नेभिगेशन
समाज

रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावितलाई अस्थायी आवास व्यवस्थापनबारे यस्तो छलफल

काठमाडौं । केन्द्रीय मनसुन प्रतिकार्य कमाण्ड पोष्ट र रसुवा, नुवाकोट तथा धादिङका जिल्ला कमाण्ड पोष्टबीच बाढी प्रभावित परिवारका लागि अस्थायी आवास व्यवस्थापन तथा प्रारम्भिक पुनर्स्थापनाका विषयमा छलफल भएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भर्चुअल माध्यमबाट भएको छलफलमा प्रभावित परिवारका लागि अस्थायी आवासका लाभग्राही पहिचान, विवरण सूचना प्रणालीमा प्रविष्टि, विकास साझेदार, संघसंस्था तथा निजी क्षेत्रबाट प्राप्त सहयोग परिचालनलगायत विषयमा छलफल भएको हो।

Ncell
Extreme Energy

छलफलमा प्रमुख जिल्ला अधिकारीहरूले सडक तथा पुलको कनेक्टिभिटी पुनःस्थापना, सम्पर्कविहीन व्यक्तिका परिवारबाट मृत्यु दर्ता, बालबालिकाको व्यवस्थापन तथा स्थानीयवासीले पुरिएका घर उत्खननका लागि गरेको मागबारे जानकारी गराएका थिए।

त्यस्तै, बाढी प्रभावित क्षेत्रमा आवासीय तथा सार्वजनिक पूर्वाधार निर्माण गर्दा अपनाउनुपर्ने मापदण्ड र स्पष्टताका विषयमा समेत उनीहरूले ध्यानाकर्षण गराएका थिए।

केन्द्रीय कमाण्ड पोष्टका अध्यक्ष एवं राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले सम्पर्कविहीन व्यक्तिका परिवारबाट मृत्यु दर्तालगायतका विषयमा केन्द्रीय तहमा छलफल भइरहेको जानकारी गराए।

शवको औंठाछापबाट पहिचान गर्न विभिन्न सरकारी प्रणाली प्रयोग गर्न सिफारिस

केन्द्रीय कमाण्ड पोष्टको आज बसेको बैठकले भोटेकोशी नदीमा आएको बाढीका कारण मृत्यु भएका व्यक्तिको पहिचानका लागि शवबाट संकलन गरिएका औंलाछापको विद्युतीय प्रति प्रयोग गर्न सकिने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई सिफारिस गरेको छ।

बैठकले आवश्यकताअनुसार ती औंलाछापलाई निर्वाचन आयोग, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, राहदानी विभाग, अध्यागमन विभाग तथा सवारी तथा यातायात व्यवस्था कार्यालयमा रहेका सफ्टवेयरमा उपलब्ध विवरणसँग तुलना गर्न सकिने गरी अनुमति प्रदान गर्ने व्यवस्था मिलाउन सिफारिस गरेको हो।

यसबाट बाढीमा मृत्यु भएका तर पहिचान हुन नसकेका व्यक्तिको पहिचानमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

बैठकले भारत, चीन, दक्षिण कोरियालगायत मित्रराष्ट्रबाट रसुवा–भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि आएका टोलीले पुर्‍याएको सहयोग र योगदानको उच्च सम्मानसमेत गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी प्रलय ल्याउने लाङटाङ लिरूङमुनि देखियो खस्न बाँकी हिमनदीको अंश

भोटेकोशी प्रलय ल्याउने लाङटाङ लिरूङमुनि देखियो खस्न बाँकी हिमनदीको अंश

अहिले सरकारी निकायका अधिकारी भन्दैछन्– त्यो दिन हामीले भोटेकोशीमा चालीस–पचास मिटर अग्लो बाढी आउँदैछ, रसुवागढीबाट घर, बजार तहसनसह पार्दैै वेगसित बाढी तल आउँदैछ भन्न सकेको भए ठूलो मानवीय...
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय परराष्ट्रमन्त्री डा. एस जयशंकर बीच भेटवार्ता

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय परराष्ट्रमन्त्री डा. एस जयशंकर बीच भेटवार्ता

भारत भ्रमणको दोस्रो दिन अर्थमन्त्री वाग्ले र भारतीय विदेश मन्त्री जयशंकर बीच नयाँदिल्लीमा भेटवार्ता भएको हो । भेटमा न्यानो, बलियो भरपर्दो सम्बन्धको आडमा द्विपक्षीय सहकार्य, उन्नयन र समुन्नतिको...
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ नियुक्त

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ नियुक्त

सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गरेको छ।
आगामी २४ घण्टामा यी स्थानमा भारी वर्षाको सम्भावना

आगामी २४ घण्टामा यी स्थानमा भारी वर्षाको सम्भावना

आगामी २४ घण्टामा देशभर सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

भर्खरै