नेभिगेशन
समाज

आज गणतन्त्रवादी र राजावादीहरुको प्रदर्शन, बिहानैदेखि ४ हजार सुरक्षाकर्मी तैनाथ

काठमाडौं । आज काठमाडौंमा गणतन्त्रवादी दल र राजावादी समर्थकहरुको छुट्टाछुट्टै प्रदर्शन हुँदैछ । राजावादीहरुले तीनकुने क्षेत्रमा प्रदर्शन गर्नेछन् भने गणतन्त्रवादीहरु विभिन्न ठाउँबाट जुलुस निकालेर भृकुटीमण्डपमा सभा गर्दै छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रदर्शनलाई व्यवस्थित गराउन आज विशेष सुरक्षा योजना बनाइएको प्रहरीले जनाएको छ । यसका लागि उपत्यकाका विभिन्न भागमा ४ हजारबढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।  रानीपोखरी र भद्रकाली क्षेत्रमा ३ हजार प्रहरी परिचालन गरिएको छ भने अन्यस्थानमा थप ११ सय प्रहरी खटाइने नेपाल प्रहरीले जनाएको छ । 

Ncell
Extreme Energy

प्रदर्शनस्थल पनि फरक फरक ताेकिएको छ । राजावादीहरुको प्रदर्शनका लागि तीनकुने कोटेश्वर क्षेत्र तोकिएको छ । उनीहरुलाई चक्रपथ भित्र प्रवेश गर्न  रोकिएको छ । यता समाजवादी मोर्चाले चक्रपथ बाहिर निस्कन पाउने छैन ।

राजसंस्था पक्षधरले कोटेश्वर र समाजवादी मोर्चाले भृकुटीमण्डपमा प्रदर्शनको आयोजना गरेका छन् । दुई प्रदर्शनले आज काठमाडौं उपत्यकाको सवारी आवागमन प्रभावित हुने देखिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कालीगण्डकी उर्लिएपछि पर्वतदेखि परासीसम्मै खटियो सेना

कालीगण्डकी उर्लिएपछि पर्वतदेखि परासीसम्मै खटियो सेना

विशेषगरी कालीगण्डकी नदीमा पानीको बहाव उच्च भएपछि विभिनन जिल्लाका तटीय क्षेत्रमा सेनाको फौज परिचालन गरिएको सैनिक मुख्यालयले जनाएको छ ।
सेती नदीको बहाब बढेर पोखराको रामघाटमा बनेको ताल (तस्बिर)

सेती नदीको बहाब बढेर पोखराको रामघाटमा बनेको ताल (तस्बिर)

अविरल वर्षाका कारण सेती नदीको बहाब बढेर पोखराको रामघाटमा ताल बनेको छ । जिल्ला प्रशासन कास्कीले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
वर्षाका कारण कांग्रेस अधिवेशनका निर्वाचन कार्यक्रमको मिति सार्न थापाको आग्रह

वर्षाका कारण कांग्रेस अधिवेशनका निर्वाचन कार्यक्रमको मिति सार्न थापाको आग्रह

नेपाली कांग्रेसका सभापति गगन थापाले लगातारको वर्षाका कारण प्रभावित जिल्लामा अधिवेशनका निर्वाचन कार्यक्रमका लागि नयाँ मिति तय गर्न आग्रह गरेका छन्।