नेभिगेशन
सबै कुरा
नेता शिक्षक :

रौतहटका शिक्षक मनि शंकर, जो एमालेको मधेश प्रदेश अधिवेशनमा निर्वाचित भए !

रौतहट : नेपालको कानुन विपरित एक बहालवाला शिक्षक नेकपा एमालेको मधेस प्रदेश अधिवेशनमा सदस्य पदमा निर्वाचित भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रौतहटको देवाही गाेनाही नगरपालिका स्थाई ठेगाना भई राजपुर नगरपालिकास्थित सरस्वती सदन आधारभुत विद्यालयमा कार्यरत शिक्षक मनिशंकर निधि (प्रा.वि द्वितीय) ले जनकपुरधाममा सम्पन्न एमाले मधेस प्रदेश अधिवेशनमा सदस्य खुल्ला पदमा निर्वाचित भएका हुन् ।

Ncell
Extreme Energy

तस्विर : निर्वाचित सदस्यको सूचीमा शिक्षक मनि शंकर अर्थात एम.एस निधिको नाम

तर विद्यालयमा कार्यरत निधिले दर्ता गरेको मनोनयन पत्रमा भने उनले आफ्नै नामनै परिवर्तन गरेका छन् । अर्थात मनोनयन पत्रमा उनले आफ्नो नाम छोटकरीमा मात्र लेखेका छन्, जहाँ एम‍.एस निधि उल्लेख छ। त्यस्तै उनले मनोनयन पत्रमा प्रस्तावक भने  रुपेश पटेल र समर्थकमा सन्तोष कुमार साह राखेका छन् ।

उनको मनोनयन पत्र प्राप्त गरेको सिधाकुराले यसविषयमा उनीसँग जानकारी लिँदा भने उक्त नाम आफ्नो नै नभएको भन्दै तर्किएका थिए । आफ्नो हस्ताक्षर सहितको मनोनयन पत्र देखाउँदा समेत उनले उक्त हस्ताक्षरसमेत आफ्नो नभएको भन्दै तर्किएका थिए । त्यति मात्र हैन, उनले आफूलाई फसाउन कसैले षड्यन्त्र गरेको बताएका थिए । 


तस्विर : शिक्षक मनि शंकर निधिले दर्ता गराएको मनोनयन पत्र

मनोनयन पत्रमा भएको नाम आफ्नो नभएको बताउँदै तर्किने तिनै शिक्षकको नाम निर्वाचित पदाधिकारीको सूचीमा आएपछि दंग छन् । शिक्षकको पेशालाई नजरअन्दाज गरेर उनले विद्यार्थी अनि शिक्षाको विकासका लागि हैन एमाले पार्टीको विकासमा २४ सै घण्टा मरिमेटी लाग्नेछु भन्दै लागेका थिए अनि लागिरहेका छन्  । उनी नेकपा एमालेका राष्ट्रिय र क्षेत्रीय कार्यक्रममा विरलै छुटिन्छन् । 

आफूले उम्मेदवारी नै नदिएको बताउने निधि निर्वाचित भएपछि हामीले पुनः उनलाई सम्पर्क गर्यौँ । हामीले सम्पर्क गर्दा पनि उनी आफू पार्टीको कुनै पनि जिम्मेवारीमा नरहेको र आफ्नो नाम कुन पार्टीले कहाँ राख्यो त्यसैलाई गएर सोध्नु भन्दै तर्किए । मनोनयन दिएर निर्वाचित हुँदासम्म आफूले राजनीतिमा नलागेको भन्दै झुट बोल्ने  निधि यसअघि पनि पार्टीका विभिन्न कार्यक्रममा उपस्थित हुँदै आएका छन् । शिक्षक अनि विद्यालयको परिचयपत्र लगाएर कार्यक्रममा उपस्थित हुनुपर्ने शिक्षक निधि नेकपा एमालेकै नामअंकित परिचयपत्र लगाएर कार्यक्रममा पुग्ने गरेका छन् ।


तस्विर : शिक्षक मनि शंकर नेकपा एमालेको परिचयपत्र लगाएर एमालेकै दशौँ महाधिवेशनमा 

त्यसो त शिक्षक मणिशंकर निधि नेकपा एमालेबाट वि.सं. २०४७ सालदेखि राजनीतिमा सक्रिय छन् । 

पार्टी सदस्यता नं. १०४९८ रहेका बहालवाला शिक्षक निधि यस अघि नेकपा एमालेको मधेस प्रदेश कमिटीको सचिवालय सदस्य समेत रहेका थिए। 

तस्विर :शिक्षक मनि शंकर निधि नेकपा एमाले पार्टी सदस्यमा रहेको विवरण

तस्विर : शिक्षक मनि शंकरको पार्टी सदस्यता नम्बर 

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा (२) अनुसार सङ्घीय, प्रदेश र स्थानीय सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक र कर्मचारीको पदमा बहाल रहेको व्यक्ति राजनीतिक दलको सदस्य हुन नसक्ने व्यवस्था हुँदाहुँदै पनि शिक्षक मणिशंकर देशको कानुन विपरित राजनीतिक दलको सदस्यता लिनेमात्र हैन, शिक्षक पेशाकै धज्जी उडाउँदै पार्टीका विभिन्न कार्यक्रममा सहभागी हुँदै आएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
त्रिविसहित सबै विश्वविद्यालयमा कम्तीमा १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

त्रिविसहित सबै विश्वविद्यालयमा कम्तीमा १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै शिक्षा ऐन र नियमावलीबमोजिम निजी तथा सार्वजनिक विद्यालयले विद्यार्थी संख्याका आधारमा तोकिएबमोजिमका १० प्रतिशत छात्रवृत्ति प्रदान गरेको छात्रवृत्तिको विवरण...
अब कन्सल्टेन्सीले २५ लाख धरौटी राख्नु पर्ने, विदेश जाने विद्यार्थीलाई लक्षित शैक्षिक मेला पनि रोक

अब कन्सल्टेन्सीले २५ लाख धरौटी राख्नु पर्ने, विदेश जाने विद्यार्थीलाई लक्षित शैक्षिक मेला पनि रोक

नियमावलीअनुसार अब मन्त्रालयबाट अनुमति पत्र नलिई शैक्षिक परामर्श सेवा सञ्चालन गर्न पाइने छैन । भाषा शिक्षण र तयारी कक्षाका हकमा भने प्रदेश वा स्थानीय तहले नियमन गर्न सक्ने...
शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ

शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ

मन्त्री पोखरेलले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति किसनदत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयका उपकुलपति ऋषिराम कट्टेल, राजर्षी जनक...
नेपालमा करिब १४ सय विदेशी विद्यार्थी अध्ययन गर्दै

नेपालमा करिब १४ सय विदेशी विद्यार्थी अध्ययन गर्दै

सिंहदरबारमा बुधबार बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा शिक्षा सचिव चूडामणि पौडेलले विभिन्न देशका गरेर नेपालमा हाल एक हजार ४ सय विदेशी विद्यार्थी अध्ययनरत रहेको बताएका...