नेभिगेशन
सबै कुरा

राष्ट्रसङ्घद्वारा रोहिङ्ग्या शरणार्थीको खाद्यान्न सहायता आधा कटौती

संयुक्त राष्ट्रसङ्घीय खाद्य निकायले आर्थिक अभावका कारण बङ्गलादेशमा रहेका करिब १० लाख रोहिङ्ग्या  शरणार्थीका लागि जाने खाद्यान्न आगामी महिनादेखि आधा कटौती गर्नुपर्ने अवस्था आएको बताएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सन् २०१७ मा छिमेकी मुलुक म्यान्मारमा भएको सैन्य कारबाहीबाट भागेर आएका रोहिङ्ग्या  समुदायका अधिकांश शरणार्थी बङ्गलादेशको राहत शिविरमा बसिरहेका छन् ।

Ncell
Extreme Energy

सहायतामा निर्भर रहेका र व्यापक कुपोषणबाट पीडित रोहिङ्ग्या  समुदायका लागि लगातारको सहायता कटौतीले पहिले नै अत्यधिक कठिनाइ निम्त्याइसकेको छ।

संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले बुधबार एक पत्र लेख्दै भनेको छ, “कोषको चरम अभावका कारण मासिक खाद्यान्न भौचरमा प्रतिव्यक्ति १२.५० डलरबाट ६.०० डलरमा कटौती गरिएको छ ।”

“दुर्भाग्यवश, हामीले अझै पनि पर्याप्त कोष प्राप्त गरेका छैनौं, र लागत र बचत नियन्त्रणका उपायहरू मात्र पर्याप्त छैनन्,” पत्रमा भनिएको छ ।

बङ्गलादेशस्थित शरणार्थी निकायका मोहम्मद शमसूद डुजाले एएफपीसँग कुरा गर्दै आफ्नो कार्यालयले अर्को हप्ता समुदायका नेताहरूसँग बैठक गर्ने बताएका छन् । 

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले मुस्लिम समुदायको वार्षिक रोजाका अवसरमा रोहिङ्ग्या  शरणार्थीसँग भेट्नुभन्दा केही दिनअघि (बुधबार) पत्र आएको हो ।

सन् २०१७ मा राष्ट्रसङ्घको नरसंहार अनुसन्धानको विषय बनेको म्यान्मामा भएको दमनले करिब सात लाख ५० हजार रोहिङ्ग्यालाई हत्या, बलात्कार र आगजनीका पीडादायी कथा लिएर छिमेकी देश बङ्गलादेशमा भाग्न बाध्य बनाएको थियो ।

बङ्गलादेशले आफ्नो विशाल शरणार्थी जनसङ्ख्यालाई समर्थन गर्न सङ्घर्ष गरिरहेको छ र म्यान्मामा थोक फिर्ती वा अन्यत्र पुनर्वासको सम्भावना टाढा छ।

कक्स बजार वरपरका शिविरमा बस्ने रोहिङ्ग्याहरूलाई रोजगारी खोज्न अनुमति छैन र बाँच्नका लागि सीमित मानवीय सहायतामा लगभग पूर्ण रूपमा निर्भर हुनुपर्ने बाध्यता छ ।

जनवरीमा इन्डोनेसिया पुगेका २५० भन्दा बढी रोहिङ्ग्यासहित राम्रो जीवन खोज्ने प्रयासमा ठूलो संख्यामा शरणार्थीहरूले शिविरबाट टाढा पुग्न जोखिमपूर्ण समुद्र पार गर्ने प्रयास गर्ने गरेका छन् र यस्ता यात्रामा हजारौँको सङ्ख्यामा हताहत भएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कुवेतमा ड्रोन आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदै

कुवेतमा ड्रोन आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदै

कुवेतस्थित नेपाली राजदूतावासले स्थानीय निकाय तथा सम्बन्धित कम्पनीसँग आवश्यक समन्वय गरी पार्थिव शरीर स्वदेश पठाउने प्रक्रिया सम्पन्न गरेको मन्त्रालयले जनाएको छ ।
टावरको टुप्पोमा फहराएको प्रेम

टावरको टुप्पोमा फहराएको प्रेम

चीनको उक्त भवन निमार्णकै उपक्रममा थियो, चढ्ने अनुमति कसैलाई थिएन । उनीहरुको शाहसलाई कसले छेकबार गर्ने ? उनीहरुले लुकेर चढ्ने योजना बनाए र अन्ततः उनीहरुको शाहस, समर्पण शिखरित...
पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता

इरानी राष्ट्रपति मसूद पेजेस्कियनलाई विदाइ गरेको केही समय पछि प्रधानमन्त्री सरिफले विज्ञप्ति जारी गर्दै आफुहरुले क्षेत्रीय स्थिरता,  द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयहरुमा केन्द्रित रहि सौहार्दपूर्ण छलफल गरेको...
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

चीनको चारदिने औपचारिक भ्रमणमा रहेका उनले आज बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । मन्त्री खनालले नेपालको आर्थिक अवसर तथा जनसाङ्ख्यिकीय सामथ्र्यलाई...