नेभिगेशन
मुख्य समाचार

उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गर्ने नेविसंघका नेता योगेन्द्र रावल कारागार चलान

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गर्ने नेपाल विद्यार्थी संघका नेता योगेन्द्र रावल कारागार चलान भएका छन्।
उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले शुक्रबार पक्राउ गरेर अदालत पेस गरेको थियो। अदालतले रावललाई डिल्लीबजार कारागार चलानका लागि आदेश दिएसँगै उनी कारागार चलान भएका हुन् । 
चलाउने माथि कुटपिट गरेका रावललाई जिल्ला अदालत काठमाडौले ज्यान मार्ने उद्योगमा २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो । पछि जिल्ला अदालतको उक्त फैसला उच्च अदालतले पनि सदर गरेको थियो।  
 
जिल्ला अदालत, काठमाडौँले २०८० मंसिर ७ गते चलाउनेमाथि आक्रमणमा संलग्न रावल, हरि आचार्य, निरज राना मगर, रुपेश शाह, सयुज श्रेष्ठ, रविनकुमार लामालाई दोषी ठहर गरेको थियो। 
चलाउनेमाथि आक्रमणको मुख्य योजनाकार हरिप्रसाद आचार्य भने विदेश भागेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रास्वपा सभापति रवि लामिछाने अस्पतालबाट डिस्चार्ज

रास्वपा सभापति रवि लामिछाने अस्पतालबाट डिस्चार्ज

स्वास्थ्यमा समस्यादेखिपछि मङ्गलवार शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका थिए ।
निर्वाचन सुरक्षा रणनीति निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल

निर्वाचन सुरक्षा रणनीति निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे भइरहेको गतिविधिका बारेमा जानकारी लिन बिहीबार निर्वाचन आयोग पुगेका उनले शान्तिसुरक्षा बिथोल्न खोज्ने जो कोहीलाई कडाभन्दा कडा कारबाही...
लुटपाट तथा चोरीमा संलग्न सक्रिय गिरोह पक्राउ, प्रहरीले गोली हानेर लिइएको थियो नियन्त्रणमा

लुटपाट तथा चोरीमा संलग्न सक्रिय गिरोह पक्राउ, प्रहरीले गोली हानेर लिइएको थियो नियन्त्रणमा

जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलन गर्दैै विगत ३ महिनादेखि रातको समयमा मोटरसाइकलमा चढेर लुटपाट गर्ने गिरोहलाई पक्राउ गरिएको जनाएको हो ।
स्वास्थ्य बिमाको क्षेत्रमा सुधारका काम भइरहेका छन्ः स्वास्थ्यमन्त्री

स्वास्थ्य बिमाको क्षेत्रमा सुधारका काम भइरहेका छन्ः स्वास्थ्यमन्त्री

सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको ३०औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले स्वास्थ्य बिमालाई व्यवस्थित रुपमा सञ्चालन गर्न सरकारले काम गरिरहेको बताइन ।