नेभिगेशन
सबै कुरा
टी–२० विश्वकप एसिया क्षेत्र छनोट :

टी–२० विश्वकप एसिया क्षेत्र छनोट : नेपालले लियाे आठाैँ विकेट

आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत सिंगापुरविरुद्ध नेपालले आठौँ विकेट लिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपालका तर्फबाट अविनाश बोहोराले १७.४ ओभरमा अनन्थ कृष्णलाई आउट गराउँदै आठाैँ विकेट दिलाएका हुन् । उनले १७.२ बलमा थिलिप ओममदुराई थिलापनलाई आउट गराउँदै सातौँ विकेट दिलाएका थिए । 

Extreme Energy

यसअघि करण केसीले १६.३ ओभरमा मनप्रित सिंहलाई आउट गराउँदै छैटौँ विकेट दिलाएका थिए । त्यस्तै उनले पहिलो ओभरको दोस्रो बलमा नै ओपनर आरित्रा दत्तालाई बोल्ड आउट गराउँदै पहिलो विकेट लिएका थिए । 

त्यस्तै सन्दीप लामिछानेले ६.५ओभरमा सुरेन्द्रन चन्द्रमोहनलाई आउट गराउँदै दोस्रो र १०.१ ओभरमा जनक प्रकाशलाई आउट गराउँदै पाचौँ विकेट दिलाएका थिए 

त्यस्तै गुल्सन झाले ७.१ ओभरमा रोहन रेन्गाराजनलाई आउट गराउँदै तेस्रो र ७.५ ओभरमा चौथो विकेट दिलाएका थिए । 

हालसम्म करण केसी, सन्दीप लामिछाने, गुल्सन झा र अविनाश बोहोराले २/२ विकेट दिलाएर हालसम्म आठौँ विकेट दिलाएका छन् । 

टी–२० विश्वकप एसिया छनोटको पहिलो खेलअन्तर्गत त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सिंगापुरले टस जितेर ब्याटिङ रोजेको थियो  । सिंगापुरका कप्तानले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका थिए।

समूह ‘ए’ अन्तर्गतको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भइरहेको छ।

त्रिकोणात्मक सिरिजको फाइनल खेलेका टोलीको एक खेलाडी ललित राजवंशीको स्थानमा आज भने सन्दीप लामिछानेले खेलेका छन्

आगामी टी-२० विश्वकपका लागि एसियाली क्षेत्रको यो अन्तिम छनोट प्रतियोगिता हो । यो प्रतियोगिताबाट दुईवटा राष्ट्र आगामी टी-२० विश्वकपमा छनोट हुनेछन् । आईसीसी टी-२० विश्वकपको नवौँ संस्करण सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रूपमा आयोजना हुँदैछ ।

नेपाल रहेको समूह ‘ए’ मा सिंगापुर, ओमान र मलेसिया छन्। समूह ‘बी’ मा यूएई, बहराइन, हङकङ र कुवेत छन्। समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
श्रीलङ्काका विकेटकिपर–ब्याटर कुशल परेरा जनकपुर बोल्ट्समा अनुबन्ध

श्रीलङ्काका विकेटकिपर–ब्याटर कुशल परेरा जनकपुर बोल्ट्समा अनुबन्ध

जनकपुरले सामाजिक सञ्जालमा परेरालाई स्वागत गर्दै लेखेको छ, ‘‘निर्भीक शैलीमा ब्याटिङ गर्ने र महत्वपूर्ण क्षणमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी कुशल परेरा एनपिएलको तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्समा आबद्ध...
आजदेखि एनपिएल सुरु हुँदै, पहिलो खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आजदेखि एनपिएल सुरु हुँदै, पहिलो खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ ।
एनपीएल विजेताले डेढ करोड पाउने,  दोस्रो हुनेले ८० लाख

एनपीएल विजेताले डेढ करोड पाउने, दोस्रो हुनेले ८० लाख

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) विजेताले विजेताले डेढ करोड रुपैयाँ पुरस्कार पाउनेछन्।नेपाल क्रिकेट संघ (क्यान)का अनुसार दोस्रो हुनेले ८० लाख, तेस्रो हुनेले ४० लाख र चौथो स्थान...

भर्खरै