नेभिगेशन
मुख्य समाचार

आज गणतन्त्रवादी र राजावादीहरुको प्रदर्शन, बिहानैदेखि ४ हजार सुरक्षाकर्मी तैनाथ

काठमाडौं । आज काठमाडौंमा गणतन्त्रवादी दल र राजावादी समर्थकहरुको छुट्टाछुट्टै प्रदर्शन हुँदैछ । राजावादीहरुले तीनकुने क्षेत्रमा प्रदर्शन गर्नेछन् भने गणतन्त्रवादीहरु विभिन्न ठाउँबाट जुलुस निकालेर भृकुटीमण्डपमा सभा गर्दै छन् । 

प्रदर्शनलाई व्यवस्थित गराउन आज विशेष सुरक्षा योजना बनाइएको प्रहरीले जनाएको छ । यसका लागि उपत्यकाका विभिन्न भागमा ४ हजारबढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।  रानीपोखरी र भद्रकाली क्षेत्रमा ३ हजार प्रहरी परिचालन गरिएको छ भने अन्यस्थानमा थप ११ सय प्रहरी खटाइने नेपाल प्रहरीले जनाएको छ । 

CG

प्रदर्शनस्थल पनि फरक फरक ताेकिएको छ । राजावादीहरुको प्रदर्शनका लागि तीनकुने कोटेश्वर क्षेत्र तोकिएको छ । उनीहरुलाई चक्रपथ भित्र प्रवेश गर्न  रोकिएको छ । यता समाजवादी मोर्चाले चक्रपथ बाहिर निस्कन पाउने छैन ।

राजसंस्था पक्षधरले कोटेश्वर र समाजवादी मोर्चाले भृकुटीमण्डपमा प्रदर्शनको आयोजना गरेका छन् । दुई प्रदर्शनले आज काठमाडौं उपत्यकाको सवारी आवागमन प्रभावित हुने देखिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रास्वपा सभापति रवि लामिछाने अस्पतालबाट डिस्चार्ज

रास्वपा सभापति रवि लामिछाने अस्पतालबाट डिस्चार्ज

स्वास्थ्यमा समस्यादेखिपछि मङ्गलवार शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका थिए ।
निर्वाचन सुरक्षा रणनीति निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल

निर्वाचन सुरक्षा रणनीति निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे भइरहेको गतिविधिका बारेमा जानकारी लिन बिहीबार निर्वाचन आयोग पुगेका उनले शान्तिसुरक्षा बिथोल्न खोज्ने जो कोहीलाई कडाभन्दा कडा कारबाही...
लुटपाट तथा चोरीमा संलग्न सक्रिय गिरोह पक्राउ, प्रहरीले गोली हानेर लिइएको थियो नियन्त्रणमा

लुटपाट तथा चोरीमा संलग्न सक्रिय गिरोह पक्राउ, प्रहरीले गोली हानेर लिइएको थियो नियन्त्रणमा

जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलन गर्दैै विगत ३ महिनादेखि रातको समयमा मोटरसाइकलमा चढेर लुटपाट गर्ने गिरोहलाई पक्राउ गरिएको जनाएको हो ।
स्वास्थ्य बिमाको क्षेत्रमा सुधारका काम भइरहेका छन्ः स्वास्थ्यमन्त्री

स्वास्थ्य बिमाको क्षेत्रमा सुधारका काम भइरहेका छन्ः स्वास्थ्यमन्त्री

सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको ३०औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले स्वास्थ्य बिमालाई व्यवस्थित रुपमा सञ्चालन गर्न सरकारले काम गरिरहेको बताइन ।