नेभिगेशन
सबै कुरा

कार्यव्यवस्था परामर्श समितिद्वारा प्रतिनिधिसभाको माघ महिनाको क्यालेन्डर पारित

काठमाडौँ । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिले प्रतिनिधिसभाको माघ महिनाको क्यालेन्डर पारित गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले संसद सचिवालयले तयार गरेको क्यालेन्डर हेरफेर सहित पारित गरेको हो । माघ १८ गते संसदको पहिलो बैठकमा शीर्ष नेताहरु सम्बोधन गर्ने र अध्यादेश प्रस्तुत हुने तथा माघ २४ गतेको बैठकमा अध्यादेश निर्णयार्थ प्रस्तुत हुने एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । त्यसको केही हप्तामै प्रतिस्थापन विधेयक सरकारको तर्फबाट पेस हुने उनको भनाइ छ । उनले संसदको आगामी अधिवशेनमा बढि भन्दा बढि विधेयकहरुलाई प्रस्तुत गर्ने र सदनमा कोरम पुराउने कुरामा सत्तापक्ष गम्भीर रहेको धारणा राखे । 

Ncell
Extreme Energy

त्यस्तै माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले सदनलाई सहज रुपमा अघि बढाउनका लागि कार्यतालिका बनाइएको जानकारी दिए । उनले बैठकमा आफुहरुले संसदीय समितिमा छलफलका क्रममा रहेको विधेयककै अध्यादेश ल्याएको बिषयमा कुरा उठाएको बताए । उनले कांग्रेसले अव देश अध्यादेशबाटै चलाउने भनाइ बैठकमा राखेपछि आफुहरुले प्रतिवाद गरेको जानकारी दिए । 

त्यस्तै कांग्रेस मुख्य सचेतक श्याम घिमिरेले देश अध्यादेशबाटै चलाउने कुरा आफुहरुले नराखेको बरु समयमा नै कानून बन्न नसके अध्यादेश नै बिकल्प हुने बताएको स्पष्ट पारे । कानून बनाउन भएको ढिलाईले सरकारलाई अध्यादेश ल्याउन प्रेरित गरेको बिषयलाई माओवादी सचेतकले अतिरञ्जीत गर्ने काम गरेको उनको भनाई छ । 

उनले कानून बनाउने क्रममा कार्यतालिका बनाएर अघि बढ्नुपर्ने कांग्रेसको धारणा रहेको बताए । अहिले सरकारले ल्याएको अध्यादेश राजनीतिक प्रकृतिको नरहेको देशको आवश्यकताका आधारमा अर्थतन्त्र र सुशासनका लागि अध्यादेश ल्याएको उनले बताए । घिमिरेले अध्यादेशको विरोध गर्नुपर्ने कुनै कारण नरहेको उल्लेख गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...