नेभिगेशन
सबै कुरा
टी–२० विश्वकप क्वालिफायर :

टी–२० विश्वकप क्वालिफायर : सन्दीपको कमब्याकले कप्तान र प्रशिक्षक आशावादी

काठमाडाैँ : राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले सोमबारबाट टियु र मुलपानी क्रिकेट मैदानमा हुने टी–२० विश्वकप क्वालिफायर प्रतियोगितामा यसअघिको खेलमा देखिएका कमी कमजोरीलाई दोहोरिन नदिने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा पत्रकारसँगको अन्तरक्रियामा नेपाली टीमका कप्तान पौडेलले नेपाली टीम खेलका लागि उत्साहित र आत्मविश्वासी रहेको साथै स्पीनर सन्दीप लामिछानेको पुनरागमनले टीम अझ सशक्त र ब्यालेन्स भएको बताएका छन ।  ‘स्याण्डी दाइ आएपछि टिम एकदमै ब्यालेन्स भएको छ, बलिङ स्ट्रोङ भएको छ ।’ कप्तान पौडेल भन्छन् । 

Ncell
Extreme Energy

त्यस्तै प्रशिक्षक मोन्टी देसाईले समेत सन्दीप लामिछानेको नयाँ इनर्जीका साथ भएको कमब्याकले नेपालको बलिङ मजबुत हुनेमा विश्वस्त रहेको बताएका छन् ।  ‘सन्दीपलाई अलिकति ब्रेक चाहिएको थियो । अब ऊ नयाँ इनर्जीका साथ ड्रेसिङ रूममा फर्किएको छ । उसको उपस्थितिले धेरै फरक पर्नेछ ।’

सोही प्रि-म्याच कन्फ्रेन्समा प्रशिक्षक मोन्टी देसाईले नेपालले केही समयदेखि लगातार खेल खेलिरहेको र कमीकमजोरीहरु सुधार गर्दै अघि बढेको बताए । उनले प्रत्येक खेलमा छुट्टाछुट्टै रणनीतिका साथ अघि बढ्ने समेत जानकारी गराए । त्यस्तै विश्वकप एसिया क्षेत्र छनोट नेपालका लागि अवसर भएको र आफुहरु उत्साहित रहेको उनको भनाइ छ । 

‘हामी केही समयदेखि राम्रो खेलिरहेका छौं । आफ्नो कमजोरीहरूमा सुधार गरेका छौँ । सबै खेलाडीलाई आफ्नो रोल र गेम प्लान थाहा छ । हामी आफ्ना बलिङ र ब्याटिङ दुवैमा विश्वस्त छौँ । हाम्रो लागि प्रत्येक म्याच महत्वपूर्ण छन् । त्यसैले वान गेम एट अ टाइम भन्ने हाम्रो मन्त्र हुनेछ,’ उनले भने ।

टियु र मुलपानी क्रिकेट मैदानमा हुने छनोट यही कात्तिक १३ देखि १९ गतेसम्म आयोजना हुन लागेको हो ।  नेपाल रहेको समूह ’ए’ मा सिंगापुर, ओमान र मलेसिया छन् । समूह ’बी’ मा युएई, बहराइन, हङकङ र कुवेत छन् । छनोटको पहिलो खेलमा नेपालले कात्तिक १३ गते सिंगापुरसँग टियु मैदानमा खेल्नेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सन्दीप लामिछाने चार वर्षपछि फेरि बने कप्तान

सन्दीप लामिछाने चार वर्षपछि फेरि बने कप्तान

सन्दीप लामिछाने नेपाली राष्ट्रिय टोलीको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) कप्तान बनेका छन् । सन्दीप चार वर्षपछि राष्ट्रिय टिमको कप्तानीमा फर्केका हुन् ।
आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्डससँग नेपाल पराजित

आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्डससँग नेपाल पराजित

आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बुधबार सम्पन्न खेलमा नेपाल नेदरल्यान्डसँग पराजित भएको छ ।
मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

सम्झौतापछि प्रमुख कार्यकारी निर्देशक प्रकाश खड्का ले दोस्रो वर्ष पनि सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी लागेको बताए । उनले यस साझेदारीलाई अझ सुदृढ बनाउँदै ब्रान्डिङ, बजार विस्तार तथा...
इन्डिया ‘ए’सँग नेपालले कीर्तिपुर मैदानमा तीन खेलको टी–२० शृंखला खेल्ने

इन्डिया ‘ए’सँग नेपालले कीर्तिपुर मैदानमा तीन खेलको टी–२० शृंखला खेल्ने

स्कटल्याण्डमा भएको आईसीसी सम्मेलनका क्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र बीसीसीआई सचिव देवजित सैकियाबीच भएको बैठकपछि यो सिरिज तय भएको जनाइएको छ ।