नेभिगेशन
समाज

घाइतेहरुका लागि निःशुल्क मनोसामाजिक परामर्शको व्यवस्थापन गर्ने मन्त्री शर्माको पहिलो निर्णय

काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले जेनजी आन्दोलनका घाइते तथा प्रभावितको लागि निःशुल्क मनोसामाजिक परामर्शको व्यवस्था गर्ने निर्णय गरेकी छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार सपथ पछि मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै मन्त्री शर्माले उक्त निर्णय गरेकी हुन । विज्ञहरूको सुझावको आधारमा मनोसामाजिक परामर्श कसरी दिने भन्नेबारे छलफल गरेर कार्य अगाडि बढाउने मन्त्री शर्माले बताइन ।

Ncell
Extreme Energy

त्यस्तै उनले भ्रष्टाचारले मुलुकमा निकै समस्या निम्त्याएको भन्दै भ्रष्टाचार बिरुद्ध निर्मम भएर अघि बढ्ने बताइन । सेवा प्रवाहका क्रममा सेवाग्राहीलाई दुःख दिने, काखापाखा गर्ने कार्य समेत भ्रष्टाचारकै स्वरुप भएको भन्दै त्यस बिषयमा बिशेष ख्याल गर्न उनले  कर्मचारीलाई निर्देशन समेत दिएकी छन् ।

उनले स्वास्थ्यका खरिद प्रक्रियालाई पूर्णपारदर्शी बनाइ भ्रष्टाचार शून्य नीति अपनाउन समेत निर्देश गरेकी छन् । मन्त्री शर्माले जेननी आन्दोलनमा शहीद भएका परिवारका व्यक्तिको निःशुल्क स्वास्थ्य बीमा गर्ने योजना रहेको र यसका लागि अर्थ मन्त्रालयसंग परामर्श गरेर आवश्यक निर्णय गर्ने जानकारी दिइन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
४६ लाख अवैध मुद्रासहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

४६ लाख अवैध मुद्रासहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

क्याथे प्यासिफिक एयरवेजमार्फत हङकङ जान लागेका ७२ वर्षीय चिनियाँ नागरिक सुओलाङलाई प्रहरीले पक्राउ गरेको हो । विमानस्थलमा नियमित सुरक्षा जाँच गर्ने क्रममा उनको साथ तथा लगेजबाट नेपाली रूपैयाँसहित...
कांग्रेसको नेतृत्व छान्न भोलि बिहान १० बजेदेखि मतदान

कांग्रेसको नेतृत्व छान्न भोलि बिहान १० बजेदेखि मतदान

निर्वाचन समितिले राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा मतदान केन्द्र तोकेको छ।
‘चाडपर्व लक्षित सुरक्षा योजना– २०८३’ लागूः ५० हजार प्रहरी परिचालित, हिंसामा शून्य सहनशीलता

‘चाडपर्व लक्षित सुरक्षा योजना– २०८३’ लागूः ५० हजार प्रहरी परिचालित, हिंसामा शून्य सहनशीलता

विष्फोटक पदार्थको ओसारपसार, भन्सार छली, बैंक वित्तीय संस्थामा चोरी डकैती, लुटपाट, खाद्यान्न, लत्ताकपडा र उपभोग्य वस्तुको कृत्रिम अभाव, कालोबजारी, म्याद गुज्रिएका वा मिसावटयुक्त सामग्रीको बिक्री, हुण्डी र नक्कली...
भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक सेवामा २५ वर्ष पूरा, रास्वपा सभापति लामिछानेले दिए बधाई

भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक सेवामा २५ वर्ष पूरा, रास्वपा सभापति लामिछानेले दिए बधाई

सभापति लामिछानेले सामाजिक सञ्जाल एक्समार्फत मोदीलाई शुभकामना दिँदै उनको नेतृत्वमा भारतले हासिल गरेको रूपान्तरण र तीव्र प्रगतिबाट आफू प्रेरित भएको उल्लेख गरेका हुन् ।

भर्खरै