नेभिगेशन
सबै कुरा

कोशी प्रदेश सरकारको वैद्यतामाथि सर्वोच्चले उठायो प्रश्न, दीर्घकालीन निर्णय नगर्न आदेश

७ भदौ, काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेश सरकारको वैद्यतामाथि प्रश्न उठाउँदै दीर्घकालीन महत्व र दूरगामी असर पर्ने नीतिगत निर्णय नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले सरकारको वैद्यतामाथि प्रश्न उठेकाले आगामी भदौ १५ गतेसम्म कुनै पनि दीर्घकालीन महत्वको निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

साथै सर्वोच्चले कोशी प्रदेश सरकारको गठन नेपालको संविधानको धारा १६८ र १८६ तथा संसदीय अभ्यास र संवैधानिक  नैतिकताका आधारमा प्रतिकुल भएको आदेशमा उल्लेख गरेको छ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा सभाको अध्यक्षता गरेका इस्त्राइल मन्सुरीले पदको दुरुपयोग गरी मतदान गरेको भन्दै सर्वोच्चमा बुधबार रिट दर्ता भएको थियो । 

Extreme Energy

साथै सर्वोच्चले भदौ १५ का लागि अर्को पेशी तोक्दै त्यतिञ्जेलसम्म लिखित जवाफ पेश गर्न आदेश दिएको छ भने  भदौ १३ गतेभित्र मुख्यमन्त्रीको नियुक्ति, विश्वासको मतलगायतका सबै विवरण झिकाउन आदेश दिएको छ ।

प्रदेश सभाको अध्यक्षता गरेका इस्राइल मन्सुरीले पदको ख्यालै नगरि मतको दुरुपयोग गरेकाले त्यसको संवैधानिक मान्यता पाउन नसक्ने भन्दै एमाले संसदीय दलका नेता हिक्मत कार्की सर्वोच्च अदालत पुगेका थिए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
परराष्ट्रमन्त्री खनालसँग साइप्रसका गैरआवासीय राजदूतको शिष्टाचार भेटवार्ता

परराष्ट्रमन्त्री खनालसँग साइप्रसका गैरआवासीय राजदूतको शिष्टाचार भेटवार्ता

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको सो भेटवार्तामा मन्त्री खनाल र राजदूत भ्रियोनिडेसबीच नेपाल र साइप्रसबीचको द्विपक्षीय सहकार्यका विभिन्न विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
देशभर संवाद अभियान चलाउने थापाको घोषणा

देशभर संवाद अभियान चलाउने थापाको घोषणा

सभापति थापाले आन्तरिक प्रतिस्पर्धाको तिक्तता छोडेर पार्टीसँग टाढिएका मतदाता र परिवारलाई पुनः जोड्न कांग्रेसले विशेष संवाद अभियान सञ्चालन गर्ने बताएका हुन् ।
ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको दिशा निर्धारण गर्न अमेरिकामा मध्यावधि निर्वाचन हुँदै

ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको दिशा निर्धारण गर्न अमेरिकामा मध्यावधि निर्वाचन हुँदै

प्रतिनिधिसभाका ४३५ सिटमध्ये बहुमतका लागि २१८ सिट आवश्यक पर्छ । अहिले रिपब्लिकनसँग २१८ र डेमोक्रेटसँग २१४ सिट छन् । डेमोक्रेटले बहुमतका लागि कम्तीमा तीन सिटको खुद लाभ लिनुपर्नेछ...
ऊर्जामन्त्री बिराजभक्त श्रेष्ठ बैंकक प्रस्थान

ऊर्जामन्त्री बिराजभक्त श्रेष्ठ बैंकक प्रस्थान

यसैगरी थाइल्याण्ड, नेपाल र यूएन इएससीएपीले संयुक्त रुपमा आयोजना गरेको ‘सगरमाथादेखि सागरसम्म: एसिया-प्रशान्त क्षेत्रमा शृङ्खलाबद्ध विपद् रोक्न नेपालको भोटेकोशी-त्रिशूली घटनाले सिकाएका पाठहरू’ विषयक कार्यशालालाई मन्त्री श्रेष्ठले बिहीबार सम्बोधन...