नेभिगेशन
सबै कुरा

कार्यव्यवस्था परामर्श समितिद्वारा प्रतिनिधिसभाको माघ महिनाको क्यालेन्डर पारित

काठमाडौँ । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिले प्रतिनिधिसभाको माघ महिनाको क्यालेन्डर पारित गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले संसद सचिवालयले तयार गरेको क्यालेन्डर हेरफेर सहित पारित गरेको हो । माघ १८ गते संसदको पहिलो बैठकमा शीर्ष नेताहरु सम्बोधन गर्ने र अध्यादेश प्रस्तुत हुने तथा माघ २४ गतेको बैठकमा अध्यादेश निर्णयार्थ प्रस्तुत हुने एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । त्यसको केही हप्तामै प्रतिस्थापन विधेयक सरकारको तर्फबाट पेस हुने उनको भनाइ छ । उनले संसदको आगामी अधिवशेनमा बढि भन्दा बढि विधेयकहरुलाई प्रस्तुत गर्ने र सदनमा कोरम पुराउने कुरामा सत्तापक्ष गम्भीर रहेको धारणा राखे । 

Ncell
Extreme Energy

त्यस्तै माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले सदनलाई सहज रुपमा अघि बढाउनका लागि कार्यतालिका बनाइएको जानकारी दिए । उनले बैठकमा आफुहरुले संसदीय समितिमा छलफलका क्रममा रहेको विधेयककै अध्यादेश ल्याएको बिषयमा कुरा उठाएको बताए । उनले कांग्रेसले अव देश अध्यादेशबाटै चलाउने भनाइ बैठकमा राखेपछि आफुहरुले प्रतिवाद गरेको जानकारी दिए । 

त्यस्तै कांग्रेस मुख्य सचेतक श्याम घिमिरेले देश अध्यादेशबाटै चलाउने कुरा आफुहरुले नराखेको बरु समयमा नै कानून बन्न नसके अध्यादेश नै बिकल्प हुने बताएको स्पष्ट पारे । कानून बनाउन भएको ढिलाईले सरकारलाई अध्यादेश ल्याउन प्रेरित गरेको बिषयलाई माओवादी सचेतकले अतिरञ्जीत गर्ने काम गरेको उनको भनाई छ । 

उनले कानून बनाउने क्रममा कार्यतालिका बनाएर अघि बढ्नुपर्ने कांग्रेसको धारणा रहेको बताए । अहिले सरकारले ल्याएको अध्यादेश राजनीतिक प्रकृतिको नरहेको देशको आवश्यकताका आधारमा अर्थतन्त्र र सुशासनका लागि अध्यादेश ल्याएको उनले बताए । घिमिरेले अध्यादेशको विरोध गर्नुपर्ने कुनै कारण नरहेको उल्लेख गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
गृहमन्त्री गुरुङले रास्वपा केन्द्रीय कार्यालयमा नागरिकसँग प्रत्यक्ष संवाद गर्ने, जोसुकैले प्रश्न गर्न पाउने

गृहमन्त्री गुरुङले रास्वपा केन्द्रीय कार्यालयमा नागरिकसँग प्रत्यक्ष संवाद गर्ने, जोसुकैले प्रश्न गर्न पाउने

गृहमन्त्री सुधन गुरुङले नागरिकसँग प्रत्यक्ष संवाद गर्ने भएका छन् ।
गरिमा चौधरीको घटनामा गृहमन्त्रीले  देखाएको दायित्वबोधले  'राज्य छ है' भन्ने अनुभूति दिलाएको छ : सचेतक धिताल

गरिमा चौधरीको घटनामा गृहमन्त्रीले  देखाएको दायित्वबोधले  'राज्य छ है' भन्ने अनुभूति दिलाएको छ : सचेतक धिताल

राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले बाराको जितपुर सिमराकी  तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनामा गृहमन्त्री सुधन गुरुङले देखाएको दायित्वबोधको प्रशंसा गरेकी छिन् ।
रास्वपाका केन्द्रीय सदस्यलाई आज कबिन्द्र र प्रमोदले प्रशिक्षण दिने, सभापति लामिछानेले सम्बोधन गर्ने

रास्वपाका केन्द्रीय सदस्यलाई आज कबिन्द्र र प्रमोदले प्रशिक्षण दिने, सभापति लामिछानेले सम्बोधन गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्यका लागि सञ्चालित दुईदिने प्रशिक्षण आज सम्पन्न हुँदैछ ।
भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा: मन्त्री रावल

भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा: मन्त्री रावल

यसअघि भूमि समस्या समाधान समिति कैलालीको बैठकमा उनले ६००  दिनभित्र लालपुर्जा वितरण गरिसक्ने गरी सरकारले काम गरिरहेको जानकारी दिँदै जिल्लाका सबै पालिकामा समस्या समाधानका लागि सहजीकरण गर्न समितिलाई...