नेभिगेशन
मुख्य समाचार

वर्षाले नारायणघाट–बुटवल सडक अवरुद्ध

नवलपुर । गए रातिदेखि निरन्तर परेको वर्षाका कारण पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल सडक अवरुद्ध भएको छ । सडक विस्तारका क्रममा रहेको यस सडकको दाउन्ने क्षेत्रमा निरन्तरको वर्षाका कारण सडकमा सवारीसाधन चिप्लिन थालेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए ।

 

CG

उनले गएरातिदेखि परेको पानीका कारण सडक चिप्लो भएर पूर्ण रूपमा अवरुद्ध हुँदा यो सडक भएर यात्रा गर्ने सम्पूर्ण यात्रुहरूलाई वैकल्पिक सडकबाट यात्रा गर्न समेत आग्रह गरे ।
 सडक विस्तारको कामलाई तीव्र पार्न दाउन्ने खण्डमा राति ११ः०० देखि बिहान ५ः०० बजेसम्म दैनिक रूपमा सडक पूर्ण रूपमा बन्द गरिँदै आएको छ । रातिदेखि नै बन्द भएको यस सडक वर्षाका कारण आवागमन बन्द भएपछि सवारीसाधनको लाइन लामो हुँदै गएको सूचना अधिकारी नेपालले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नेप्से परिसूचक १९ अङ्कले घट्यो

नेप्से परिसूचक १९ अङ्कले घट्यो

आइतबार नेप्से परिसूचक १९ दशमलव ८५ अङ्कले घटेर दुई हजार ६९४ दशमलव २० को बिन्दुमा कायम भएको हो ।
रास्वपाद्वारा ५१ सदस्यीय सङ्घीय निर्वाचन सम्पादन समिति गठन

रास्वपाद्वारा ५१ सदस्यीय सङ्घीय निर्वाचन सम्पादन समिति गठन

सो पार्टीका महासचिव कविन्द्र बुर्लाकोटीका अनुसार निर्वाचनलक्षित गतिविधिहरु सञ्चालन गर्न केन्द्रीय समितिको निर्णयानुसार सदस्य सचिवमा शङ्कर श्रेष्ठ रहने गरी समिति गठन गरिएको हो ।
दलका घोषणापत्रमा आर्थिक विषयले प्राथमिकता पाएनः अध्यक्ष ढकाल

दलका घोषणापत्रमा आर्थिक विषयले प्राथमिकता पाएनः अध्यक्ष ढकाल

नेपाल आर्थिक पत्रकार सङ्घले आइतबार आयोजना गरेको ‘दलका घोषणापत्रमा आर्थिक एजेन्डा’सम्बन्धी कार्यक्रममा अध्यक्ष ढकालले राजनीतिक दलहरू आफ्नो एजेन्डाभन्दा पनि अन्य दललाई गाली गरेर स्थापित हुन खोज्ने प्रवृत्ति मौलाएकामा...
२१ फागुनको निर्वाचनपछि बस्ने संसद बैठकको लागि नयाँ भवन नै प्रयोग हुने

२१ फागुनको निर्वाचनपछि बस्ने संसद बैठकको लागि नयाँ भवन नै प्रयोग हुने

संघीय संसद सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले प्रतिनिधिसभाको निर्वाचन पश्चात तत्काल बैठक सञ्चालनका लागि सरकारसँग निरन्तर संवादमा रहेको र नयाँ संसद भवन नै प्रयोग हुने जानकारी दिएका हुन्...