नेभिगेशन
सबै कुरा

कोशी प्रदेश सरकारको वैद्यतामाथि सर्वोच्चले उठायो प्रश्न, दीर्घकालीन निर्णय नगर्न आदेश

७ भदौ, काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेश सरकारको वैद्यतामाथि प्रश्न उठाउँदै दीर्घकालीन महत्व र दूरगामी असर पर्ने नीतिगत निर्णय नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले सरकारको वैद्यतामाथि प्रश्न उठेकाले आगामी भदौ १५ गतेसम्म कुनै पनि दीर्घकालीन महत्वको निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

साथै सर्वोच्चले कोशी प्रदेश सरकारको गठन नेपालको संविधानको धारा १६८ र १८६ तथा संसदीय अभ्यास र संवैधानिक  नैतिकताका आधारमा प्रतिकुल भएको आदेशमा उल्लेख गरेको छ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा सभाको अध्यक्षता गरेका इस्त्राइल मन्सुरीले पदको दुरुपयोग गरी मतदान गरेको भन्दै सर्वोच्चमा बुधबार रिट दर्ता भएको थियो । 

Ncell
Extreme Energy

साथै सर्वोच्चले भदौ १५ का लागि अर्को पेशी तोक्दै त्यतिञ्जेलसम्म लिखित जवाफ पेश गर्न आदेश दिएको छ भने  भदौ १३ गतेभित्र मुख्यमन्त्रीको नियुक्ति, विश्वासको मतलगायतका सबै विवरण झिकाउन आदेश दिएको छ ।

प्रदेश सभाको अध्यक्षता गरेका इस्राइल मन्सुरीले पदको ख्यालै नगरि मतको दुरुपयोग गरेकाले त्यसको संवैधानिक मान्यता पाउन नसक्ने भन्दै एमाले संसदीय दलका नेता हिक्मत कार्की सर्वोच्च अदालत पुगेका थिए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपा सांसद, नेताहरुलाई रविको निर्देशनः अनावश्यकरुपमा प्रभावित क्षेत्र पुगेकाहरु तत्काल फर्किनु

रास्वपा सांसद, नेताहरुलाई रविको निर्देशनः अनावश्यकरुपमा प्रभावित क्षेत्र पुगेकाहरु तत्काल फर्किनु

लामिछानेले बाढी गएकै दिन संसदबाट कुनै पनि नेता, सांसद तथा भिआइपीहरुलाई अनावश्यकरुपमा प्रभावित क्षेत्र घुम्न नजान भनेका थिए । साथै आफू पनि अनावश्यकरुपमा नजाने, जानै परेको खण्डमा कुनै...
तीन तहका सरकारबीच समन्वय अभाव हटाऊ:  गगन थापा

तीन तहका सरकारबीच समन्वय अभाव हटाऊ: गगन थापा

उनले भने– ‘तीन तहका सरकारबीच समन्वयको खाडल देखिएको छ, संघ, प्रदेश र स्थानीय सरकारका बीचमा स्पष्ट कार्यविभाजन हुनुपर्छ र एउटै टिमको रूपमा अघि बढ्नुपर्छ।’
रविसँग बागमतीका मुख्यमन्त्रीले भने– संघ सरकारले समन्वय नै गरेन

रविसँग बागमतीका मुख्यमन्त्रीले भने– संघ सरकारले समन्वय नै गरेन

रास्वपा केन्द्रीय कार्यालयमा रास्वपा सभापति रवि लामिछानेसँगको भेटमा मुख्यमन्त्री थापामगरले तीन तहका सरकारबीच समन्वय हुन नसकेको बताएका हुन् । उनले समन्वय हुन नसकेपछि प्रदेश सरकारले आफ्नै तरिकाले काम...
सरकार एक्लै अघि बढ्न खोज्योः ओली

सरकार एक्लै अघि बढ्न खोज्योः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपद् व्यवस्थापनमा सरकार एक्लै अघि बढ्न खोजेको आरोप लगाएका छन् ।

भर्खरै