नेभिगेशन
मुख्य समाचार

ललितपुरमा बहिनि जिस्काएको भन्दै साथीको हत्या, एक जना पक्राउ 

ललितपुर । ललितपुरको इमाडोल, ओचुहाइटस्थित मन्दिर नजिकै बुधबार राति ३० वर्षीय रिपक खातीको हत्या भएको छ। रामेछाप घर भएका खातीलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले २५ वर्षीय सुमन रसाइलीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार राति पौने १ बजे घटना भएको खबर आएपछि प्रहरी टोली खटिएको थियो। शवलाई बिहीबार बिहान पाटन अस्पतालमा पोष्टमर्टमका लागि पठाइएको छ।

Dish home
City Express

प्रारम्भिक अनुसन्धानमा सुमनले आफ्नी १५ वर्षीया बहिनीलाई खातीले जिस्क्याएको कारण हत्या गरेको बयान दिएका छन्। पहिलेदेखि चिनजान रहेका सुमनले खातीलाई मन्दिरमा बोलाएर खुकुरी हानेका थिए। घटनाको थप अनुसन्धान जारी छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
एमालेका पूर्व सांसद एवम् प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन पक्राउ

एमालेका पूर्व सांसद एवम् प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन पक्राउ

एमालेका पूर्व सांसद एवम् प्रभुु ग्रुुपका अध्यक्ष देवीप्रकाश भट्टचन पक्राउ परेका छन् । सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले मंगलबार भट्टचनलाई ललितपुरबाट पक्राउ गरेको हो...
सरकार, राजनीतिक दल र ‘जेनजी’ पुस्ताबीच बुधबार बालुवाटारमा त्रिपक्षीय छलफल हुने

सरकार, राजनीतिक दल र ‘जेनजी’ पुस्ताबीच बुधबार बालुवाटारमा त्रिपक्षीय छलफल हुने

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार अपराह्न ४ः०० बजे सरकारले त्रिपक्षीय बैठक बोलाएको छ । बैठकमा सरकार, राजनीतिक दल र जेनजी समूहबीच छलफल हुनेछ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश...
रविकै नेतृत्वमा कुलमान सहितको रास्वपा ! स्वर्णिम र कुलमानको मध्यरात ३ घण्टा बार्तामा के–के भयो ?

रविकै नेतृत्वमा कुलमान सहितको रास्वपा ! स्वर्णिम र कुलमानको मध्यरात ३ घण्टा बार्तामा के–के भयो ?

बजारमा चर्चा भइरहेको एउटा प्रायोजित हल्ला र अर्को रास्वपाका नेता कार्यकर्ता नै खबरदारीमा उभिँदासम्म पार्टीलाई यो सबै घटनाबारे जानकारी नभएको रास्वपाका एक जिम्मेवार नेताले सिधाकुरालाई बताए । जेनजी...
चोरीको आरोप लगाएको निहुँमा कुटपिटहुदाँ एक महिलाको मृत्यु

चोरीको आरोप लगाएको निहुँमा कुटपिटहुदाँ एक महिलाको मृत्यु

मंगलबार बिहान कुटपिटबाट घाइते स्थानीय ५० वर्षीया नुरजहाँ खातुनको मृत्यु भएको हो । कुटपिटबाट घाइते भएकी खातुनलाई स्थानीयले उद्धार गरी लहानस्थित प्रादेशिक अस्पतालमा पुर्‍याए पनि चिकित्सकले मृत घोषणा...

भर्खरै