नेभिगेशन
समाज

कसले हाल्यो विद्युत प्राधिकरण भरतपुरको डिजिटल डिस्प्लेमा केपी ओली विरुद्ध नारा

चितवन । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएर सरकारको आलोचना भैरहेका बेला नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रको बोर्ड सरकारकै विरोधका शब्द डिस्प्ले भएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अहिले सामाजिक संजालमा नेपाल विद्युत प्राधिकरण, भरतपुर वितरण केन्द्रको डिजिटल डिस्प्ले बोर्डमा 'केपी चोर देश छोड'जस्ता आपत्तीजनक शब्द डिस्प्ले भएको फोटो भाइरल भएको छ । 

Ncell
Extreme Energy


विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका अनुसार हिजो दिउसोँबाट आज बिहानसम्मै यस्तो पोष्ट डिस्प्ले भैरहेको थियो । वितरण केन्द्रका डिस्प्ले बोर्डमा प्रधानमन्त्री विरुद्ध आपत्तीजनक शब्द लामो समय सम्म प्रसारण भएपछि आक्रोशित नेकपा एमालेका नेता कार्यकर्ताले कार्यालय प्रमुख माथि हातपात गरेका छन् । 


कार्यालयको गैरजिम्मेवारीलाई ध्यानकर्षण गराउन वितरण केन्द्रपुगेका अनेरास्ववियु चितवनका कार्यकर्ताहरुले वितरणकेन्द्र प्रमुख रामु श्रेष्ठलाई हातपात गरेका हुन् । वितरण केन्द्र प्रमुख श्रेष्ठले भने ह्याक भएर आपत्तीजनक शब्द डिस्प्ले भएको दाबी गरेका छन् । साथै उनले ह्याक कसरी भयो भन्नेबारे सोधखोज गरिरहेको बताए । 
घटना बाहिरिएपछि चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले वितरण केन्द्र प्रमुखलाई २४ घण्टे स्पिष्टीकरण सोधेका छन् । 


प्रजिअ पौडेललाई पनि वितरण केन्द्र प्रमुख श्रेष्ठले ह्याक भएको प्रतिक्रिया दिएपनि औपचारिकरुपमा विज्ञप्ती सार्वजनिक गर्न लगाएका छन् । तर श्रेष्ठले विज्ञप्ती भने निकालेका छैनन् ।  प्राधिकरणको डिस्प्ले बोर्डमा विद्युत प्राधिकरण वितरणकेन्द्र भरतपुरका कार्यालय प्रमुख श्रेष्ठले नै कन्टेन्ट हाल्ने गरेका छन् । यसको पासवर्ड उनीसँग मात्रै छ । तर उनले आफूले कन्टेन्ट नहालेको दाबी गरे । उनले कसैले ह्याक गरेर त्यस्तो लेखेको दाबी गरे । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कालीगण्डकी उर्लिएपछि पर्वतदेखि परासीसम्मै खटियो सेना

कालीगण्डकी उर्लिएपछि पर्वतदेखि परासीसम्मै खटियो सेना

विशेषगरी कालीगण्डकी नदीमा पानीको बहाव उच्च भएपछि विभिनन जिल्लाका तटीय क्षेत्रमा सेनाको फौज परिचालन गरिएको सैनिक मुख्यालयले जनाएको छ ।
सेती नदीको बहाब बढेर पोखराको रामघाटमा बनेको ताल (तस्बिर)

सेती नदीको बहाब बढेर पोखराको रामघाटमा बनेको ताल (तस्बिर)

अविरल वर्षाका कारण सेती नदीको बहाब बढेर पोखराको रामघाटमा ताल बनेको छ । जिल्ला प्रशासन कास्कीले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
वर्षाका कारण कांग्रेस अधिवेशनका निर्वाचन कार्यक्रमको मिति सार्न थापाको आग्रह

वर्षाका कारण कांग्रेस अधिवेशनका निर्वाचन कार्यक्रमको मिति सार्न थापाको आग्रह

नेपाली कांग्रेसका सभापति गगन थापाले लगातारको वर्षाका कारण प्रभावित जिल्लामा अधिवेशनका निर्वाचन कार्यक्रमका लागि नयाँ मिति तय गर्न आग्रह गरेका छन्।