नेभिगेशन
सबै कुरा

बिक्री भएन ऊन, विस्थापित हुने जोखिममा ‘भेडिहार’

भैरहवा । कोटहीमाई गाउँपालिका– ५ देवनबक्सापुरका रामायन पालले विगत २० वर्षदेखि भेडा पालन गर्दै आएका छन् ।  उनको अधिकांश समय घर बाहिर नै बित्ने गरेको छ ।  भेडा चराउन पाल मर्चवार मात्र नभई भैरहवा, लुम्बिनीलगायत क्षेत्रमा लैजान्छन् । करिब तीन सय भेडाबाट सुरु भएको ‘भेडिहार’  पालको यो यात्रामा बिराम लाग्ने अवस्था उत्पन्न भएको छ । हाल उनीसँग ३५ वटा मात्र भेडा छन् । यसअघि चरन क्षेत्रको समस्या थियो नै अब भेडाको ऊन नै बिक्री हुन छाडेपछि पाल मात्र होइन भेडिहार समुदायको पेसा नै लोप हुने अवस्था छ । 

मर्चवारको मुख्य बाटोमा भेडाको रौँ काटेर यत्रतत्र फालिएको भेटिन्छ । भेडाको ऊन बिक्री हुन छोडेपछि भेडिहारले जहा रौँ काट्यो त्यही छोडेर हिँड्ने गरेका छन् । ऊन नै बिक्री हुन छोडेपछि विस्तारै उनीहरुको रुचि यसबाट घट्न थालेको छ । ‘पहिला मसँग तीन सय बढी भेडा थिए, ऊन पनि एक सय किलोभन्दा बढी बेच्ने गरेको थिएँ ।’ पालले भने, ‘केही वर्षयता ऊन बिक्नै छोडेको छ । त्यसैले अहिले संख्या घटाएर ३५ मात्र पालेको छु ।’

Dish home
City Express

यसअघि विभिन्न स्थानबाट क्रेताहरु भेडिहार खोज्दै उनीहरुको घर वा चरनस्थलमै पुग्ने गरेका थिए । तराईमा सामान्यतः भेडाको मासु पनि खाइँदैन । त्यसैले भेडा पाल्नेको अब आम्दानीको स्रोत शून्य भएको छ । भेडाको ऊनबाट बनेका कपडामा उपभोक्ताको रुचि घट्दै गएको कारण ऊन बिक्री नभएको कोटहीमाई गाउँपालिका–३ कुडसर बस्ने वरुनदेव पाल बताउछन्। ‘पहिला भेडाको ऊनबाट बनेको कपडाको माग उच्च रहेको थियो र यस पेसाबाट धानिन बल पुगेको थियो ।’ उनले भने, ‘अहिले त्यस्ता उद्योग बन्द हुँदै गएकाले पनि यसको माग नभएको हुन सक्छ ।’

भेडाको ऊनबाट कम्बल, स्विटर, टोपीलगायत न्याना कपडा बुनिन्छ तर आधुनिक ब्लाङकेटले यसलाई विस्थापित गरेको छ । ब्लाङकेट रु दुईदेखि तीन हजारमा पाइन्छन् तर ऊनबाट बनाइएका कम्बल तुलनात्मक रुपमा महँगा भएकाले ऊनको माग घटेको उनको बुझाइ छ । यसबाहेक अहिले तराईमै भेडाहरुको लागि चरन क्षेत्रको समस्या पनि छ । ‘पहिला धेरै खेत थिए चरन क्षेत्र पनि प्रशस्त हुन्थ्यो’, स्थानीय नापु पालले सुनाए , ‘चरनक्षेत्र अभावमा अब भेडा पाल्न गाह्रो छ ।’ 

मर्चवारको कोटहीमाई गाउँपालिका–३र ५ को सम्मरीमाई गाउँपालिकालगायत जिल्लामा भेडा पाल्नेहरु उल्लेख्य संख्यामा थिए । एक दशकअघि ३० हजारभन्दा बढी भेडा आफूहरुले पालेको पाल  बताउँछन् ।  चरन क्षेत्रको कमी, ऊन र दूध र मासु पनि बिक्री नहुने भएपछि घरखर्च जुटाउन बाध्य भएर वैकल्पिक पेसामा लाग्नुपरेको उनको गुनासो छ।  भेडापालकलाई जोगाउन स्थानीय सरकारले सघाउनुपर्ने स्थानीयको माग छ । स्थानीय समाजसेवी गणेश पाल परम्परागत पेसालाई जोगाउन स्थानीय सरकारले सघाउनुपर्नेमा जोड दिन्छन् । ऊन खरिद र बजारीकरणमा पालिकाले सहयोग गर्नुपर्ने उनको सुझाव छ । यसले ‘एक स्थानीय तह, एक उत्पादन’को नीति कार्यान्वयन गर्न सहयोग पुग्ने उनी बताउाछन् ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
विश्वकप क्रिकेट लिग–२ः  नेपाल अमेरिकासँग १०६ रनले पराजित

विश्वकप क्रिकेट लिग–२ः  नेपाल अमेरिकासँग १०६ रनले पराजित

यो जितसँगै अमेरिका २१ खेलमा ३० अङ्कका साथ अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यो  हारसँगै १७ खेलमा १२ अङ्क जोडेको नेपाल सातौँ स्थानमा छ ।
शान्ति सुरक्षाको अवस्था र निर्वाचन तयारीबारे जानकारी लिन गृहमन्त्री मधेस जाने

शान्ति सुरक्षाको अवस्था र निर्वाचन तयारीबारे जानकारी लिन गृहमन्त्री मधेस जाने

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाबारे बुझ्न उनीहरु भोलि (सोमबार) जनकपुर प्रस्थान गर्ने कार्यक्रम तय भएको छ।
हत्यामा संलग्न अभियुक्त २० वर्षपछि पक्राउ

हत्यामा संलग्न अभियुक्त २० वर्षपछि पक्राउ

जिल्ला प्रहरी कार्यालयले अयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले घटना भएकै राति फरार भएका ठहरबहादुरलाई घरबाटै पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका ठहरबहादुर नाताले...
निर्वाचनको माध्यमबाट संविधान र लोकतन्त्रको रक्षा गर्दै अघि बढ्नुपर्छः संयोजक दाहाल

निर्वाचनको माध्यमबाट संविधान र लोकतन्त्रको रक्षा गर्दै अघि बढ्नुपर्छः संयोजक दाहाल

माओवादी केन्द्र गोरखाको आयोजनामा आइतबार सदरमुकाममा आयोजित कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा उनले पछिल्लो राजनीतिक परिस्थितिमा निर्वाचनको अर्को विकल्प नभएको बताए । केन्द्रीय महाधिवेशन आयोजक समिति संयोजक दाहालले...