नेभिगेशन
सबै कुरा
टी–२० विश्वकप क्वालिफायर :

टी–२० विश्वकप क्वालिफायर : सन्दीपको कमब्याकले कप्तान र प्रशिक्षक आशावादी

काठमाडाैँ : राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले सोमबारबाट टियु र मुलपानी क्रिकेट मैदानमा हुने टी–२० विश्वकप क्वालिफायर प्रतियोगितामा यसअघिको खेलमा देखिएका कमी कमजोरीलाई दोहोरिन नदिने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा पत्रकारसँगको अन्तरक्रियामा नेपाली टीमका कप्तान पौडेलले नेपाली टीम खेलका लागि उत्साहित र आत्मविश्वासी रहेको साथै स्पीनर सन्दीप लामिछानेको पुनरागमनले टीम अझ सशक्त र ब्यालेन्स भएको बताएका छन ।  ‘स्याण्डी दाइ आएपछि टिम एकदमै ब्यालेन्स भएको छ, बलिङ स्ट्रोङ भएको छ ।’ कप्तान पौडेल भन्छन् । 

Extreme Energy

त्यस्तै प्रशिक्षक मोन्टी देसाईले समेत सन्दीप लामिछानेको नयाँ इनर्जीका साथ भएको कमब्याकले नेपालको बलिङ मजबुत हुनेमा विश्वस्त रहेको बताएका छन् ।  ‘सन्दीपलाई अलिकति ब्रेक चाहिएको थियो । अब ऊ नयाँ इनर्जीका साथ ड्रेसिङ रूममा फर्किएको छ । उसको उपस्थितिले धेरै फरक पर्नेछ ।’

सोही प्रि-म्याच कन्फ्रेन्समा प्रशिक्षक मोन्टी देसाईले नेपालले केही समयदेखि लगातार खेल खेलिरहेको र कमीकमजोरीहरु सुधार गर्दै अघि बढेको बताए । उनले प्रत्येक खेलमा छुट्टाछुट्टै रणनीतिका साथ अघि बढ्ने समेत जानकारी गराए । त्यस्तै विश्वकप एसिया क्षेत्र छनोट नेपालका लागि अवसर भएको र आफुहरु उत्साहित रहेको उनको भनाइ छ । 

‘हामी केही समयदेखि राम्रो खेलिरहेका छौं । आफ्नो कमजोरीहरूमा सुधार गरेका छौँ । सबै खेलाडीलाई आफ्नो रोल र गेम प्लान थाहा छ । हामी आफ्ना बलिङ र ब्याटिङ दुवैमा विश्वस्त छौँ । हाम्रो लागि प्रत्येक म्याच महत्वपूर्ण छन् । त्यसैले वान गेम एट अ टाइम भन्ने हाम्रो मन्त्र हुनेछ,’ उनले भने ।

टियु र मुलपानी क्रिकेट मैदानमा हुने छनोट यही कात्तिक १३ देखि १९ गतेसम्म आयोजना हुन लागेको हो ।  नेपाल रहेको समूह ’ए’ मा सिंगापुर, ओमान र मलेसिया छन् । समूह ’बी’ मा युएई, बहराइन, हङकङ र कुवेत छन् । छनोटको पहिलो खेलमा नेपालले कात्तिक १३ गते सिंगापुरसँग टियु मैदानमा खेल्नेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
श्रीलङ्काका विकेटकिपर–ब्याटर कुशल परेरा जनकपुर बोल्ट्समा अनुबन्ध

श्रीलङ्काका विकेटकिपर–ब्याटर कुशल परेरा जनकपुर बोल्ट्समा अनुबन्ध

जनकपुरले सामाजिक सञ्जालमा परेरालाई स्वागत गर्दै लेखेको छ, ‘‘निर्भीक शैलीमा ब्याटिङ गर्ने र महत्वपूर्ण क्षणमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी कुशल परेरा एनपिएलको तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्समा आबद्ध...
आजदेखि एनपिएल सुरु हुँदै, पहिलो खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आजदेखि एनपिएल सुरु हुँदै, पहिलो खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ ।
एनपीएल विजेताले डेढ करोड पाउने,  दोस्रो हुनेले ८० लाख

एनपीएल विजेताले डेढ करोड पाउने, दोस्रो हुनेले ८० लाख

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) विजेताले विजेताले डेढ करोड रुपैयाँ पुरस्कार पाउनेछन्।नेपाल क्रिकेट संघ (क्यान)का अनुसार दोस्रो हुनेले ८० लाख, तेस्रो हुनेले ४० लाख र चौथो स्थान...

भर्खरै