नेभिगेशन
सबै कुरा

सांसदहरुको प्राथमिकतामा उडिसा प्रकरणः नेपाली विद्यार्थीको सुुरक्षा बलियो बनाउन माग

काठमाडौँ । सांसदहरुले भारतमा अध्ययनरत छात्रा प्रकृति लम्सालको शङ्कास्पद मृत्युको घटनाका सम्बन्धमा कूटनीतिक संवादका माध्यमबाट छानविन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनीहरुले उच्चस्तरीय कूटनीतिक संवादका माध्यमबाट उक्त घटनाको छानविन गर्न र नेपाली विद्यार्थीको सुुरक्षा बलियो बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

Ncell
Extreme Energy

सांसद छविलाल विश्वकर्माले प्रकृति लम्सालको शङ्कास्पद मृत्यु भएको भन्दै सत्यतथ्य छानविनका लागि सरकारले पहल गर्नुपर्ने बताए । 

त्यस्तै सांसद माधव सापकोटाले उक्त घटनामा सम्बन्धमा कूटनीतिक संवादका माध्यमबाट बुझ्न र समस्या समाधान गर्न सरकारले ढिलाई गरेको भन्दै तत्काल उच्चस्तरीय कूटनीतिक संवाद सुरु गर्न माग गरे  ।

त्यस्तै सांसद ठाकुर गैरेले विद्यार्थीमाथि गरिएको दुव्र्यवहार शह्य नहुने भन्दै घटनाको  सत्यतथ्य छानबिन गरी मृतक छात्रालाई उचित न्याय प्रदान सरकारले पहल गर्नुपर्ने धारणा राखे । नेपाली विद्यार्थीका साथै नेपालविरुद्ध प्रयोग भएका शब्द लज्जास्पद देखिएको भन्दै उनले खेद व्यक्त गरे ।

त्यस्तै रास्वपा सांसद मनिष झाले भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी ९केआइआइटी० को चौकीदारले समेत नेपाल र नेपालीको अपमान हुनेगरी विद्यार्थीलाई पिट्ने र अभिव्यक्ति दिने गरेको भन्दै विकसित परिस्थिति समाधान गर्न सरकारले कुटनीतिक पहल नगरेको आरोप लगाए । 

त्यस्तै बैठकको शुन्य समयमा पनि सांसदहरुले घटनाको  सत्यतथ्य छानबिन गरी मृतक छात्रालाई उचित न्याय दिन सरकार गम्भीर हुनुपर्ने धारणा राखेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।
राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताबारे प्रतिनिधिसभाको आजको बैठकलाई जानकारी गराएका छन् ।
सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले वर्तमान सरकारका छ महिना जनअपेक्षाबमोजिम उपलब्धिपूर्ण हुन नसकेको र सङ्क्रमणकालकै निरन्तरता भएको बताएका छन् ।