नेभिगेशन
सबै कुरा
टी–२० विश्वकप एसिया क्षेत्र छनोट :

टी–२० विश्वकप एसिया क्षेत्र छनोट : सिंगापुरविरुद्ध नेपालकाे सानदार जीत

आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत सोमबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको सिंगापुरविरुद्धको खेलमा नेपालले सानदार जीत हात पारेको छ । 

टस जितेर ब्याटिङ गरेको सिगांपुरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा नेपाललाई १ सय ४६ रनको टार्गेट दिएको थियो । सिंगापुरले दिएको टार्गेट १६.३ ओभरमा पूरा गर्दै नेपालले ८ विकेटले जीत हात पारेको हो । 

CG

सिंगापुरविरुद्धको खेलमा नेपालले २ विकेट मात्र गुमाएको छ । सिंगापुरका तर्फबाट ९.१ ओभरमा अक्षय रुपक पुरीको बलमा आसिफ शेख आउट भएका हुन् । उनी आउट भएसँगै कुशल र आसिफको ८४ रनको साझेदारी ब्रेक भएको थियो। उनी २७ रन जोडेर आउट भएका थिए । त्यस्तै १६.२ ओभरमा अनन्थ कृष्णको बलमा कुशल भुर्तेल आउट भएका हुन् ।

नेपालका ओपनर समेत रहेका कुशल भुर्तेलले सिंगापुरविरुद्ध अर्धशतक प्रहार गरेका छन् । उनले २६ बलमा ६ चौका र दुई छक्काको मद्दतले अर्धशतक पूरा गरेका थिए ।

सिंगापुरविरुद्धको खेलमा ९ विकेट लिएकाे नेपालका लागि अविनाश बोहोराले १९.३ ओभरमा नवौँ , १७.४ ओभरमा अनन्थ कृष्णलाई आउट गराउँदै आठाैँ र १७.२ ओभरमा थिलिप ओममदुराई थिलापनलाई आउट गराउँदै सातौँ गरी ३ विकेट दिलाएका थिए। 

त्यस्तै करण केसीले १६.३ ओभरमा मनप्रित सिंहलाई आउट गराउँदै छैटौँ विकेट दिलाएका थिए । त्यस्तै उनले पहिलो ओभरको दोस्रो बलमा नै ओपनर आरित्रा दत्तालाई बोल्ड आउट गराउँदै पहिलो विकेट लिएका थिए । 



पूर्वकप्तानसमेत रहेका सन्दीप लामिछानेले ६.५ओभरमा सुरेन्द्रन चन्द्रमोहनलाई आउट गराउँदै दोस्रो र १०.१ ओभरमा जनक प्रकाशलाई आउट गराउँदै पाचौँ विकेट दिलाएका थिए ।

त्यस्तै गुल्सन झाले ७.१ ओभरमा रोहन रेन्गाराजनलाई आउट गराउँदै तेस्रो र ७.५ ओभरमा चौथो विकेट दिलाएका थिए ।  

सोमबार सिंगापुरसँग खेलेको नेपालले मंगलबार कीर्तिपुरमै मलेसियासँग दोस्रो खेल खेल्नेछ भने बिहीबार ओमानसँग त्यही मैदानमा समूहको अन्तिम खेलमा प्रतिस्पर्धा गर्नेछ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत

नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत

अन्य ब्याट्सम्यानले अपेक्षित प्रदर्शन गर्न सकेनन् । अफगानिस्तानका जाइटुल्लाह शाहिनले तीन विकेट लिए भने अब्दुल अजिज र नुरिस्तानी ओमरजाई र वहिदुल्लाह जाद्रानले समान दुई/दुई विकेट हात पारे ।
एनपीएलको सफल आयोजनापछि क्यानलाई आइसिसीको बधाई

एनपीएलको सफल आयोजनापछि क्यानलाई आइसिसीको बधाई

एनपिएलको दोस्रो संस्करण सफलतापूर्वक आयोजना गरी सम्पन्न गरेकामा आइसीसी अध्यक्ष शाहले क्यानका अध्यक्ष चन्दलाई पत्राचार गर्दै बधाई दिएका हुन् ।
यु–१९ एसिया कपः नेपालद्वारा बङ्गलादेशसामु १३१ रनको लक्ष्य

यु–१९ एसिया कपः नेपालद्वारा बङ्गलादेशसामु १३१ रनको लक्ष्य

नेपालले ब्याटिङ गर्ने क्रममा निर्धारित ५० ओभरको खेलमा ३१ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ३० रन बनायो । नेपालका लागि अभिषेक तिवारीले सर्वाधिक ३० रन...
लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि, सुदूरपश्चिम यसपटक पनि उपविजेता

लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि, सुदूरपश्चिम यसपटक पनि उपविजेता

कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा आज भएको खेलमा लुम्बिनी लायन्सले गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।