नेभिगेशन
सबै कुरा
नेता शिक्षक :

रौतहटका शिक्षक मनि शंकर, जो एमालेको मधेश प्रदेश अधिवेशनमा निर्वाचित भए !

रौतहट : नेपालको कानुन विपरित एक बहालवाला शिक्षक नेकपा एमालेको मधेस प्रदेश अधिवेशनमा सदस्य पदमा निर्वाचित भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रौतहटको देवाही गाेनाही नगरपालिका स्थाई ठेगाना भई राजपुर नगरपालिकास्थित सरस्वती सदन आधारभुत विद्यालयमा कार्यरत शिक्षक मनिशंकर निधि (प्रा.वि द्वितीय) ले जनकपुरधाममा सम्पन्न एमाले मधेस प्रदेश अधिवेशनमा सदस्य खुल्ला पदमा निर्वाचित भएका हुन् ।

Extreme Energy

तस्विर : निर्वाचित सदस्यको सूचीमा शिक्षक मनि शंकर अर्थात एम.एस निधिको नाम

तर विद्यालयमा कार्यरत निधिले दर्ता गरेको मनोनयन पत्रमा भने उनले आफ्नै नामनै परिवर्तन गरेका छन् । अर्थात मनोनयन पत्रमा उनले आफ्नो नाम छोटकरीमा मात्र लेखेका छन्, जहाँ एम‍.एस निधि उल्लेख छ। त्यस्तै उनले मनोनयन पत्रमा प्रस्तावक भने  रुपेश पटेल र समर्थकमा सन्तोष कुमार साह राखेका छन् ।

उनको मनोनयन पत्र प्राप्त गरेको सिधाकुराले यसविषयमा उनीसँग जानकारी लिँदा भने उक्त नाम आफ्नो नै नभएको भन्दै तर्किएका थिए । आफ्नो हस्ताक्षर सहितको मनोनयन पत्र देखाउँदा समेत उनले उक्त हस्ताक्षरसमेत आफ्नो नभएको भन्दै तर्किएका थिए । त्यति मात्र हैन, उनले आफूलाई फसाउन कसैले षड्यन्त्र गरेको बताएका थिए । 


तस्विर : शिक्षक मनि शंकर निधिले दर्ता गराएको मनोनयन पत्र

मनोनयन पत्रमा भएको नाम आफ्नो नभएको बताउँदै तर्किने तिनै शिक्षकको नाम निर्वाचित पदाधिकारीको सूचीमा आएपछि दंग छन् । शिक्षकको पेशालाई नजरअन्दाज गरेर उनले विद्यार्थी अनि शिक्षाको विकासका लागि हैन एमाले पार्टीको विकासमा २४ सै घण्टा मरिमेटी लाग्नेछु भन्दै लागेका थिए अनि लागिरहेका छन्  । उनी नेकपा एमालेका राष्ट्रिय र क्षेत्रीय कार्यक्रममा विरलै छुटिन्छन् । 

आफूले उम्मेदवारी नै नदिएको बताउने निधि निर्वाचित भएपछि हामीले पुनः उनलाई सम्पर्क गर्यौँ । हामीले सम्पर्क गर्दा पनि उनी आफू पार्टीको कुनै पनि जिम्मेवारीमा नरहेको र आफ्नो नाम कुन पार्टीले कहाँ राख्यो त्यसैलाई गएर सोध्नु भन्दै तर्किए । मनोनयन दिएर निर्वाचित हुँदासम्म आफूले राजनीतिमा नलागेको भन्दै झुट बोल्ने  निधि यसअघि पनि पार्टीका विभिन्न कार्यक्रममा उपस्थित हुँदै आएका छन् । शिक्षक अनि विद्यालयको परिचयपत्र लगाएर कार्यक्रममा उपस्थित हुनुपर्ने शिक्षक निधि नेकपा एमालेकै नामअंकित परिचयपत्र लगाएर कार्यक्रममा पुग्ने गरेका छन् ।


तस्विर : शिक्षक मनि शंकर नेकपा एमालेको परिचयपत्र लगाएर एमालेकै दशौँ महाधिवेशनमा 

त्यसो त शिक्षक मणिशंकर निधि नेकपा एमालेबाट वि.सं. २०४७ सालदेखि राजनीतिमा सक्रिय छन् । 

पार्टी सदस्यता नं. १०४९८ रहेका बहालवाला शिक्षक निधि यस अघि नेकपा एमालेको मधेस प्रदेश कमिटीको सचिवालय सदस्य समेत रहेका थिए। 

तस्विर :शिक्षक मनि शंकर निधि नेकपा एमाले पार्टी सदस्यमा रहेको विवरण

तस्विर : शिक्षक मनि शंकरको पार्टी सदस्यता नम्बर 

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा (२) अनुसार सङ्घीय, प्रदेश र स्थानीय सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक र कर्मचारीको पदमा बहाल रहेको व्यक्ति राजनीतिक दलको सदस्य हुन नसक्ने व्यवस्था हुँदाहुँदै पनि शिक्षक मणिशंकर देशको कानुन विपरित राजनीतिक दलको सदस्यता लिनेमात्र हैन, शिक्षक पेशाकै धज्जी उडाउँदै पार्टीका विभिन्न कार्यक्रममा सहभागी हुँदै आएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

प्रस्तावित नयाँ व्यवस्थाअनुसार अब स्थायी सेवा अवधि 'एक वर्ष पूरा भएका' र अनिवार्य अवकाश हुन 'एक वर्षभन्दा बढी समय बाँकी रहेका' शिक्षकले एक सामुदायिक विद्यालयबाट अर्को सामुदायिक विद्यालयमा...
परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

बिहीबार काठमाडौँको कीर्तिपुरमा बसेको विश्वविद्यालयको ६७ औं वार्षिक बैठकमा पोखरेलले त्रिविको मुख्य समस्याको रूपमा रहेको परीक्षा ढिलो हुने र नतिजा समयमा नआउने परिपाटीलाई सुधार गर्न निर्देशन दिएका हुन्...
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययन बिदा छानविन गर्न समिति गठन

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययन बिदा छानविन गर्न समिति गठन

विश्वविद्यालयका रजिस्ट्रार प्रा डा सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त निर्देशन तथा विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णयका आधारमा समिति गठन गरिएको...