नेभिगेशन
मुख्य समाचार

कसले हाल्यो विद्युत प्राधिकरण भरतपुरको डिजिटल डिस्प्लेमा केपी ओली विरुद्ध नारा

चितवन । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएर सरकारको आलोचना भैरहेका बेला नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रको बोर्ड सरकारकै विरोधका शब्द डिस्प्ले भएका छन् । 

अहिले सामाजिक संजालमा नेपाल विद्युत प्राधिकरण, भरतपुर वितरण केन्द्रको डिजिटल डिस्प्ले बोर्डमा 'केपी चोर देश छोड'जस्ता आपत्तीजनक शब्द डिस्प्ले भएको फोटो भाइरल भएको छ । 

CG


विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका अनुसार हिजो दिउसोँबाट आज बिहानसम्मै यस्तो पोष्ट डिस्प्ले भैरहेको थियो । वितरण केन्द्रका डिस्प्ले बोर्डमा प्रधानमन्त्री विरुद्ध आपत्तीजनक शब्द लामो समय सम्म प्रसारण भएपछि आक्रोशित नेकपा एमालेका नेता कार्यकर्ताले कार्यालय प्रमुख माथि हातपात गरेका छन् । 


कार्यालयको गैरजिम्मेवारीलाई ध्यानकर्षण गराउन वितरण केन्द्रपुगेका अनेरास्ववियु चितवनका कार्यकर्ताहरुले वितरणकेन्द्र प्रमुख रामु श्रेष्ठलाई हातपात गरेका हुन् । वितरण केन्द्र प्रमुख श्रेष्ठले भने ह्याक भएर आपत्तीजनक शब्द डिस्प्ले भएको दाबी गरेका छन् । साथै उनले ह्याक कसरी भयो भन्नेबारे सोधखोज गरिरहेको बताए । 
घटना बाहिरिएपछि चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले वितरण केन्द्र प्रमुखलाई २४ घण्टे स्पिष्टीकरण सोधेका छन् । 


प्रजिअ पौडेललाई पनि वितरण केन्द्र प्रमुख श्रेष्ठले ह्याक भएको प्रतिक्रिया दिएपनि औपचारिकरुपमा विज्ञप्ती सार्वजनिक गर्न लगाएका छन् । तर श्रेष्ठले विज्ञप्ती भने निकालेका छैनन् ।  प्राधिकरणको डिस्प्ले बोर्डमा विद्युत प्राधिकरण वितरणकेन्द्र भरतपुरका कार्यालय प्रमुख श्रेष्ठले नै कन्टेन्ट हाल्ने गरेका छन् । यसको पासवर्ड उनीसँग मात्रै छ । तर उनले आफूले कन्टेन्ट नहालेको दाबी गरे । उनले कसैले ह्याक गरेर त्यस्तो लेखेको दाबी गरे । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रास्वपा सभापति रवि लामिछाने अस्पतालबाट डिस्चार्ज

रास्वपा सभापति रवि लामिछाने अस्पतालबाट डिस्चार्ज

स्वास्थ्यमा समस्यादेखिपछि मङ्गलवार शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका थिए ।
निर्वाचन सुरक्षा रणनीति निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल

निर्वाचन सुरक्षा रणनीति निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे भइरहेको गतिविधिका बारेमा जानकारी लिन बिहीबार निर्वाचन आयोग पुगेका उनले शान्तिसुरक्षा बिथोल्न खोज्ने जो कोहीलाई कडाभन्दा कडा कारबाही...
लुटपाट तथा चोरीमा संलग्न सक्रिय गिरोह पक्राउ, प्रहरीले गोली हानेर लिइएको थियो नियन्त्रणमा

लुटपाट तथा चोरीमा संलग्न सक्रिय गिरोह पक्राउ, प्रहरीले गोली हानेर लिइएको थियो नियन्त्रणमा

जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलन गर्दैै विगत ३ महिनादेखि रातको समयमा मोटरसाइकलमा चढेर लुटपाट गर्ने गिरोहलाई पक्राउ गरिएको जनाएको हो ।
स्वास्थ्य बिमाको क्षेत्रमा सुधारका काम भइरहेका छन्ः स्वास्थ्यमन्त्री

स्वास्थ्य बिमाको क्षेत्रमा सुधारका काम भइरहेका छन्ः स्वास्थ्यमन्त्री

सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको ३०औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले स्वास्थ्य बिमालाई व्यवस्थित रुपमा सञ्चालन गर्न सरकारले काम गरिरहेको बताइन ।