नेभिगेशन
समाज

कुलेखानीको तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालन, १०६ मेगावाट विद्युत् उत्पादन

बागमती । मकवानपुरस्थित कुलेखानी जलविद्युत् केन्द्रको तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालनमा आएका छन् । सुक्खायाम सुरु भएकाले कुलेखानी जलविद्युत् केन्द्रको प्रथम, दोस्रो र तेस्रोे युनिट पूर्ण क्षमतामा सञ्चालनमा आएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कुलेखानी जलविद्युत् प्रथमले ६० मेगावाट, दोस्रोले ३२ मेगावाट र तेस्रोले १४ मेगावाट विद्युत् उत्पादन गरिरहेको छ । “आवश्यकताका आधारमा अहिले दैनिक १४ देखि १८ घण्टा कुलेखानी जलविद्युत् केन्द्र पूर्ण क्षमतामा सञ्चालन भइरहेको छ”, कुलेखानी प्रथमका प्रमुख तारादत्त भट्टले भने, “यही चैत ३ गतेदेखि तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालन आएका छन् ।” आवश्यकतानुसार विद्युत् उत्पादन भइरहेको उनले बताए । 

Ncell
Extreme Energy

रनअफ रिभरमा आधारित आयोजनाको सुक्खायाममा उत्पादन घटेकाले विद्युत् भार व्यवस्थापन गर्न कुलेखानी जलविद्युत् केन्द्रका तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालनमा आएका कुलेखानी जलविद्युत् केन्द्र प्रथमका सहायक इन्जिनियर रामकुमार बुढाथोकीले बताए ।

“वर्षात्को समयमा रनअफ रिभरमा आधारित आयोजना पूर्ण रूपमा सञ्चालनमा हुन्छ”, सहायक इन्जिनियर बुढाथोकीले भने“त्यतिबेला हामी ड्याममा पानी सञ्चित गरेर राख्छौँ र सुक्खायाम सुरु भएसँगै रनअफरिभरमा आधारित आयोजनाको विद्युत् उत्पादन घट्छ ।” सुक्खायाममा कुलेखानी जलविद्युत्का युनिटहरू सञ्चालनमा आउने बताए ।

“विद्युत भार व्यवस्थापन केन्द्रको आवश्यकतानुसार हामीले पूर्ण क्षमतामा सञ्चालन गर्दै आएका छौँ”, बुढाथोकीले भने “अहिले दैनिक १४ देखि १८ घण्टासम्म विद्युत् उत्पादन गरिरहेका छौँ, आवश्यक पर्यो भने हामी चौबीसै घण्टा विद्युत् उत्पादन गछौँँ ।” 

सहायक इन्जिनियर बुढाथोकीका अनुसार चालु आव २०८१÷८२ को साउनदेखि फागुनसम्ममा कुलेखानी जलविद्युत् केन्द्र प्रथमले ८१ हजार दुई सय नौ मेगावाट विद्युत् उत्पादन गरेको छ । आव २०८०÷८१ मा ३४ हजार तीन सय ८८ मेगावाट मात्र विद्युत् उत्पादन गरेको थियो ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
करदाता प्रोत्साहन: उपहारमा १० लाख जित्ने हेमराज र एक लाख विजेता सपनालाई अर्थमन्त्री स्वर्णिम वाग्लेको बधाई फोन

करदाता प्रोत्साहन: उपहारमा १० लाख जित्ने हेमराज र एक लाख विजेता सपनालाई अर्थमन्त्री स्वर्णिम वाग्लेको बधाई फोन

आन्तरिक राजस्व विभागको आयोजनामा अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरी अर्थमन्त्री डा. वाग्लेले १५ जना १–१ लाख रुपैयाँका विजेता र १ जना १० लाख रुपैयाँ विजेता उपभोक्ता छनोट गरेका...
ओलीको ‘हप्कीदप्की’पछि गुण्डुमै ढलेका जेएनलाई भेट्न वीर अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी

ओलीको ‘हप्कीदप्की’पछि गुण्डुमै ढलेका जेएनलाई भेट्न वीर अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी

नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया (जेएन)लाई भेट्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी वीर अस्प्ताल पुगेकी छन् । पूर्वराष्ट्रपति भण्डारी शुक्रबार थपलियालाई भेट्न पुगेकी हुन् ।
अजित मिजार हत्या प्रकरण– न्यायको माग गर्दै मन्त्री बादी र सचेतक परियारसँग परिवारको भेट

अजित मिजार हत्या प्रकरण– न्यायको माग गर्दै मन्त्री बादी र सचेतक परियारसँग परिवारको भेट

अन्तरजातीय प्रेम विवाह गरेको केही समयपछि रहस्यमय मृत्यु भएका काभ्रेका अजित मिजारको परिवारले १० वर्षपछि पनि न्याय नपाएको भन्दै नयाँ सरकारसँग न्यायको पहल गर्न आग्रह गरेको छ ।...
२५० रुपैयाँको सामान किन्ने हेमराज जोशीले जिते १० लाख

२५० रुपैयाँको सामान किन्ने हेमराज जोशीले जिते १० लाख

करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको १० लाख रुपैयाँको बम्पर उपहार कञ्चनपुर पुनर्वासका हेमराज जोशीले जितेका छन् ।

भर्खरै