नेभिगेशन
समाज

एनपिएल: विराटनगर किङ्सविरुद्ध काठमाण्डु गोखार्जको सहज जित

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाण्डु गोर्खाजले लगातार दोस्रो जित दर्ता गरेको छ । आज बेलुका सम्पन्न खेलमा काठमाण्डु गोखार्जले दोस्रो जित निकाल्ने क्रममा विराटनगर किङ्सलाई नौ विकेटले हरायो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाण्डुले पछिल्लो खेलमा कर्णाली याक्सलाई चार विकेटले हराएको थियो । आजको खेलमा विराटनगरले दिएको ८४ रनको झिनो लक्ष्य काठमाण्डुले नौ दशमलव चार ओभरमा एक विकेटको क्षतिमा भेट्टायो ।

Marvel
Extreme Energy

उसका लागि अविजित रहेका डेविड वार्नरले ४४ र विलियम बोसिस्टोले २३ रन बनाए । साहिल पटेल १० रनमा आउट भए । विराटनगरका लागि बलिङतर्फ अपराजित पौडेलले मात्र एक विकेट लिन सके ।

त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको विराटनगर किङ्स १८.३ ओभरमा ८३ रनमै अलआउट भयो । उसका लागि रुपेश सिंहले २६, एन्जेलो म्याथ्युजले २२ र बसिर अहमदले १० रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अङ्कमा समेत रन जोड्न सकेनन् ।

काठमाण्डुका लागि बलिङतर्फ सन्तोष यादवले तीन, सहान अराच्चिगे र जहानदाद खानले समान दुई-दुई तथा साहब आलम, कप्तान करण केसी र देव साहले समान एक-एक विकेट लिए । यो जितपछि काठमाण्डु अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । विराटनगर तालिकाको पाँचौँ स्थानमा झरेको छ ।

आजै भएको पहिलो खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १६ रनले हराएको थियो । प्रतियोगितामा लुुम्बिनी अहिलेसम्म अपराजित छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रहरीलाई कसले चलाउँछ ? सर्वोच्चले कार्कीलाई पुनर्बहालीको आदेश दिए के हुन्छ ?

प्रहरीलाई कसले चलाउँछ ? सर्वोच्चले कार्कीलाई पुनर्बहालीको आदेश दिए के हुन्छ ?

त्यसैले त प्रश्न उठिरहन्छ– आखिर प्रहरीलाई कसले चलाउँछ ? प्रश्न यत्ति मात्रै छैन, अरु पनि छन् । प्रहरीमा राजनीतिक हस्तक्षेप किन भइरहन्छ ? प्रहरीलाई ऐन–कानुन र नियमावलीले सञ्चालन...
सभापति रवि लामिछानेसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट

सभापति रवि लामिछानेसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट

भेटवार्तामा सभापति लामिछाने र विदेश सचिव मिस्रीबीच नेपाल तथा भारतबीचको बहुआयामिक सम्बन्धका विषयमा कुराकानी भएको थियो । उनीहरूले दुई मुलुकबीचको गहिरो सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा पनि छलफल...
रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

गत महिना राष्ट्रिय प्रशिक्षक जर्ज जेसससँग मतभेद भएपछि उनी टोलीको शिविरबाट तत्काल बाहिरिएका थिए ।
मन्त्रालयद्वारा नापी विभागले गरेको ८५७ जना कर्मचारीको सरुवा रद्द, नयाँ मापदण्डअनुसार पुनः सरुवा गरिने

मन्त्रालयद्वारा नापी विभागले गरेको ८५७ जना कर्मचारीको सरुवा रद्द, नयाँ मापदण्डअनुसार पुनः सरुवा गरिने

सुगम तथा सुविधासम्पन कार्यालयहरूमा कार्यरत कर्मचारीहरूलाई पुनः सुगम क्षेत्रमै पदस्थापना गरिएको र दुर्गम क्षेत्रमा कार्यरत कर्मचारीहरूको माग एवं गुनासो उपेक्षा गरिएको भन्दै कर्मचारीहरूले नै मन्त्रालय तथा प्रधानमन्त्री तथा...