नेभिगेशन
समाज

यी हुन् मन्त्रिपरिषद्ले गरेका ३ निर्णय

काठमाडौँ । मन्त्रिपरिषद्को आज बसेको बैठकले १३ देशमा नेपाली राजदूत नियुक्तिको सिफारिस गरी संसदीय सुनुवाइका लागि सङ्घीय संसद्समक्ष पठाउने निर्णय गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जसमा भारतका लागि डा। निश्चल नाथ पाण्डे, चीनका लागि डा। कल्याण राज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि चिरन जङ्ग थापा, बेलायतका लागि गौरव शमशेर जङ्गबहादुर राणा, जर्मनीका लागि सरू जोशी, इजरायलका लागि सुरेश कुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जापानका लागि जिज्ञान कुमार थापा, ओमानका लागि डा। पदमाक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा। डा। सङ्गम श्रेष्ठ, श्रीलंकाका लागि डा। मंचला झा र साउदी अरेबियाका लागि गिरि बहादुर सुनारलाई राजदूत पदमा नियुक्त गर्न सिफारिस गरिएको छ।  

Ncell
Extreme Energy

त्यस्तै, मन्त्रिपरिषद्को बैठकले नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ । त्यसैगरी साविकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गत रहेको नेपाल मौसम विज्ञान विभागलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत रहने गरी नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०८३ संशोधन गरिएको छ।  

यसैगरी मन्त्रिपरिषद्को बैठकले नेपाल विद्युत् प्राधिकरणको रिक्त कार्यकारी निर्देशक पदमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गर्ने र सहसचिव रुद्र सिंह तामाङलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय पनि गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्रीले जेनजी सांसदहरूलाई भने : राजनीतिलाई कमाउने माध्यम बनाउनुहुँदैन, अहिलेदेखि नै छुट्टै व्यवसाय सुरु गर्नुहोस्

प्रधानमन्त्रीले जेनजी सांसदहरूलाई भने : राजनीतिलाई कमाउने माध्यम बनाउनुहुँदैन, अहिलेदेखि नै छुट्टै व्यवसाय सुरु गर्नुहोस्

साथै, राजनीतिलाई पेसा नबनाइ आम्दानीको छुट्टै व्यावसायिक आधार खडा गर्दै दीर्घकालीनरूपमा आत्मनिर्भर र प्रेरणाको स्रोत बन्नसमेत आग्रह गरे । उनले भने, “राजनीतिलाई कमाउने माध्यम बनाउनुहुँदैन, त्यसैले सांसदहरू अरु...
पूर्वप्रधानसेनापतिदेखि बिभिन्न क्षेत्रका विज्ञहरु राजदूतका लागि सिफारिस, कसकाे पृष्ठभूमि कस्ताे ?

पूर्वप्रधानसेनापतिदेखि बिभिन्न क्षेत्रका विज्ञहरु राजदूतका लागि सिफारिस, कसकाे पृष्ठभूमि कस्ताे ?

अब सरकारले राजदूतको लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरुको रुपमा संसदीय सुनुवाईको लागि पठाउने छ । संसदीय सुनुवाई सकिएपछि सरकारले सम्बन्धित मुलुकमा अग्रिमोका लागि पठाउने छ । अग्रिमा आएपछि...
१३ देशका लागि राजदूत नियुक्त गर्ने सरकारको निर्णय, कुन देशमा काे ?

१३ देशका लागि राजदूत नियुक्त गर्ने सरकारको निर्णय, कुन देशमा काे ?

प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले विभिन्न १३ मुलुकमा राजदूत नियुक्तीको लागि सिफारिस गरेको हो । परराष्ट्र मन्त्री शिशिर खनालले विभिन्न क्षेत्रका अब्बल व्यक्तिहरुलाई राजदूत नियुक्तीको...

भर्खरै