नेभिगेशन
समाज

पर्सामा धार्मिक सद्भाव बिथोल्ने चारजना पक्राउ, रिहाइ गर्न विहानदेखि टायर बालेर प्रदर्शन 

वीरगंज । पर्सा प्रहरीले धार्मिक सद्भाव बिथोल्ने र ताेडफाेडमा संलग्न रहेको अभियोगमा चार जनालाई पक्राउ गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


पक्राउ पर्नेमा वीरगंज महानगरपालिका २ स्थित छपकैया र नगवा १६ नम्बर वडाको बासिन्दा रहेका छन् ।

Ncell
Extreme Energy


प्रहरीका अनुसार, रामनवमीको अवसरमा निस्किएको धार्मिक जुलुस छपकैया हुँदै अगाडि बढिरहेका बेला योजनाबद्ध ढङ्गले ढुंगा प्रहार गरी स्थिति तनावपूर्ण बनाउन खोजिएको थियो । घटनामा संलग्न रहेको आरोपमा छपकैया–२ निवासी ३० वर्षीय शेख खुर्सेद र सलाउद्दिन मियाँ ठकुराईलाई पक्राउ गरिएको हो । उनीहरू घरको छतबाट ढुंगा प्रहार गर्दै भिडलाई उत्तेजित पार्न खोजेको प्रहरीले अ‌ाराेप रहेको छ ।


त्यसैगरी, घटनापछि स्थानीय होटल तथा मोटरसाइकलमा तोडफोड र आगजनीमा संलग्न रहेको आरोपमा छपकैयाकै बलदिप सिंह कुशवाहा र नगवा–१६ का रवि सर्राफलाई समेत नियन्त्रणमा लिइएको छ ।
पर्साका प्रहरी उपरीक्षक गाैतम मिश्रका अनुसार पक्राउ परेका चारै जनामाथि घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ ।


“धार्मिक सद्भावमा खलल पुर्‍याउने कुनै पनि धर्म, जातका किन नहाेस कसैलाई पनि कानुनी दायराभित्र ल्याउने हाम्रो प्राथमिकता हो,” एसपी मिश्रले भने, “समुदायबीचको शान्ति, सद्भाव र सहिष्णुतामा आघात पुग्ने कार्यलाई कदापि सहन गरिने छैन् ।”
हाल सम्भावित विभित्र क्षेत्रकाे घटनास्थलको सुरक्षा व्यवस्था कडा बनाइएको छ । सम्भावित थप घटनालाई ध्यानमा राख्दै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालन गरिएको छ । स्थानीय प्रशासनले नागरिकहरूलाई अफवाहमा नलाग्न र संयमित रहन आग्रह गरेको छ ।


यता जिल्ला प्रशासन कार्यालय पर्साले घटनाका सम्बन्धमा थप अनुसन्धान जारी राखिएको र दोषीमाथि कडा कारबाही गरिने स्पष्ट पारेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम?

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम?

त्रिविका सहकुलपति एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको विश्वविद्यालय सभामा चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो।
नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

बडादसैँअन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाको विधिपूर्वक पूजा आराधना गरिँदै छ।
विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

यसपालि मनसुन लम्बिएको छ। दसैं आइसक्दा पनि मनसुन पूर्णरूपमा बाहिरिएको छैन। पश्चिमी वायुले पनि पानी बोकेर ल्याउँदा देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। वर्षाले हिलाम्य सडक...
जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

बरादीबाट हिलेखर्कतर्फ जाँदै गरेको ग२च ३२६९ नम्बरको बोलेरो जिप उकालोमा अनियन्त्रित भई पछाडि जाँदा सडकबाट करिब सात मिटर तल नालीमा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब...