नेभिगेशन
सबै कुरा

सांसदहरुको प्राथमिकतामा उडिसा प्रकरणः नेपाली विद्यार्थीको सुुरक्षा बलियो बनाउन माग

काठमाडौँ । सांसदहरुले भारतमा अध्ययनरत छात्रा प्रकृति लम्सालको शङ्कास्पद मृत्युको घटनाका सम्बन्धमा कूटनीतिक संवादका माध्यमबाट छानविन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनीहरुले उच्चस्तरीय कूटनीतिक संवादका माध्यमबाट उक्त घटनाको छानविन गर्न र नेपाली विद्यार्थीको सुुरक्षा बलियो बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

Ncell
Extreme Energy

सांसद छविलाल विश्वकर्माले प्रकृति लम्सालको शङ्कास्पद मृत्यु भएको भन्दै सत्यतथ्य छानविनका लागि सरकारले पहल गर्नुपर्ने बताए । 

त्यस्तै सांसद माधव सापकोटाले उक्त घटनामा सम्बन्धमा कूटनीतिक संवादका माध्यमबाट बुझ्न र समस्या समाधान गर्न सरकारले ढिलाई गरेको भन्दै तत्काल उच्चस्तरीय कूटनीतिक संवाद सुरु गर्न माग गरे  ।

त्यस्तै सांसद ठाकुर गैरेले विद्यार्थीमाथि गरिएको दुव्र्यवहार शह्य नहुने भन्दै घटनाको  सत्यतथ्य छानबिन गरी मृतक छात्रालाई उचित न्याय प्रदान सरकारले पहल गर्नुपर्ने धारणा राखे । नेपाली विद्यार्थीका साथै नेपालविरुद्ध प्रयोग भएका शब्द लज्जास्पद देखिएको भन्दै उनले खेद व्यक्त गरे ।

त्यस्तै रास्वपा सांसद मनिष झाले भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी ९केआइआइटी० को चौकीदारले समेत नेपाल र नेपालीको अपमान हुनेगरी विद्यार्थीलाई पिट्ने र अभिव्यक्ति दिने गरेको भन्दै विकसित परिस्थिति समाधान गर्न सरकारले कुटनीतिक पहल नगरेको आरोप लगाए । 

त्यस्तै बैठकको शुन्य समयमा पनि सांसदहरुले घटनाको  सत्यतथ्य छानबिन गरी मृतक छात्रालाई उचित न्याय दिन सरकार गम्भीर हुनुपर्ने धारणा राखेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।