नेभिगेशन
समाज

उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गर्ने नेविसंघका नेता योगेन्द्र रावल कारागार चलान

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गर्ने नेपाल विद्यार्थी संघका नेता योगेन्द्र रावल कारागार चलान भएका छन्।
उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले शुक्रबार पक्राउ गरेर अदालत पेस गरेको थियो। अदालतले रावललाई डिल्लीबजार कारागार चलानका लागि आदेश दिएसँगै उनी कारागार चलान भएका हुन् । 
चलाउने माथि कुटपिट गरेका रावललाई जिल्ला अदालत काठमाडौले ज्यान मार्ने उद्योगमा २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो । पछि जिल्ला अदालतको उक्त फैसला उच्च अदालतले पनि सदर गरेको थियो।  
 
जिल्ला अदालत, काठमाडौँले २०८० मंसिर ७ गते चलाउनेमाथि आक्रमणमा संलग्न रावल, हरि आचार्य, निरज राना मगर, रुपेश शाह, सयुज श्रेष्ठ, रविनकुमार लामालाई दोषी ठहर गरेको थियो। 
चलाउनेमाथि आक्रमणको मुख्य योजनाकार हरिप्रसाद आचार्य भने विदेश भागेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कमजोर बन्दै न्यूनचापीय प्रणाली, जोखिम घट्दै

कमजोर बन्दै न्यूनचापीय प्रणाली, जोखिम घट्दै

बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणाली कमजोर हुँदै गएसँगै सुदूरपश्चिममा भारी वर्षाको जोखिम पनि घट्दै गएको छ।
कालीगण्डकी उर्लिएपछि पर्वतदेखि परासीसम्मै खटियो सेना

कालीगण्डकी उर्लिएपछि पर्वतदेखि परासीसम्मै खटियो सेना

विशेषगरी कालीगण्डकी नदीमा पानीको बहाव उच्च भएपछि विभिनन जिल्लाका तटीय क्षेत्रमा सेनाको फौज परिचालन गरिएको सैनिक मुख्यालयले जनाएको छ ।
सेती नदीको बहाब बढेर पोखराको रामघाटमा बनेको ताल (तस्बिर)

सेती नदीको बहाब बढेर पोखराको रामघाटमा बनेको ताल (तस्बिर)

अविरल वर्षाका कारण सेती नदीको बहाब बढेर पोखराको रामघाटमा ताल बनेको छ । जिल्ला प्रशासन कास्कीले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।