नेभिगेशन
सबै कुरा

त्रिकोणात्मक टी–२०आई शृङ्खला : नेपालले युएईलाई दियो १६३ रनको टार्गेट

त्रिकोणात्मक टी–२०आई शृङ्खलाको फाइनलमा नेपालले युएईलाई १ सय ६३ रनको टार्गेट दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले पुरा ओभर खेल्दा १ सय ६२ रन बनाउन सफल भयो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपालका लागि करण केसीले १७ बलमा अविजित २३ रन बनाए । सोमपाल कामीले ८ बल खेल्दा १३ रन जोडे । 

Extreme Energy

त्यस्तै गुल्सन झा ८ बलमा ५ रन बनाए । त्यस्तै सन्दीप जोराले १० बल खेल्दा १० रन जोड्न सफल भएका थिए । कप्तान रोहित पौडेलले १७ बलमा १८ रन बनाए भने  दिपेन्द्रसिंह ऐरीले १५ बलमा २० रन बनाउन सफल भए ।  

त्यस्तै कुशल भुर्तेलले २८ बलमा ३ छक्का र ६ चौका मद्दतमा ५० रन बनाए  अर्धशतक बनाएपछि थप एक बलको सामना गरेका उनी आउट भए । 

त्यसअघि अर्का ओपनर आसिफ शेख ७ रनमा आउट भए । उनलाई युएईका आयान खानले पाँचौ ‌ओभरको अन्तिम बलमा बोल्ड गरेका थिए । यस्तै कुशल मल्ललाई पनि आयानले १ रनमा बोल्ड गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
श्रीलङ्काका विकेटकिपर–ब्याटर कुशल परेरा जनकपुर बोल्ट्समा अनुबन्ध

श्रीलङ्काका विकेटकिपर–ब्याटर कुशल परेरा जनकपुर बोल्ट्समा अनुबन्ध

जनकपुरले सामाजिक सञ्जालमा परेरालाई स्वागत गर्दै लेखेको छ, ‘‘निर्भीक शैलीमा ब्याटिङ गर्ने र महत्वपूर्ण क्षणमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी कुशल परेरा एनपिएलको तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्समा आबद्ध...
आजदेखि एनपिएल सुरु हुँदै, पहिलो खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आजदेखि एनपिएल सुरु हुँदै, पहिलो खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ ।
एनपीएल विजेताले डेढ करोड पाउने,  दोस्रो हुनेले ८० लाख

एनपीएल विजेताले डेढ करोड पाउने, दोस्रो हुनेले ८० लाख

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) विजेताले विजेताले डेढ करोड रुपैयाँ पुरस्कार पाउनेछन्।नेपाल क्रिकेट संघ (क्यान)का अनुसार दोस्रो हुनेले ८० लाख, तेस्रो हुनेले ४० लाख र चौथो स्थान...

भर्खरै