नेभिगेशन
समाज

निर्वाचन केन्द्रित गतिविधिलाई तीव्रता दिने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले निर्वाचन केन्द्रित गतिविधिलाई तीव्रता दिने निर्णय गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार पार्टी कार्यालयमा बसेको रास्वपा सचिवालय बैठकले रास्वपा लोकतान्त्रिक पार्टी भएकाले सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रीत गर्ने र यससम्बन्धी गतिविधिलाई तीव्रता दिने निर्णय गरेको रास्वपा नेता गणेश पराजुलीले जानकारी दिए ।

Ncell
Extreme Energy

निर्वाचनलाई सफल बनाउन अन्य राजनीतिक दलहरुले पनि पहलकदमी लिनुपर्ने रास्वपाको ठहर रहेको उनको भनाइ छ । पराजुलीले न्याय, सुशासन र भ्रष्टाचार बिरुद्धको गतिविधिका लागि सरकारलाई पूर्ण रुपमा समर्थन गर्ने बताए । सरकारको म्याण्डेड निर्वाचन भएकाले सवै राजनीतिक दललाई सहभागी गराउने वातावरण सरकारले बनाउनुपर्ने उनको भनाइ छ ।

त्यस्तै बैठकले कात्तिक ३० गतेसम्म मतदाता नामावली अद्यावधिक गर्ने समय दिएकाले पार्टीको तर्फबाट नामावली दर्ताका लागि आह्वान समेत गर्ने निर्णय गरेको पराजुलीले बताएका छन् । त्यस्तै तल्लो तहको अधिवेशन, उम्मेदवार चयनका लागि मापदण्ड बनाउने, पार्टीको विस्तारित भेला लगाएतका बिषयमा बैठकमा छलफल भएको उनले बताए । रास्वपा सचिवालय बैठक मंगलबार पुन बस्ने नेता पराजुलीले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
४६ लाख अवैध मुद्रासहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

४६ लाख अवैध मुद्रासहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

क्याथे प्यासिफिक एयरवेजमार्फत हङकङ जान लागेका ७२ वर्षीय चिनियाँ नागरिक सुओलाङलाई प्रहरीले पक्राउ गरेको हो । विमानस्थलमा नियमित सुरक्षा जाँच गर्ने क्रममा उनको साथ तथा लगेजबाट नेपाली रूपैयाँसहित...
कांग्रेसको नेतृत्व छान्न भोलि बिहान १० बजेदेखि मतदान

कांग्रेसको नेतृत्व छान्न भोलि बिहान १० बजेदेखि मतदान

निर्वाचन समितिले राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा मतदान केन्द्र तोकेको छ।
‘चाडपर्व लक्षित सुरक्षा योजना– २०८३’ लागूः ५० हजार प्रहरी परिचालित, हिंसामा शून्य सहनशीलता

‘चाडपर्व लक्षित सुरक्षा योजना– २०८३’ लागूः ५० हजार प्रहरी परिचालित, हिंसामा शून्य सहनशीलता

विष्फोटक पदार्थको ओसारपसार, भन्सार छली, बैंक वित्तीय संस्थामा चोरी डकैती, लुटपाट, खाद्यान्न, लत्ताकपडा र उपभोग्य वस्तुको कृत्रिम अभाव, कालोबजारी, म्याद गुज्रिएका वा मिसावटयुक्त सामग्रीको बिक्री, हुण्डी र नक्कली...
भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक सेवामा २५ वर्ष पूरा, रास्वपा सभापति लामिछानेले दिए बधाई

भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक सेवामा २५ वर्ष पूरा, रास्वपा सभापति लामिछानेले दिए बधाई

सभापति लामिछानेले सामाजिक सञ्जाल एक्समार्फत मोदीलाई शुभकामना दिँदै उनको नेतृत्वमा भारतले हासिल गरेको रूपान्तरण र तीव्र प्रगतिबाट आफू प्रेरित भएको उल्लेख गरेका हुन् ।

भर्खरै