छ।