नेभिगेशन
समाज
आजको मौसमः

आजको मौसमः यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका साथै स्थानीय वायुकोसमेत प्रभाव रहेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली, लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहेको छ । कर्णाली प्रदेशका थोरै स्थानहरू तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षा भैरहेको छ ।

Ncell
Extreme Energy

आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहने महाशाखाले जनाएको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । साथै अपराह्न कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ । 

आज राति कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै कोशी र मधेश प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली  भू–भागका थोरै स्थानमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

साथै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ

नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ

नेपालले भदौ महिनामात्रै बिजुली बेचेर पाँच अर्बभन्दा बढी आम्दानी गरेको छ ।
हिउँदमा काठमाडौँको विद्युत माग धान्न ऊर्जा मन्त्रालयले बनायो एकीकृत रणनीति

हिउँदमा काठमाडौँको विद्युत माग धान्न ऊर्जा मन्त्रालयले बनायो एकीकृत रणनीति

सरकारले आगामी जाडोयाममा काठमाडौँ उपत्यकामा हुन सक्ने विद्युतको अत्यधिक मागलाई सम्बोधन गर्दै निर्बाध र सहज आपूर्ति सुनिश्चित गर्न एकीकृत रणनीति बनाएको छ ।
बाढी प्रभावित रसुवाको उत्तरगया–१ मा जोडियो बिजुली

बाढी प्रभावित रसुवाको उत्तरगया–१ मा जोडियो बिजुली

सरकारले बाढी प्रभावित क्षेत्रमा विद्युत् पुनःस्थापनालाई तीव्रता दिएको छ ।
भोटेकोशी भेलबाढीबारे २० अन्तर्राष्ट्रिय वैज्ञानिकहरूले पत्ता लगाएका दुई कारण

भोटेकोशी भेलबाढीबारे २० अन्तर्राष्ट्रिय वैज्ञानिकहरूले पत्ता लगाएका दुई कारण

ती वैज्ञानिकहरूले भोटेकोशी हिमबाढीमा विभिन्न जटिल प्राकृतिक प्रक्रियाको शृंखलाले भूमिका खेलेको दाबी गरेका छन्। तीमध्ये धेरै प्रक्रिया मानवसिर्जित जलवायु परिवर्तनकै कारण रहेको निष्कर्ष निकालेका छन्।