नेभिगेशन
सबै कुरा
टी–२० विश्वकप एसिया क्षेत्र छनोट :

टी–२० विश्वकप एसिया क्षेत्र छनोट : सिंगापुरविरुद्ध नेपालकाे सानदार जीत

आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत सोमबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको सिंगापुरविरुद्धको खेलमा नेपालले सानदार जीत हात पारेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

टस जितेर ब्याटिङ गरेको सिगांपुरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा नेपाललाई १ सय ४६ रनको टार्गेट दिएको थियो । सिंगापुरले दिएको टार्गेट १६.३ ओभरमा पूरा गर्दै नेपालले ८ विकेटले जीत हात पारेको हो । 

Ncell
Extreme Energy

सिंगापुरविरुद्धको खेलमा नेपालले २ विकेट मात्र गुमाएको छ । सिंगापुरका तर्फबाट ९.१ ओभरमा अक्षय रुपक पुरीको बलमा आसिफ शेख आउट भएका हुन् । उनी आउट भएसँगै कुशल र आसिफको ८४ रनको साझेदारी ब्रेक भएको थियो। उनी २७ रन जोडेर आउट भएका थिए । त्यस्तै १६.२ ओभरमा अनन्थ कृष्णको बलमा कुशल भुर्तेल आउट भएका हुन् ।

नेपालका ओपनर समेत रहेका कुशल भुर्तेलले सिंगापुरविरुद्ध अर्धशतक प्रहार गरेका छन् । उनले २६ बलमा ६ चौका र दुई छक्काको मद्दतले अर्धशतक पूरा गरेका थिए ।

सिंगापुरविरुद्धको खेलमा ९ विकेट लिएकाे नेपालका लागि अविनाश बोहोराले १९.३ ओभरमा नवौँ , १७.४ ओभरमा अनन्थ कृष्णलाई आउट गराउँदै आठाैँ र १७.२ ओभरमा थिलिप ओममदुराई थिलापनलाई आउट गराउँदै सातौँ गरी ३ विकेट दिलाएका थिए। 

त्यस्तै करण केसीले १६.३ ओभरमा मनप्रित सिंहलाई आउट गराउँदै छैटौँ विकेट दिलाएका थिए । त्यस्तै उनले पहिलो ओभरको दोस्रो बलमा नै ओपनर आरित्रा दत्तालाई बोल्ड आउट गराउँदै पहिलो विकेट लिएका थिए । 



पूर्वकप्तानसमेत रहेका सन्दीप लामिछानेले ६.५ओभरमा सुरेन्द्रन चन्द्रमोहनलाई आउट गराउँदै दोस्रो र १०.१ ओभरमा जनक प्रकाशलाई आउट गराउँदै पाचौँ विकेट दिलाएका थिए ।

त्यस्तै गुल्सन झाले ७.१ ओभरमा रोहन रेन्गाराजनलाई आउट गराउँदै तेस्रो र ७.५ ओभरमा चौथो विकेट दिलाएका थिए ।  

सोमबार सिंगापुरसँग खेलेको नेपालले मंगलबार कीर्तिपुरमै मलेसियासँग दोस्रो खेल खेल्नेछ भने बिहीबार ओमानसँग त्यही मैदानमा समूहको अन्तिम खेलमा प्रतिस्पर्धा गर्नेछ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एसियन गेम्स क्वालिफायरको उपाधि नेपाललाई, फाइनलमा हङकङ १९ रनले पराजित

एसियन गेम्स क्वालिफायरको उपाधि नेपाललाई, फाइनलमा हङकङ १९ रनले पराजित

सिंगापुरमा सम्पन्न एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनलमा नेपालले हङकङलाई डीएलएस पद्धति अनुसार पराजित गरेको हो ।
नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा

नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा

आइतबार बिहान सिंगापुरको सिंगा ओभल ग्राउन्डमा भएको सेमिफाइनल खेलमा ओमानलाई ८ विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको हो।
एसियन गेम्स छनोटः  चीनविरुद्ध नेपालको सानदार जित

एसियन गेम्स छनोटः चीनविरुद्ध नेपालको सानदार जित

दोस्रो विकेटका लागि कुशल भुर्तेल र कुशल मल्लले १ सय ७५ रनको साझेदारी गरे। योसँगै भुर्तेल र मल्लले सन् २०१९ मा सिंगापुर टी-२० त्रिकोणात्मक सिरिजमा पारस खड्का र...
कुशल भुर्तेलको अर्धशतकमा नेपालले चीनलाई दियो ३ सय १४ रनको लक्ष्य

कुशल भुर्तेलको अर्धशतकमा नेपालले चीनलाई दियो ३ सय १४ रनको लक्ष्य

नेपालका लागि ओपनर कुशल भुर्तेलले शतक प्रहार गरेका छन् । भुर्तेलले ४३ बलमा १ सय २९ रन बनाएका हुन् । उक्त योगफल जोड्नको लागि उनले १६ छक्का र...