नेभिगेशन
समाज

खुकुरी प्रहार गरेर जेठी भाउजूको हत्या, माइला दाजु घाइते

हेटौंडा । हेटौंडामा आफ्नै देवरको खुकुरी प्रहारबाट ३५ वर्षीया महिलाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार राति हेटौंडा उपमहानगरपालिका १ चौकीटोल स्थित घरको दोस्रो तलामा मृत भेटिएकी गुडिया दासको हत्या भएको पुष्टि भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार घटनामा गुडियाका कान्छा देवर २३ वर्षीय राहुल भनिने रमेश दास संलग्न रहेको प्रारम्भीक अनुसन्धानमा देखिएको छ। उनलाई प्रहरीले हातमा खुकुरी बोकेकै अवस्थामा पक्राउ गरेको थियो ।

Ncell
Extreme Energy


प्रहरीका अनुसार राहुलले आफ्ना माइला  दाजु २८ वर्षीय रुपेश दासलाई पनि खुकुरी प्रहार गरी घाइते बनाएका छन् । राहुलले भाउजुको हत्या र दाइ रूपेशमाथि खुकुरी प्रहार गरेको स्वीकार गरेको डिएसपी अर्यालले जानकारी दिए ।


हेटौंडामा फलफूलको व्यवसाय गर्दै आएको दास परिवारका घरायसी विवादका कारण घटना भएको देखिएको छ । मृतक गुडियाको श्रीमान् रोशन दास रोजगारीका लागि कतारमा रहेका छन् भने उनीहरुका तीन सन्तान रहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कालीगण्डकी उर्लिएपछि पर्वतदेखि परासीसम्मै खटियो सेना

कालीगण्डकी उर्लिएपछि पर्वतदेखि परासीसम्मै खटियो सेना

विशेषगरी कालीगण्डकी नदीमा पानीको बहाव उच्च भएपछि विभिनन जिल्लाका तटीय क्षेत्रमा सेनाको फौज परिचालन गरिएको सैनिक मुख्यालयले जनाएको छ ।
सेती नदीको बहाब बढेर पोखराको रामघाटमा बनेको ताल (तस्बिर)

सेती नदीको बहाब बढेर पोखराको रामघाटमा बनेको ताल (तस्बिर)

अविरल वर्षाका कारण सेती नदीको बहाब बढेर पोखराको रामघाटमा ताल बनेको छ । जिल्ला प्रशासन कास्कीले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
वर्षाका कारण कांग्रेस अधिवेशनका निर्वाचन कार्यक्रमको मिति सार्न थापाको आग्रह

वर्षाका कारण कांग्रेस अधिवेशनका निर्वाचन कार्यक्रमको मिति सार्न थापाको आग्रह

नेपाली कांग्रेसका सभापति गगन थापाले लगातारको वर्षाका कारण प्रभावित जिल्लामा अधिवेशनका निर्वाचन कार्यक्रमका लागि नयाँ मिति तय गर्न आग्रह गरेका छन्।