नेभिगेशन
समाज

ललितपुरमा बहिनि जिस्काएको भन्दै साथीको हत्या, एक जना पक्राउ 

ललितपुर । ललितपुरको इमाडोल, ओचुहाइटस्थित मन्दिर नजिकै बुधबार राति ३० वर्षीय रिपक खातीको हत्या भएको छ। रामेछाप घर भएका खातीलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले २५ वर्षीय सुमन रसाइलीलाई पक्राउ गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार राति पौने १ बजे घटना भएको खबर आएपछि प्रहरी टोली खटिएको थियो। शवलाई बिहीबार बिहान पाटन अस्पतालमा पोष्टमर्टमका लागि पठाइएको छ।

Ncell
Extreme Energy

प्रारम्भिक अनुसन्धानमा सुमनले आफ्नी १५ वर्षीया बहिनीलाई खातीले जिस्क्याएको कारण हत्या गरेको बयान दिएका छन्। पहिलेदेखि चिनजान रहेका सुमनले खातीलाई मन्दिरमा बोलाएर खुकुरी हानेका थिए। घटनाको थप अनुसन्धान जारी छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कालीगण्डकी उर्लिएपछि पर्वतदेखि परासीसम्मै खटियो सेना

कालीगण्डकी उर्लिएपछि पर्वतदेखि परासीसम्मै खटियो सेना

विशेषगरी कालीगण्डकी नदीमा पानीको बहाव उच्च भएपछि विभिनन जिल्लाका तटीय क्षेत्रमा सेनाको फौज परिचालन गरिएको सैनिक मुख्यालयले जनाएको छ ।
सेती नदीको बहाब बढेर पोखराको रामघाटमा बनेको ताल (तस्बिर)

सेती नदीको बहाब बढेर पोखराको रामघाटमा बनेको ताल (तस्बिर)

अविरल वर्षाका कारण सेती नदीको बहाब बढेर पोखराको रामघाटमा ताल बनेको छ । जिल्ला प्रशासन कास्कीले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
वर्षाका कारण कांग्रेस अधिवेशनका निर्वाचन कार्यक्रमको मिति सार्न थापाको आग्रह

वर्षाका कारण कांग्रेस अधिवेशनका निर्वाचन कार्यक्रमको मिति सार्न थापाको आग्रह

नेपाली कांग्रेसका सभापति गगन थापाले लगातारको वर्षाका कारण प्रभावित जिल्लामा अधिवेशनका निर्वाचन कार्यक्रमका लागि नयाँ मिति तय गर्न आग्रह गरेका छन्।