नेभिगेशन
सबै कुरा

युएसएआइडी ‘अपराधी’ हो–मस्क, युएसएआइडीका नेताहरू ‘कट्टरपन्थी पागल’ हुन्– ट्रम्प

अर्बपति एलन मस्कले अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सीलाई आइतबार ‘आपराधिक सङ्गठन’ भनेका छन् । त्यस्तै राष्ट्रपति डोनाल्ड ट्रम्पले एजेन्सी ‘कट्टर पागलहरूद्वारा सञ्चालित’ भएको दाबी गर्दै यसको भविष्यबारे विचार गरिरहेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

“युएसएआइडी एक आपराधिक सङ्गठन हो”, राष्ट्रपतिको सबैभन्दा शक्तिशाली समर्थक बनेका टेस्ला र स्पेसएक्सका अर्बपति मालिक मस्कले आफ्नो एक्स प्लेटफर्ममा युएसएआइडीलाई ‘दुष्ट सिआइए काम’ मा संलग्न भएको आरोप लगाउने भिडियोको जवाफ दिँदै लेखेका छन् । 

Ncell
Extreme Energy

त्यसपछिको पोस्टमा मस्कले कुनै प्रमाण नदिई आफ्ना २१ करोड ५० लाख एक्स फलोअर्सलाई सोधे, “के तपाईंलाई थाहा छ कि युएसएआइडीले तपाईंको कर डलर प्रयोग गरेर कोभिड–१९ लगायत जैविक हतियार अनुसन्धानलाई वित्त पोषित गर्यो, जसले लाखौँ मानिसको ज्यान लियो ?”

उनले यी आरोपहरूबारे थप व्याख्या गरेनन् । यसलाई अघिल्लो प्रशासनका अधिकारीहरूले रुसी दुष्प्रचार अभियानसँग जोडेका थिए ।

“युएसएआइडी कट्टरपन्थी पागलहरूद्वारा सञ्चालित छ र हामी तिनीहरूलाई बाहिर निकाल्दै छौँ” र त्यसपछि हामी (यसको भविष्यका बारेमा) निर्णय गर्नेछौँ”, ट्रम्पले विस्तृत विवरण नदिई आइतबार भने ।

उनले अर्बपति मस्कप्रति आफ्नो समर्थनलाई जोड दिँदै आइतबार राति पत्रकारहरूलाई भने, “मैले मस्कले राम्रो काम गरिरहेको महसुस गरेँ ।”

ट्रम्पले सुरुमा सबै सहायता खर्चलाई तीन महिनाका लागि रोके । यद्यपि उनले पछि खाद्यान्न र अन्य मानवीय सहायता जारी राख्न छुट दिए । सहायता कार्यकर्ताहरूले स्वतन्त्र एजेन्सीका रूपमा सङ्गठनको भविष्य सुनिश्चित नभएकोले अनिश्चितता छाएको बताएका छन् ।

कंग्रेसको एउटा ऐनद्वारा स्थापित स्वतन्त्र एजेन्सी युएसएआइडीले विश्वभर मानवीय राहत र विकास सहायताका लागि ४२ अर्ब ८० करोड डलरको बजेट व्यवस्थापन गर्दछ ।

अमेरिकास्थित सङ्गठनका एकजना वरिष्ठ अधिकारीले ‘आपत्कालीन’ सहायताको प्राथमिकतालाई वासिङ्टनले अरू कुनै पनि कुराका लागि कोष बन्द गर्ने व्यापक योजनाको हिस्सा भएको डर व्यक्त गरे ।

ट्रम्प युएसएआइडीलाई विदेश विभागमा राख्न चाहन्छन् भन्ने पनि खबर आएको छ । 

वासिङ्टन समयअनुसार सोमबार मध्यरातमा आफ्नो एक्स प्लेटफर्ममा आयोजित कुराकानीका क्रममा मस्कले भने, “हामी यसलाई (युएसएआइडी) बन्द गर्न सहमत भएका छौँ भनेर बुझ्दा हुन्छ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कुवेतमा ड्रोन आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदै

कुवेतमा ड्रोन आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदै

कुवेतस्थित नेपाली राजदूतावासले स्थानीय निकाय तथा सम्बन्धित कम्पनीसँग आवश्यक समन्वय गरी पार्थिव शरीर स्वदेश पठाउने प्रक्रिया सम्पन्न गरेको मन्त्रालयले जनाएको छ ।
टावरको टुप्पोमा फहराएको प्रेम

टावरको टुप्पोमा फहराएको प्रेम

चीनको उक्त भवन निमार्णकै उपक्रममा थियो, चढ्ने अनुमति कसैलाई थिएन । उनीहरुको शाहसलाई कसले छेकबार गर्ने ? उनीहरुले लुकेर चढ्ने योजना बनाए र अन्ततः उनीहरुको शाहस, समर्पण शिखरित...
पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता

इरानी राष्ट्रपति मसूद पेजेस्कियनलाई विदाइ गरेको केही समय पछि प्रधानमन्त्री सरिफले विज्ञप्ति जारी गर्दै आफुहरुले क्षेत्रीय स्थिरता,  द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयहरुमा केन्द्रित रहि सौहार्दपूर्ण छलफल गरेको...
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

चीनको चारदिने औपचारिक भ्रमणमा रहेका उनले आज बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । मन्त्री खनालले नेपालको आर्थिक अवसर तथा जनसाङ्ख्यिकीय सामथ्र्यलाई...