नेभिगेशन
सबै कुरा

भारतको रेलवे स्टेसनमा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या १८ पुग्यो

भारतको राजधानी नयाँ दिल्लीस्थित एक रेलवे स्टेसनमा शनिबार राति भएको भागदौडका क्रममा परी मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ । विश्वको सबैभन्दा ठूलो धार्मिक जमघट महाकुम्भ मेलामा जान रेल चढ्न भेला भएका धार्मिक पर्यटकबीच रेल चढ्ने क्रममा भागदौड भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उत्तरी शहर प्रयागराजमा हुने कुम्भ मेलाले प्रत्येक १२ वर्षमा दशौँ लाख हिन्दू धर्मावलम्बीहरूलाई  आकर्षित गर्दछ । फेब्रुअरी २६ मा समाप्त हुने उक्त कार्यक्रमका लागि रेल चढ्नका लागि भीडले सङ्घर्ष गरिरहेका बेला नयाँ दिल्लीको रेल स्टेसनमा भागदौड भएको हो । 

Ncell
Extreme Energy

“अस्पतालमा १५ जनाको मृत्यु भएको म पुष्टि गर्न सक्छु। तिनीहरूलाई कुनै पनि देखिने चोट छैन । हाइपोक्सिया वा कुनै चोटका कारण मृत्यु भएको हुन सक्छ तर शव परीक्षणपछि मात्र यसको पुष्टि हुनेछ,” नयाँ दिल्लीस्थित लोकनायक अस्पतालकी डेपुटी मेडिकल सुपरिटेन्डेन्ट डा. रितु सक्सेनाले एएफपीसँग बताइन् । 

 ‘घटनामा अन्य ११ जना घाइते भएका छन्। तीमध्ये अधिकांशको अवस्था स्थिर छ र हाडजोर्नीमा चोट लागेको छ,” उनले भनिन् । शहरको अर्को अस्पतालका एक अधिकारीलाई उद्धृत गर्दै एनडीटिभीले भागदौडमा परी थप तीन जनाको मृत्यु भएको जनाएको छ ।  मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेका छन् ।

“म सन् १९८१ देखि कुल्लीको काम गर्दै आएको छु, तर मैले यसअघि यस्तो भीड कहिल्यै देखेको थिइनँ,” रेलवे स्टेसनका एक पोर्टरलाई उद्धृत गर्दै ‘टाइम्स अफ इन्डिया’ले लेखेको छ । प्रयागराजका लागि छुटेको विशेष रेलको प्लेटफर्म एकाएक सारिएपछि मानिसहरु आपसमा ठोक्किन थाले र एस्केलेटर र सिँढीमा खसेका थिए।

रेलमन्त्री अश्विनी वैष्णवले दुर्घटनाको कारणबारे उच्चस्तरीय छानबिनको आदेश दिइएको बताएका छन् । वैष्णवका अनुसार भक्तजनको भीड हटाउन नयाँ दिल्लीबाट थप विशेष रेल सञ्चालन भइरहेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भागदौडबाट आफू मर्माहत भएको बताएका छन् । “शोकको यस घडीमा म आफ्ना प्रियजनहरू गुमाएका व्यक्तिहरूप्रति समवेदना व्यक्त गर्छु । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु,” उनले रेखेका छन्। 

राजधानी क्षेत्र दिल्लीका गभर्नर विनयकुमार सक्सेनाले विपद् व्यवस्थापनका कर्मचारीलाई तैनाथ गर्न भनिएको र सबै अस्पतालहरू सम्बन्धित आपतकालीन अवस्थालाई सम्बोधन गर्न तयार रहेको बताएका छन् । 

छ हप्तासम्म चल्ने महाकुम्भ मेला हिन्दू धार्मिक क्यालेन्डरको सबैभन्दा महत्त्वपूर्णमध्येको पर्व हो । अधिकारीहरूले गत महिना देखि नै करिब ५० करोड भक्तजनले यस पर्वको अवलोकन गरिसकेको बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कुवेतमा ड्रोन आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदै

कुवेतमा ड्रोन आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदै

कुवेतस्थित नेपाली राजदूतावासले स्थानीय निकाय तथा सम्बन्धित कम्पनीसँग आवश्यक समन्वय गरी पार्थिव शरीर स्वदेश पठाउने प्रक्रिया सम्पन्न गरेको मन्त्रालयले जनाएको छ ।
टावरको टुप्पोमा फहराएको प्रेम

टावरको टुप्पोमा फहराएको प्रेम

चीनको उक्त भवन निमार्णकै उपक्रममा थियो, चढ्ने अनुमति कसैलाई थिएन । उनीहरुको शाहसलाई कसले छेकबार गर्ने ? उनीहरुले लुकेर चढ्ने योजना बनाए र अन्ततः उनीहरुको शाहस, समर्पण शिखरित...
पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता

इरानी राष्ट्रपति मसूद पेजेस्कियनलाई विदाइ गरेको केही समय पछि प्रधानमन्त्री सरिफले विज्ञप्ति जारी गर्दै आफुहरुले क्षेत्रीय स्थिरता,  द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयहरुमा केन्द्रित रहि सौहार्दपूर्ण छलफल गरेको...
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

चीनको चारदिने औपचारिक भ्रमणमा रहेका उनले आज बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । मन्त्री खनालले नेपालको आर्थिक अवसर तथा जनसाङ्ख्यिकीय सामथ्र्यलाई...